आइटीएफ जे–३० मा सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न
मंसिर १४,पोखरा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० टेनिस प्रतियोगिता अन्तर्गत सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् । बिहीबार भएको ब्वाइज सिंगलतर्फको खेलमा भारतका अनिकेत भेंकाटरमनले अमेरिकाका आरब सम्राट हाडालाई ६–३, १–६ र ६–० को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । त्यस्तै, भारतका प्रनिल शर्माले भारतकै रणविर सिंहलाई ६–२,७–६ ले, अलेक्से सिभाइवले जापानका रुया सासामोतोलाई ६–४,६–२ ले र भारतका आदित्य मोरले जापानका रिकु हिगासीलाई ६–३,३–६ र ६–३ ले पराजित गर्दै अन्तिम चारमा…
पुरा पढौ
पोखरामा १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु
पोखरा १४, मंसिर १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा बिहिबारबाट सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० कास्कीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । यहि मसिर १७ गते सम्म्म सञ्चालन हुने १६ औ संस्करणको हिसान स्पोर्टस मिटको उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा। गणेशमान गुरुङले स्वास्थ्य नागरिक उत्पादनका लागि शिक्षा संगै खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए । पछिल्लो समयमा खेलकुदका गतिविधि बढे संगै विश्वविद्यालयले खेलकुद अध्ययन अध्यापनका लागि स्नातक तहमा खेलकुद विषयलाई…
पुरा पढौ
सङ्घर्षमा कलममा स्रष्टा सम्मान तथा साक्षात्कार
१४ मंसिर पोखरा सङ्घर्षमा कलम पोखराले भारतको सिलगढीबाट आएका स्रष्टासँगको साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाले असमका वरिष्ठ साहित्यकार भविलाल लामिछानेसँगको स्रष्टा साक्षात्कारसँगै उनको पछिल्लो कथा कृति अर्धासत्यको अन्तरक्रिया तथा स्रष्टा सम्मान सम्पन्न गरेको थियो । स्रष्टा लामिछानेले असमका नेपालीभाषी बन्धुको विगतदेखि वर्तमानसम्मको अवस्थाकोसमेत चर्चा गर्दै साहित्यले सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका पु¥याए तापनि राज्यको हेय दृष्टि र लेखन व्यावसायिक नहुँदा स्रष्टा साधक पिल्सनु परेको बताए । आफ्नो कथा लेखनबारे लामिछानेले थपे, ‘लामो समय शिक्षण पेशामा संलग्न रहँदाका…
पुरा पढौ
पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु
पोखरा ,मंसिर १३ पोखरामा जारी पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत बुधबार ९आज० फुटबल, कबड्डी, खोखोका खेल सुरु भएका छन् । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा तेश्रो दिन छात्र मावीतर्फ फुटबल, छात्रा मावीतह खोखो र आधारभुत तह कक्षा १–५ अन्तर्गत छात्ररछात्रा कबड्डीका खेलहरु सुरु भएका हुन् । प्रतियोगितामा मावी छात्रतर्फ भएको फुटबलमा वेलनन एकेडेमी, स्माइल स्मल हेभन बोर्डिङ स्कुल, होली एन्जल र एकता अन्तिम चारमा प्रवेश गरेका छन् । प्रतियोगितामा फुटबलतर्फ १० टिमको सहभागिता रहेको थियो ।…
पुरा पढौ
२२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने
पोखरा १३, मंसिर नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौं संस्करणको उक्त महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ८ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको हो । आठौं संस्करणमा ५ दिनसम्म विभिन्न कार्यक्रम गरी महोत्सव…
पुरा पढौ
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
पोखरा १३, मंसिर गण्डकी प्रदेश सुरक्षा समितिको बैठकले फेवाताल संरक्षणकालागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सहजिकरण समिति गठन गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । सर्वोच्च अदालतले २०८० असार ४ गते गरेको फैसला कार्यान्वयनकालागि गठित समितिको सदस्यमा पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता, पश्चिम पृतना हेडक्वाटरका पृतनापति, कास्कीका प्रमुख जिल्ला अधिकारी, ताल संरक्षण विकास समितिका कार्यकारी निर्देशक, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक, सशस्त्र प्रहरी वल नेपाल नं।…
पुरा पढौ
केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट स् कोशी प्रदेशको सान्त्वना जित
पोखरा १३, मंसिर पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित हासिल गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा बुधबार पोखरा रंगशालामा सम्पन्न लिग चरणको अन्तिम खेलमा कोशीले आयोजक निलो विरुद्ध ९ विकेटले जित हासिल गरेको हो । खेल जिते पनि कोशी घर फर्किने छ । खेलमा आयोजक निलोले दिएको ६८ रनको लक्ष्यलाई कोशीले १ विकेट गुमाउँदै ७।४ ओभरमा पुरा गर्दै प्राप्त गर्न सफल भयो । टस जितेर फिल्डिङ रोजेको कोशीले आयोजक…
पुरा पढौ
तनहुँमा बस दुर्घटना दुई जनाको मृत्यु
तनहुँ १३, मंसिर धरानबाट पोखरा आउदै गरेको यात्रुबाहक बस तनहुँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाका २४ वर्षका हस्त राई र ठेगाना नखुलेका ५० वर्षका टोपबहादुर मगर रहेको प्रहरीले जनाएको छ । दुवै जनाको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलिप कुमार हुमागाइँले बताए । उक्त दुर्घटनामा परी गम्भीर घाइते ९ जनालाई थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको छ । धरानबाट पोखरा आउँदै गरेको ग१ख…
पुरा पढौ
पोखराको राष्ट्रिय मा.वि.को हीरक जयन्ती, मंसिर २० मा प्रभातफेरी सहित शुभारम्भ हुने
दीननाथ बराल पोखरा १२, मंसिर पोखराको ऐतिहासिक तथा पुरानो बिद्यालय राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा यस बर्ष हीरक जयन्ती मनाउने तयारी गरेको छ । पोखरा १ पुरानो टुँडिखेलमा रहेको बिद्यालय यही मंसिर २० प्रभातफेरी सगै शुभारम्भ कार्यक्रम गर्ने भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । प्रभातफेरी कार्यक्रम विद्यालय स्थापना भएको पोखरा ३ नदिपुर स्थित नारायण स्थान मन्दिरबाट सुरु गरिने भएको बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष राम बिक्रम राणाले बताउनु भयो । प्रभातफेरी…
पुरा पढौ
पोखराको सडक छेउमा रुख काट्नेलाई जरीवाना
डि.एन.बी. पोखरा १२, मंसिर शुन्दर नगरी पोखराको सडक छेउमा आफु खुसि रुख काट्ने केही पसल माथि जरिवाना सहित कार्वाही गरिएको छ । पोखरा महानगरपालिका वडा नं.८ न्युरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई वटा पसललाई जरिवाना सहित कार्वाही गरिएको पोखरा महानगरले जनाएको छ । फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन २०८० मा भएको व्यवस्था अनुसार कारबाही गरिएको पोखराका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले एटुजेडलाई बताउनुभयो । पसल छेकिएको भन्दै अनुमति विना रुख नै काटेका…
पुरा पढौ



