आइटीएफ जे–३० मा सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न

-


     पोखरा क्लिक     
     मंसिर १४ गते २०८० मा प्रकाशित


मंसिर १४,पोखरा

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० टेनिस प्रतियोगिता अन्तर्गत सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् ।

बिहीबार भएको ब्वाइज सिंगलतर्फको खेलमा भारतका अनिकेत भेंकाटरमनले अमेरिकाका आरब सम्राट हाडालाई ६–३, १–६ र ६–० को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । त्यस्तै, भारतका प्रनिल शर्माले भारतकै रणविर सिंहलाई ६–२,७–६ ले, अलेक्से सिभाइवले जापानका रुया सासामोतोलाई ६–४,६–२ ले र भारतका आदित्य मोरले जापानका रिकु हिगासीलाई ६–३,३–६ र ६–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।

गल्र्स सिंगलतर्फ जापानका उता असाकुराले भारतका इसिता मिधालाई ६–०,६–० ले, भारतका यासिका सोकिनले भारतकै इसि महेश्वरीलाई ५–७,६–३ र ६–० ले, भारतका दिसा बेहराले भारतकै स्वस्ती सिंहलाई ६–४,३–६ र ६–२ ले र हङकङकी जेन लिङ चुङ वाङले भारतका सगुन कुमारी सगुनलाई ६–२ ,६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।

ब्वाइज डबल्सफर्त जापानका को फुजिकावा र रुया ससामोटोको जोडीले भारतका सन्चित सुधिर राव र अनिकेट भेंकाटारामनको जोडीलाई ६–०,२–६ र सुपरटाईमा ११–९ ले पराजित गर्दै फाइनलमा स्थान बनाए । गल्र्स डबल्सतर्फ जापानका उता असाकुरा र हङकङकी जेन लिङ चुङ वाङ जोडीले भारतका अन्वी पुनागण्टी र सगुन कुमारी सगुनको जोडीलाई ६–३, ६–१ ले तथा भारतका दिसा बेहरा र अर्जान खोराकिवालाको जोडीले भारतकै सेरि सर्मा र रिधि सिण्डेको जोडीलाई ६–३,६–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।