समाज

शनिबारदेखि पोखरामा यू–१९ महिला साफ च्याम्पियनसिप फुटबल हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १५ माघ, खेलकुदको शहर पोखरामा १९ बर्ष मुनिका खेलाडीहरु सभागि (यू–१९) महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता शनिबार देखि सुरु हुने भएको छ । यही माघ २४ गतेसम्म पोखरा रंगशालाको फुटवल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएकोे अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (विहिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनबाट जानकारी गराएको हो । https://www.youtube.com/watch?v=f3mN8308_Jk दक्षिण एसियाली फुटबल महासंघ (साफ) को समन्वय तथा एन्फाको आयोजनामा हुने यस प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश र भुटान गरी चार देशका यू–१९… पुरा पढौ

माघ १८ देखि पोखरामा विद्यालयस्तरिय प्रतिभा सुपर लिग क्रिकेट हुने, १२ विद्यालयको सहभागिता

दीननाथ बराल,पोखरा, १५ माघ, पोखराको प्रतिष्ठित बिद्यालय प्रतिभा माध्यमिक बिद्यालयको आयोजनामा यही माघ १८ गतेदेखि पोखरामा विद्यालयस्तरिय प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका क्रिकेट संघको प्राविधिक सहयोग तथा समन्वयमा हुने उक्त प्रतियोगितामा कास्कीका १२ वटा विद्यालय सहभागी हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा यही माघ २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतिभा माविका प्राचार्य किरण सापकोटा बताउनु भयो । प्रतियोगितामा आयोजक… पुरा पढौ

जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई इक्रा शिक्षा फाउण्डेशनको सहयोगविपन्न तथा जेहेन्दार २० विद्यार्थीलाई नगद छात्रवृत्ति

पोखरा, १५ माघ, पोखरा महानगरपालिका–१७, बास्तोलास्थित जानकी माध्यमिक विद्यालय का विद्यार्थीलाई इक्रा शिक्षा फाउण्डेशन ले आर्थिक सहयोग प्रदान गरेको छ। फाउण्डेशनले विद्यालयका जेहेन्दार तथा विपन्न वर्गका २० जना विद्यार्थीलाई जनही ७ हजार रुपैयाँका दरले नगद सहयोग गरेको हो। विद्यालयमा बिहीबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोला, इक्रा शिक्षा फाउण्डेशनका केन्द्रीय अध्यक्ष शेख जहागिर, विद्यालयका प्रधानाध्यापक कडेल लगायतले विद्यार्थीलाई नगद रकम हस्तान्तरण गर्दै प्राप्त रकमलाई सही र सदुपयोग गर्न आग्रह गरे। कार्यक्रममा प्रत्येक कक्षाबाट एक–एक जना विद्यार्थी… पुरा पढौ

पोखरामा पिएम कप जारीः लेखनाथ विजयी

पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा लेखनाथले विजयी हासिल गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा पोखरा र लेखनाथमा खेलाइएको छ । प्रतिकुल मौसमका कारण पोखरा क्रिकेट मैदानमा २५ ओभरको खेलमा पोखरा क्रिकेट लेखनाथ युथ क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाई लागि ४५ रनले हराएको हो । माछापुच्छ्रे« १६.१ ओभरमा ७० रन बनाउँदै अलआउट हुन पुग्यो । माछापुच्छ्रे«का लागि अनिश जिसीले सर्वाधिक २१ रन लिए । रितेश बरालले ११ रन बनाए भने… पुरा पढौ

होटल एक्जुकेटिभ क्लबद्धारा पर्यटन व्यवसायी विश्वराज पौडेल सम्मानीत

पोखरा, १५ माघ होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल तथा रेष्टुरेण्ट व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय गरेर रोजगारी सृजना गर्न महत्वपुर्ण भुमीका खेलेको भन्दै पौडेललाई सम्मान गरेको हो । रेवान पोखराका अध्यक्ष समेत रहेका पौडेललाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, होटल कार्यकारी क्लब पोखराका… पुरा पढौ

प्रेस सेन्टर नेपालको २२ औं स्थापना दिवसको अवसरमा शैक्षिक तथा खेलकुद सामग्री सहयोग हस्तान्तरण, पोखराको शहिद स्मृति बिद्यालयमा शुक्रबार शैक्षिक प्रर्दशनी हुने

