पोखरा १०, पुष
पोखरामा कारको ठक्करले दुई जना पैदल यात्रीको मृत्यु भएको छ । पोखरा ५ प्रस्याङमा गए राति बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गइरहेको कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय ढोलन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि कारचालक फरार रहेका छन् । उनको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ । केही समय स्थानियले कार चालक तत्काल पक्राउ गरी कारवाही गर्न सडकमा नारा जुलुस समेत गरेका थिए ।