समाज

होराइजन क्लब र नेपाल प्रहरी २६ औं आदर्श कपको फाइनलमा

पोखरा, १४ माघ होराइजन क्लब स्याङ्गजा र नेपाल प्रहरी गण्डकी प्रदेशको टीम २६ औं आदर्श कपको फाइनलमा भिड्ने भएका छन् । पोखरा २९ मा माघ ९ देखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत बुधवार होराइजन क्लब स्याङ्गजा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको टिमका विच भएको सेमीफाइनल खेलमा होराइजन क्लब १–० गोल अन्तरले विजयी बनेपछि मंगलवारको विजेता नेपाल प्रहरी गण्डकी प्रदेशको टीमसँग भिड्ने पक्का भएको हो । प्रहरीले तनहुँ जिल्ला फुटबल संघको टिमलाई पराजित गरी फाइनलमा… पुरा पढौ

धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार अर्पण

पोखराका पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार अर्पण गरिएको छ ।नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कार २०८१ बाट बस्नेत र २०८२ बाट तिमिल्सिना पुरस्कृत भएका हुन। गण्डकी विश्व बिद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले उनीहरुलाई सम्म्मान गरेका हुन् । कार्यक्रममा बोल्दै उनले पुरस्कार राषि र आर्थिक दृष्टिले थोरै भए पनि पुरस्कारको गरिमा र यसले सामाजिक रुपमा पार्ने प्रभाव धेरै महत्वपूर्ण हुने उनले जनाए । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुरस्कार दाता… पुरा पढौ

टाइगर कपः ३ पाकिस्तानी सम्मेलित पर्वत भलिबलविरुद्ध आर्मीको रोमाञ्चक जित

पोखरा छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा आर्मीले पर्वतलाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट १५–२५ ले गुमायो । तेस्रो सेटमा २५–२२ ले जित निकालेको आर्मीले चौथो सेटमा पुनः १३–२५ ले पर्वतलाई सुम्पिदा खेल पाँचौं सेटमा धकेलियो ।… पुरा पढौ

टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित

पोखरा, छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपीएफविरुद्ध सहज जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–२२, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–१५ ले जित निकाल्यो । अब आजको अन्तिम खेल त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ भिड्नेछन् । यसअघि आजै भएको महिलातर्फका खेलमा न्यू डायमण्ड स्पोट्र्स क्लब… पुरा पढौ

टाइगर कपः न्यू डायमण्डसँग थाइल्याण्ड पराजित, पुलिस फाइनलमा प्रवेश

पोखरा, छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ न्यू डायमण्ड स्पोट्स क्लबले थाइल्याण्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा न्यू डायमण्डले थाइल्याण्डलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । न्यू डायमण्डले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो । न्यू डायमण्ड अपराजित रहँदै फाइनलमा पुगेको हो । थाइल्याण्ड पराजित भएसँगै ४ खेलबाट ७… पुरा पढौ

जेंजी आन्दोलनको मर्म बोकेर संसदतर्फ वैज्ञानिक कदम, कास्की–२ बाट स्वतन्त्र उम्मेदवार डा.निरञ्जन कोइराला घर दैलो कार्यक्रममा व्यस्त

पोखरा, जेनजी आन्दोलनको जगमा हुन लागेको आम निर्वाचनमा सबै दलले आफ्ना–आफ्ना उम्मेदवार मैदानमा उतारेका छन्। तर सहिद जेनजीले चाहेको कस्तो प्रतिनिधि भन्ने प्रश्नतर्फ कसैको ध्यान नपुगेको देख्दा जेनजी सहिदप्रति अन्याय र धोका भएको अनुभूति धेरैमा परेको छ। नयाँ अनुहार होइन, नयाँ सोच र नयाँ स्कुलिङ भएको नेतृत्व आवश्यक छ भन्ने आवाज यहीँबाट उठेको हो। यही सन्दर्भमा, नेपालको विज्ञान, प्रविधि र अनुसन्धान क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएका वैज्ञानिक डा. निरञ्जन कोइराला कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा… पुरा पढौ

