समाज

२५ औं सडक महोत्सवमा खाना र स्थानिय उत्पादनलाई बिषेश जोड दिने

दीननाथ बराल पोखरा १०, पुष यस बर्ष पोखरामा आयोजना हुने २५ औं सडक महोत्सव २०८० मा खाना र स्थानिय उत्पादनलाई बिषेश जोड दिने भएको छ । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा यही पुष १२ देखि १६ सम्म संचालन हुने उक्त महोत्सवमा खाना र स्थानिय उत्पादनलाई बिषेश जोड दिने भएको आज (मंगलबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । यसपालीको सडक महोत्सवमा स्थानिय उत्पादन भएका कृषिजन्य देखि हस्तकलाका सामाग्रिहरुको समेत आफुहरुले निशुल्क स्टल उपलब्ध गराएको रेवान पोखराका… पुरा पढौ

फुटबलर गुरुङको स्मृतिमा ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन

पोखरा १०, पुष नेपालका पूर्व राष्ट्रिय खेलाडी गंगाबहादुर गुरुङको स्मृतिमा उनको परिवारले पोखरा म्याराथनको ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन गर्ने भएका छन् । तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र फुटबल टिमका कप्तान तथा नेपाल भूतपूर्व खेलाडी मञ्चका सदस्य समेत रहेका स्व। गुरुङका छोरा देवान गुरुङले आगामी पाँच वर्षसम्म दुई विधामा प्रथम पुरस्कार प्रायोजन गरेका हुन । आफ्ना बुबा खेलाडीसँगै सामाजिक व्यक्तित्व रहेको र आफुहरुलाई समेत सामाजिक कार्यमा संलग्न हुन बारम्बार प्रेरित गरेको सुनाउँदै मञ्चसँग जोडिन पाउँदा खुसी लागेको धारणा व्यक्त… पुरा पढौ

्पोखरा रंगशाला भित्रको बिबाद आन्तरिक रुपमै मिलाउन मन्त्री लिम्बुको निर्देशन , खेलाडी र खेल संघलाई बर्गीकरण गर्ने तयारी

दीननाथ बराल पोखरा १०, पुष नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पोखरा रंगशाला भित्रको बिबाद स्थानिय रुपमै हल गर्न निर्देशन दिनु भएको छ । मंगलबार पोखराका खेलपत्रकारसंग संक्षिप्त कुराकानी गर्दै मन्त्री लिम्बुले स्थानिय रुपमा उत्पन्न भएको बिबाद यहीका सारोकारवालाहरु बिच बसेर टुंगाउन निर्देशन दिनु भएको हो । ४ सय १७ रोपनी क्षेत्रमा फैलिएको पोखरा रंगशालामा निर्माण भएका धेरै भौतिक संरचना र विभिन्न खेल संघसंग रहेका स्वामित्व तथा खेल मैदान तथा कभर्ड हल भाडाको बिषयमा स्थानिय, प्रदेश र संघ… पुरा पढौ

२० औं माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्समा प्रदिप र संरक्षकको पहिलो जित

पोखरा १० , पुष कास्की जिल्ला टेनिस संघको आयोजनामा मंगलबारबाट पोखरा टेनिस कम्लेक्समा सुरु भएको २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स सिंगल्समा प्रदिप खडका र संरक्षक भूषण बज्रचार्यले पहिलो जित निकालेका छन् । प्रतियोगिताको मेन्स सिंगल्स ओपनमा नेपालका नं १ प्रदिपले आफ्नो पहिलो खेल बोरिश अधिकारी विरुद्ध खेल्दै ६–१, ६–३ को सोझो सेटमा जित निकाल्दा पूर्व नं १ खेलाडी संरक्षकले गोविन्द नेपाली संग ६–०, ६–० को सोझो सेटमा जित निकालेका छन् । संरक्षक हाल अमेरिका बस्दै आएका छन् ।… पुरा पढौ

फेवा सहकारीको २५ औ स्थापना दिबसको अबसरमा सरसफाई कार्यक्रम

पोखरा, १० पुस । पोखरा सृजनाचोकमा रहेको फेवा वचत तथा ऋण सहकारी संस्था ली.ले आफ्नो संस्था २५ औ स्थापना दिबसको अबसरमा आफ्ना दुबै कार्यालय वरपर सरसफाई कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको छ । सो अबसरमा सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्नुहुदै रामबजार सोसाइटी यूकेका प्रमुख सल्लाहकार एवं फेवा सहकारीका सल्लाहकार प्रमुख अतिथि महेश गुरुङ्गले रसफाईका सामाग्री सरसफाइ कार्यक्रम संयोजक फेवाका उपाध्यक्ष शेयर काजी गुरुङ्ग लाई हस्तान्तर गरि कार्यक्रमको उद्धाटन गर्नुहुदै अहिलेको स्तिथि र परिस्थिति मा फेवा सहकारीले गरेका आर्थिक कारोबार को… पुरा पढौ

