खेलकुद

प्याराग्लाइडिङ प्रतियोगिताको ल्याण्डिङ स्थल क्षेत्र फेवाताल किनार खपौदीमा सरसफाइ

दीननाथ बराल, पोखरा, ३ चैत, पाँच वर्षपछि पोखरामा हुन लागेको २१औं खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको पूर्व अवसरमा फेवाताल किनारस्थित खपौदी क्षेत्रमा बृहत् सरसफाई गरिएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा वातावरण संरक्षणलाई प्राथमिकता दिँदै स्थानीय संघ–संस्था, क्लब, आमा समूह, सामुदायिक प्रहरी तथा विभिन्न सामाजिक अभियन्ताहरूको सहभागितामा सरसफाइ गरिएको नेपाल हवाई खेलकुद संस्था ना ले पोखराक्लिकलाई जनाएको छ । लामो समयदेखि प्याराग्लाइडिङ अवतरण बन्द रहेकाले उक्त क्षेत्रमा प्लास्टिकजन्य फोहोर तथा मदिराका बोतलहरू थुप्रिएको अवस्थामा भेटिएको र ती फोहोर संकलन… पुरा पढौ

सूर्य नेपाल वेस्टर्न ओपन पोखरामा बुधबारदेखि हुदै

पोखरा, चैत ३, सूर्य नेपाल गल्फ टुर २०२५÷०२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपन भोलि बुधबारदेखि पोखराको हिमालयन गल्फ कोर्समा सुरु हुने भएको छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्ने भएको एनपिजीलेले जनाएको छ । तीन दिने प्रतियोगिता ५४ होलको हुनेछ। दोस्रो दिनको समाप्तीपछि कट लागु हुनेछ। १८ शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीहरूले अन्तिम १८ होलको लागि कट बनाउनेछन्। सूर्य नेपाल… पुरा पढौ

विद्यार्थीले सिकाए सडकमै गणित

पोखरा, चैत ३, अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा पोखरामा ‘म्याथम्याटिक्स इन द स्ट्रीट’ कार्यक्रम आयोजना गरिएको छ । गणितज्ञ निकोलस सान्तोषको परिकल्पना अनुसार नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा कार्यक्रम गरिएको हो ।समाजका सभापति डा. त्रिभुवन शर्माले विद्यार्थीमा मात्र नभई सर्वसाधारणलाई पनि गणितको महत्व बुझाउने प्रयासस्वरुप सडकमै गणित पढाउने अभ्यास गरिएको बताए । कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले उद्घाटन गरेका थिए । ‘म्याथम्याटिक्स एण्ड होप’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विद्यार्थीले ‘टावर अफ हनोई’, ‘टेनग्राम पजल,’… पुरा पढौ

पोखरामा २१ औं खुल्ला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता विहिबार देखि हुने (भिडियो सहित) ७ देशका १४ महिला सहित ९० प्याराग्लाईडिङ पाइलट पोखराको आकासमा ..

दीननाथ बराल, पोखरा २, चैत, नवौं राष्ट्रिय खेलकुदका क्रममा निसिम थापाको प्याराग्लाईडिङ उडानको क्रममा दोश्रो दिनमा दुर्घटनामा परी ज्यान गएसंगै स्थगित भएको सोलो प्याराग्लानईडिङ सहितको प्रभावित भएको खुल्ला नेपाल प्याराग्लाईडिङ च्याम्पियनसिपको २१ औं संस्करण यही चैत ५ गतेदेखि पोखरामा सुरु हुने भएको छ । पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको २१ औं संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको ९० प्रतिशत तयारी पूरा भएको आज (सोमबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=Ynw5cVsMIR4 नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा… पुरा पढौ

पोखरा रात्रि दौडको हस्पिटल पार्टनरमा मेडिप्लस

पोखरा, २ चैत, पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले यही चैत २८ गते पोखरामा आयोजना हुने पोखरा रात्रिदौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहयोग गर्ने भएको छ । मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क. र प्रतियोगिता संयोजक दीननाथ बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार प्रतियोगिता सफल बनाउन हस्पिटलले निःशुल्क एम्बुलेन्स सेवासहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र आयोजकले प्रतियोगिता अवधिभर हस्पिटललाई आधिकारिक ‘हस्पिटल पार्टनर’का रूपमा समावेश गर्ने सहमति भएको हो । यसका साथै हस्पिटलले प्रतियोगिताको खुलातर्फको… पुरा पढौ