बागलुङमा प्रज्ञान मोटर्सको शुभारम्भ

बागलुङ, बागलुङमा नयाँ व्यवस्थापनका साथ महिन्द्रा एण्ड महेन्द्रा कम्पनीको आधिकारिक सर्भिस सेन्टर सँचालनमा आएको छ ।यातायातको क्षेत्रमा लामो समयदेखि सक्रिय रहदै आउँनु भएका बागलुङ नगरपालिका वडा नम्वर ११ रायडाँडा निवासी चित्रबहादुर केसीले बानपा १ रामरेखामा प्रज्ञान मोटर्स संचालनमा ल्याउनु भएको हो । बिषेश गरि महिन्द्रा कम्पनीका गाडिलाई लक्षित गरि १ करोड ५० लाखको लगानिमा सर्भिस सेन्टर संचालनमा ल्याएको प्रज्ञान मोटर्सका प्रोपाइटर समेत रहनु भएका केसीले बताउनुभयो । महिन्द्रा कम्पनीका गाडिको मर्मत गर्ने गरि अग्नी ग्रुप अन्तरगत बालाजु अटो वक्र्स काठमाण्डौ… पुरा पढौ

पोखरा सहित कास्कीमा भारतीय सवारी साधनहरूको अनुगमन हुने, प्रयोजन विपरितका सवारी साधन माथि कार्वाहीको माग

दीननाथ बराल, पोखरा, १३ माघ, पोखरा र कास्कीका प्रमुख पर्यटकीय गन्तव्यतर्फ भारतीय निजी सवारी साधनहरू प्रयोजन विपरीत सञ्चालन हुँदा स्थानीय पर्यटन तथा यातायात व्यवसायी प्रत्यक्ष रूपमा मर्कामा परेपछि अब ती सवारी साधनहरूको कडाइका साथ अनुगमन हुने भएको छ । भारतीय सेतो नम्बर प्लेटका निजी सवारी साधनहरूले भारतबाटै यात्रु बोकेर पोखरा, मुस्ताङ, मुक्तिनाथ, मनाङल गायतका पर्यटकीय गन्तव्यसम्म सिधै ओसारपसार गर्न थालेपछि स्थानीय व्यवसाय धरासायी बन्दै गएको भन्दै नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशले जिल्ला प्रशासन कार्यालय कास्कीमा औपचारिक रूपमा ध्यानाकर्षण… पुरा पढौ

कास्कीमा अनलाइन ठगी धन्दाले धेरै प्रभावित, करोडौं रुपैयाँ ठगि, सचेत रहन प्रहरीको आग्रह

दीननाथ बराल, पोखरा, १३ माघ, मोबाइल चलाउँदा आएको एउटा सन्देश, अनलाइनमा देखिएको एउटा लोभलाग्दो अफर वा कसैले मागेको एउटा ओटीपीले तपाईँको वर्षौंको कमाइ एकैछिनमा गुम्न सक्छ । कास्कीमा पछिल्लो समय अनलाइन ठगीको ग्राफ तीव्र गतिमा उकालो लाग्दै जाँदा धेरै सर्वसाधारणदेखि शिक्षित, व्यापारी र कर्मचारीसम्म करोडौं रुपैयाँ गुमाउन बाध्य भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चालु आर्थिक वर्षको हालसम्म अनलाइन ठगीसँग सम्बन्धित ६ सय ७ वटा उजुरी परेका छन्, जसमा करिब १९ करोड १९ लाख ५० हजार रुपैयाँभन्दा बढी… पुरा पढौ

फ्र्याङ्कलिन कप फुटसल प्रतियोगिता माघ २२ गतेदेखि पोखरामा हुने, विजेतालाई ८० हजार पुरस्कार

पोखरा, पोखराको फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीको आयोजनामा फ्र्याङ्कलिन कप फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ २२ गतेदेखि २५ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा सञ्चालन हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगिता अन्तर्गत इन्टर ंकलेज फुटसल टुर्नामेन्ट तथा ओपन गल्स फुटसल टुर्नामेन्ट आयोजना गरिने भएको फ्र्याङ्कलिन एजुकेसन कन्सल्टेन्सीका सञ्चालक युवा व्यावसायी कमल खडकाले बताए । । इन्टर कलेज तर्फ प्रथम हुने टोलीले ८० हजार रुपैयाँ र द्वितीय हुने टोलीले ४० हजार रुपैयाँ सहित शिल्ड, मेडल… पुरा पढौ