खेलकुद

टी–२० विश्वकपमा नेपाल–इंग्ल्यान्ड पहिलो भिडन्त, जितकोको खोजीमा नेपाली टोली

पोखरा, आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ मा नेपालको यात्रा आज (आइतबार) दुई पटकको च्याम्पियन इंग्ल्यान्डविरुद्धको खेलबाट सुरु हुँदैछ। भारत र श्रीलंकामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले बलियो टेस्ट राष्ट्र इंग्ल्यान्डसँग पहिलो पटक अन्तर्राष्ट्रिय भेट गर्दैछ। विश्वकपको उद्घाटन दिन शनिबार सम्पन्न तीन खेलमा एसोसियट टोलीहरूले टेस्ट राष्ट्रलाई कडा चुनौती दिएका थिए। नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्ट इन्डिज र अमेरिकाले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि नेपालबाट पनि ‘सरप्राइज’को अपेक्षा बढेको छ। इंग्ल्यान्ड जस्तो शक्तिशाली टोलीविरुद्ध मैदान उत्रँदै गरेको नेपाली टोली केही विशेष गर्ने लक्ष्यका… पुरा पढौ

पोखरा म्याराथनको पूर्व अवसरमा पोखरामा ह्विल चियर तथा दृष्टिविहीन दौड सम्पन्न (भिडियो सहित)

पोखरा, खेलकुदको शहर पोखरामा आउदो शनिबार (फागुन २ गते) हुने सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथन अन्तर्गत शनिबार ह्वीलचियर र दृष्टिविहीन् दौड प्रतियोगिता सम्पन्न भएका छन् । शनिबार पोखरा रंगशालामा सम्पन्न दृष्टिविहीन दौड प्रतियोगितामा पुरुषतर्फ लमजुङका विसु तामाङ प्रथम, म्याग्दीका सोनम विक द्वितीय र स्याङ्जाका युवराज भण्डारी तृतीय भए । https://www.youtube.com/watch?v=wkoX4ZVVUPY दृष्टिविहीन दौड प्रतियोगितामा महिलातर्फ स्याङ्जाकी देवी बराल प्रथम, पोखरा अमरसिंहकी शर्मिला सुनार द्वितीय र कास्कीकै कृष्टिना पौडेल तृतीय भईन् । त्यस्तै, ह्वीलचेयर दौडमा पुरुषतर्फ कास्कीका भरत अधिकारी प्रथम, तनहुँका जीवन श्रेष्ठ… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपको सह–उपप्रायोजक चरक अस्पताल

पोखरा, आहा रारा पोखरा गोल्कडपको रजत संस्करण यही सातादेखि सुरु हुँदैछ । २७ माघदेखि ९ फागुनसम्म पोखरा रंगशालामा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी तीव्र भइरहँदा आयोजक सहारा क्लब पोखरालाई सहयोग गर्नेहरु पनि बढेका छन् ।यसैक्रममा चरक मेमोरियल हस्पिटल प्रालिले प्रतियोगितामा सह–उपप्रायोजकरुपमा सघाउने भएको छन् । सो सम्बन्धमा प्रतियोगिता संयोजक क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र अस्पतालका तर्फबाट डाइरेक्टर कपिल पोखरेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पोखरा–८, नागढुंगास्थित चरक मेमोरियलले विगतमा पनि प्रतियोगिता सफल पार्न सघाउँदै आएको थियो । १२ टिमले… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी पुरस्कार प्रायोजन

पोखरा, २५ औं संस्करणको आहा रारा पोखरा गोल्कडप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी पुरस्कार प्रायोजनको सम्झौता भएको छ । आयोजक सहारा क्लब पोखरा र टेल–जी नेपालबीच सो सम्बन्धमा सम्झौता भएको हो । क्लबका तर्फबाट अध्यक्ष केशवबहादुर थापा र टेल–जी नेपालका तर्फबाट निर्देशक सञ्जीव सिल्पकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार सर्वोत्कृष्ट खेलाडीलाई दिइने पुरस्कारवापत दुवै पक्षले आधा–आधा व्ययभार व्यहोर्नेछन् । यही माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा संचालन हुने प्रतियोगितामा १२ टिमले भाग लिउँदैछन् । यसैबीच, प्रतियोगितालाई चरक मेमोरियल… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा र मदरल्याण्ड भिड्ने

पोखरा, माघ २४, प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा मावि र मदरल्याण्ड सेकेण्डरी भिड्ने भएका छन् । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतिोगिता अन्तर्गत शनिबार भएको सेमीफाइनल खेलमा आयोजक प्रतिभा माविले बाल मन्दिर मावि र मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन माविलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । प्रतियोगिताको उपाधि भिडन्त आईतबार पूर्वाह्न १० बजे हुने आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए । प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो सेमीफाइनल खेलमा मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन माविलाई… पुरा पढौ