एसईई परीक्षा व्यवस्थित र पारदर्शी बनाउन कार्यशाला आवश्यक स् मन्त्री थापा

पोखरा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) जस्तो महत्वपूर्ण राष्ट्रिय परीक्षालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी ढंगले सञ्चालन गर्न कार्यशालाहरू अत्यन्त महत्वपूर्ण हुने बताएका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाद्वारा आयोजित दुई दिने “माध्यमिक शिक्षा परीक्षा ९एसईई० सञ्चालन तथा व्यवस्थापन सुधार कार्यशाला” कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री थापाले परीक्षा व्यवस्थापनमा संलग्न सरोकारवालाबीच अनुभव आदान–प्रदान, समस्या पहिचान तथा समाधानका उपायबारे गहन छलफल हुने विश्वास व्यक्त गरे।… पुरा पढौ

नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने

१ चैत, पोखरा, पर्यटनको राजधानि पोखरामा यही चैत २८ गते रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त रात्रि दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै महिला, विद्यार्थी (यू–१६) र विदेशी सहभागीका लागि छुट्टाछुट्टै विधाका विजेतालाईसमेत… पुरा पढौ

खेलकुद पत्रकारिता तालिम सम्पन्न

पोखरा, पोखरामा खेलकुद पत्रकारको क्षमता अभिबृद्धिका लागि दुईदिने खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा तालिमको आयोजना भएको हो । पोखरामा रहेर काम गरिरहेका पत्रकारहरूलाई विभिन्न विधाका खेलका रिपोर्टिङ कसरी गर्ने र कस्ता नियम छन् भन्ने बारेमा प्रशिक्षण दिइएको थियो । विशेष गरि खेलकुदको क्षेत्रमा कलम चलाउन मद्दत पुग्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको हो ।दुईदिने तालिममा राष्ट्रिय खेल भलिबलका प्रशिक्षक राजन पौडेल, क्रिकेटका अन्तर्राष्ट्रिय अम्पायर दुर्गानाथ… पुरा पढौ

लमजुङको समिभञ्ज्याङमा चैते दशैँको अवसरमा हाफ म्याराथन

पोखरा, लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ५ समिभञ्ज्याङमा विगत २५ वर्षदेखि क्रियाशील कायापलट असल शासन क्लबको आयोजनामा चैते दशैँको अवसरमा खुला हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। समुन्द्री सतहदेखि करिब १५०० मिटरको उचाइमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल तान्द्राङकोट नागभैरब थानको प्रचारप्रसार गर्ने उद्देश्यले यसपालिदेखि हरेक वर्ष हाफ म्याराथन प्रतियोगिता आयोजना सञ्चालन गरिने क्लबका अध्यक्ष बाबुराम मल्लले जानकारी दिनुभयो । तान्द्राङकोटबाट विभिन्न २५ जिल्ला ,पोखराको फेवाताल तथा अन्नपूर्ण हिम श्रृङ्खला राम्रोसँग अवलोकन गर्न सकिने र हाम्रा स्थानीय ठाउँहरूको… पुरा पढौ

दुई दिने खेलकुद पत्रकारिता तालिम पोखरामा सुरु

पोखरा, खेल पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने खेलकुद पत्रकारिता तालिम शुक्रबारदेखि पोखरामा सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी को आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा सञ्चालन भएको तालिमको उद्घाटन गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै रजिष्ट्रार भण्डारीले खेलकुद पत्रकारिता तालिमले गण्डकी प्रदेशमा भइरहेका खेल गतिविधि र समग्र खेलकुद विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले यस्तो तालिमले खेलकुदसँगै खेल पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने धारणा राख्नुभया । कार्यक्रममा नेपाल… पुरा पढौ