पोखरा १५, माघ प्रेस सेन्टर नेपालको २२ औं स्थापना दिवसको अवसरमा पोखराको एक बिद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्रि सहयोग हस्तान्तरण गरिएको छ । प्रेस सेन्टर कास्की शाखाको आयोजनामा प्रेस सेन्टर गण्डकी तथा पोखरा महानगर कमिटिको समन्वयमा पोखरा १४–मझेरीपाटनस्थित सहिद स्मृति आवासिय माविमा विहिबार एक समारोहका बिच उक्त सहयोग गरिएको प्रेस सेन्टरले जनाएको छ । विद्यालयमा अध्ययनरत सहिद तथा वेपक्ता एवं विपदमा परेका र स्थानियका छोराछोरीको शैक्षिक तथा खेलकुद विकासमा सहयोग पु¥याउने उद्देश्यले सानो सहयोग बिद्यालयमा गरिएको प्रेस सेन्टर कास्कीका अध्यक्ष… पुरा पढौ

गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर छ ः मन्त्रीथापा

पोखरा, गण्डकी प्रदेशका सामाजिकविकास, युवातथा खेलकुदमन्त्रीविन्दु कुमार थापाले गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्यनिर्भर रहेको बताएका छन् । मन्त्रालयअन्तर्गत शिक्षाविकास महाशाखाद्वारा आयोजितप्रदेशस्तरीय शिक्षकतथाविद्यार्थी प्रतिभापहिचानकार्यक्रमउनले यस्तो बताएकाहुन् । मन्त्रीथापाले शिक्षा नै समृद्ध समाजनिर्माणको मूलआधार भएको उल्लेख गरे । उनले गण्डकी प्रदेश सरकारले शिक्षालाई दीर्घकालीन सामाजिक रूपान्तरणको मुख्यआधारका रूपमालिँदै गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामा निरन्तर प्राथमिकतादिँदै आएको बताएका छन् । मन्त्रीथापाले शिक्षक र विद्यार्थीको प्रतिभापहिचान, क्षमताविकास र प्रोत्साहननगरी शिक्षा क्षेत्रमा अपेक्षित परिवर्तन सम्भव नहुने बताउँदै भने, “प्रतिभापहिचानकार्यक्रमले शिक्षक र विद्यार्थीभित्र… पुरा पढौ

टाइगर कपः विभागीय डर्बी प्रतिष्पर्धामा आर्मीको रोमाञ्चक जित

पोखरा, त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकालेको हो । पहिलो सेट २५–१९ ले जितेको आर्मीले दोस्रो सेट २२–२५ र तेस्रो सेट २१–२५ ले एपीएफलाई सम्पियो । चौथो सेटमा आर्मीले पुनः २५–१७ को जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा १८–१६ ले जित निकाल्दै… पुरा पढौ

प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान

पोखरा, १५ माघ प्रेस चौतारी नेपाल कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार रामजीप्रसाद लम्साललाई प्रदान गरिने भएको छ । साथै पत्रकारिता क्षेत्रमै क्रियाशील विष्णुप्रसाद सापकोटालाई चौतारीले सम्मान गर्ने भएको छ । लम्साललाई पुरस्कृत र सापकोटालाई सम्मान गर्ने गरी प्रतिभा छनोट समितिले गरेको सिफारिस प्रेस चौतारी नेपाल कास्कीको बिहीबार बसेको बैठकले पारित गरेको हो । पूर्वपुरस्कृत एवं अग्रज पत्रकार श्यामनाथ कुँवरको संयोजकत्वमा पूर्वपुरस्कृत पत्रकार खेम सारु र दीपेन्द्र श्रेष्ठ, संगठनका अध्यक्ष मोतिसागर अधिकारी र… पुरा पढौ

टाइगर कपः महिलातर्फ एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो

पोखरा, छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्स तेस्रो बनेको छ ।पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा थाइल्याण्डले एपीएफलाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेट २३–२५ ले गुमाएको थाइल्याण्डले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–९ ले आफ्नो पक्षमा पा¥यो । थाइल्याण्डले चौथो सेट २३–२५ ले गुमाउँदा खेल पाँचौं सेटमा धकेलियो । पाँचौं सेटमा १५–११ ले आफ्नो आफ्नो पक्षमा पार्दै थाइल्याण्ड तेस्रो बन्यो । तेस्रो बनेसँगै… पुरा पढौ