राष्ट्रिय मुवाँथाई प्रतियोगिता पोखरामा सम्पन्न

पोखरा १०, पुष पोखरा गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा पोखरा राष्ट्रिय स्तरको मुवाँथाई प्रतियोगिता सम्पन्न भएको छ । पोखरा ६ लेकसाइडस्थित नेपाल ट्रस्टको चौरमा सोमबार १६ फाइट हुँदै प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको कुल १६ मध्ये ७ प्रो–फाइट (प्रोफेसनल), ७ सेमी–प्रो र २ एमेचर फाइट भएका थिए । एक प्रतिस्पर्धा अवधारणा (वान फाइट सिस्टम) अनुसार भएको च्याम्पियनसिपमा हरेक खेलका विजेता तथा उपविजेताले नगद प्राप्त गरेका थिए । प्रो–फाइटतर्फ स्ट्रोङगेस्ट मुवाँथाईका ज्ञानेन्द्र सिंहले गालाकका आकेश… पुरा पढौ

पाँचकिलोमिटर दौडमा कार्की र बराल प्रथम

पोखरा १०, पुष पृथ्वीनारायण क्याम्पसमा आयोजित पाँच किलोमिटर दौडमा छात्रतर्फ दक्ष कार्की र छात्रातर्फ संगीता बराल प्रथम भएका छन् । क्याम्पसले आयोजना गरेको अन्तर संकाय खेलकुद प्रतियोगितामा २७ छात्र र १९ छात्रा सहभागि थिए । क्याम्पस विद्यार्थी कल्याणका प्रमुख तथा कार्यक्रम संयोजक बोधराज ढकालका अनुसार छात्रतर्फ सरोज थापामगर द्वितीय र उमेश गुरुङ तृतीय भए । त्यस्तै छात्रातर्फ समीक्षा पोख्रेल द्वितीय र तृष्णा सुवेदी तृतीय भएका छन्। क्याम्पसको आयोजना तथा विद्यार्थी कल्याण तथा खेलकुद शाखाको संयोजनमा भएको अन्तर संकाय खेलकुद प्रतियोगितामा… पुरा पढौ

भेट्रान्स टेनिस प्रतियोगिता सुरु, सरकारले लगानी गरेका खेल पूर्वाधारहरु बालुवामा पानी जस्तै भएको छ–मन्त्री लिम्बु

पोखरा, पौष १० नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुले खेलकुद क्षेत्रमा सरकारको लगानीमा रहेका धेरै पूर्वाधारहरु अधुरो रहेको जनाएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा मंगलबारबाट सुरु भएको “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” को उद्घाटनको क्रममा सो कुरा बताएका हुन् । उनले भने–“म अहिले ४० जिल्लाको भ्रमणबाट फर्किएको छु । ति जिल्लाका खेल पूर्वाधारहरु निर्माण सम्पन्न नहुँदा खण्डहर बन्दै गएका छन् । सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ ।… पुरा पढौ

पोखरामा कारको ठक्करले २ जना पैदलयात्रुको मृत्यु

पोखरा १०, पुष पोखरामा कारको ठक्करले दुई जना पैदल यात्रीको मृत्यु भएको छ । पोखरा ५ प्रस्याङमा गए राति बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गइरहेको कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय ढोलन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि कारचालक फरार रहेका छन् । उनको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ । केही… पुरा पढौ

कस्केली अधिकृत समाजद्वारा स्वास्थ्य सचेतना

पोखरा, १० पुुस कस्केली अधिकृत समाजले समाजका सदस्यलाई लक्षित गरी आज पोखरामा स्वास्थ्य सचेतना सम्पन्न गरेको छ । समाजको वार्षिक कार्ययोजना अनुुुरुप दुखाई व्यवस्थापन(पेन म्यानेजमेन्ट), क्लोरेष्टोर एवम् अन्य स्वास्थ्य सचेतना लगायत विविध विषयमा चिकित्सकहरूले प्रशिक्षण दिनुुभएको थियो । कार्यक्रममा पेन फिजिसियन डा.हरि पौडेलले दुखाई स्वास्थ्य समस्या रहेको बताउँदै बेलैमा यसबारे सचेत र उपचारविधि अपनाउन सकेमा शारिरिक एवम् मानसिक रुपमा पार्ने थप असरहरूबाट बच्न सकिने बताउनुुभयो । अर्का चिकित्सक डा. सन्तोष बानियाले आहारविहारमा सचेतना अपनाउन सकेमा क्लोरेष्टोर लगायतका स्वास्थ्य समस्याबाट जोगिन… पुरा पढौ

This will close in 20 seconds