साफ महिला यु–१९ च्याम्पियनसिप फुटवल प्रतियोगिताको उपाधिको शनिबार फाइनल खेलमा बंगलादेश र भारत भिड्ने

दीननाथ बराल, पोखरा, २३ माघ साविक विजेता बंगलादेश र भारत पोखरामा जारी साफ महिला यु–१९ च्याम्पियनसिप फुटवल प्रतियोगिताको उपाधिको लागि फाइनल खेलमा शनिबार (भोलि) प्रतिष्प्रर्धा गर्ने भएका छन् । पोखरा रंगशालाको फुटवल मैदानमा दिउसो २ः०० बजे फाइनल खेल हुने भएको साफका महासचिव पुरुषोत्तम कट्टेलले बताउनु भयो । राउण्ड रोविनका आधारमा भएको खेलमा बंगलादेश र भारतले शिर्ष पहिलो र दोश्रो स्थानमा रहदै फाइनलमा यात्रा तय गरेका हुन् । बंगलादेश शिर्ष स्थानमा हुदै लगातार ३ खेलमा जित हासिल गर्दै ९ अंक सहित… पुरा पढौ

बगैँचा स्पोर्टस् मिट २०८२ सम्पन्न, २६ समूहमा ७९ बाबुनानी पुरस्कृत

पोखरा, २३ माघ, पोखराको बगैँचा मन्टेश्वरी प्री–स्कुलद्वारा आयोजित बगैँचा स्पोर्टस् मिट २०८२ सम्पन्न भएको छ । माघ १८ देखि २३ गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको स्पोर्टस् मिटमा १० प्रकारका मनोरञ्जनात्मक खेलहरू समावेश गरिएका थिए । प्रतियोगितामा २६ समूहका ७९ जना बाबुनानीहरूले उत्साहजनक सहभागिता जनाएका थिए । स्पोर्टस् मिटका विजेता बाबुनानीहरूलाई पोखरा महानगरपालिका वडा नं। १५ का कार्यवाहक वडाध्यक्ष बलराम पौडेल, पोखरा–१० का वडा सदस्य पूर्ण न्यौपाने तथा बालविकास विज्ञ प्रभा भुजेलले मेडल र प्रमाणपत्र प्रदान गरे । समापन समारोहमा बोल्दै… पुरा पढौ

फोटो पत्रकार अक्षयकोषमा नागरिक अभियान्ता रामबहादुर पौडेलको सहयोग

पोखरा, २३ माघ, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा नागरिक अभियान्ता रामबहादुर पौडेलले आर्थिक सहयोग गरेका छन् । नागरिक अधिकार, सुशासन र पारदर्शिताका विषयमा आवाज उठाउने पौडेलले कोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।पोखरा महेन्द्रपुलस्थित फल्चामा शुक्रबार भएको फोटो प्रदर्शनीमा अभियान्ता पौडेलले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरे । सहयोग हस्तान्तरण पछि अभियान्ता पौडेलले जोखिम मोलेर कार्यक्षेत्रमा खटिने फोटो पत्रकारहरूका लागि स्थापित यो कोषले भोलिका दिनमा… पुरा पढौ

पोखरामा बिटी कप जारी, राष्ट्रिय फुटसल खेलाडी लामालाई सम्मान

पोखरा, २३ माघ, बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज ९शुक्रबार० लामालाई सम्मान अर्पण गरेको हो । राष्ट्रका लागि फुटसलमार्फत योगदान दिएको भन्दै सम्मान गरिएको क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।उनका अनुसार राष्ट्रिय फुटसल खेलाडी लामा बिटी कपमा ठमेल एफसीबाट खेल्दैछन् । ‘राष्ट्रिय स्तरका खेलाडी विरेन स्मृति बिटी कपमा खेल्न आउन् भन्ने नै हाम्रो… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेट ः फाइनल प्रवेशका लागि प्रतिभा र बाल मन्दिर, मदरल्याण्ड र छोरेपाटन भिड्ने

पोखरा, माघ २३, प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनल समीकरण पूरा भएको हो । यसअघि आयोजक प्रतिभा माविसँगै छोरेपाटन मावि र बाल मन्दिर मावि प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको सेमीफाइनल खेलहरु शनिबार हुने प्रतिभा माविका प्राचार्य किरण सापकोटाले बताए । सेमीफाइनलको पहिलो खेलमा मदरल्याण्डबिरुद्द छोरेपाटन मावि तथा दोस्रो खेलमा बाल मन्दिर माविबिरुद्द आयोजक प्रतिभा मावि प्रतिष्पर्धामा… पुरा पढौ