दीननाथ बराल
पोखरा १०, पुष
यस बर्ष पोखरामा आयोजना हुने २५ औं सडक महोत्सव २०८० मा खाना र स्थानिय उत्पादनलाई बिषेश जोड दिने भएको छ । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा यही पुष १२ देखि १६ सम्म संचालन हुने उक्त महोत्सवमा खाना र स्थानिय उत्पादनलाई बिषेश जोड दिने भएको आज (मंगलबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
यसपालीको सडक महोत्सवमा स्थानिय उत्पादन भएका कृषिजन्य देखि हस्तकलाका सामाग्रिहरुको समेत आफुहरुले निशुल्क स्टल उपलब्ध गराएको रेवान पोखराका अध्यक्ष नरेस भट्टराईले बताउनु भयो । महोत्सवमा कला संस्कृति झल्कने विभिन्न जनजातिको भेषभुषा सहितको झाकी विभिन्न खेलकुद कार्यक्रम, गित संगित तथा कला क्षेत्रलाई उच्च प्रथामिकता दिएको अध्यक्ष भट्टराईले बताउनु भयो । महोत्सवमा स्वदेशी तथा विदेशीका गरी २५ थरिका खानाका परिकार उपलब्ध गराइने भएको उहाँले दाबी गर्नु भयो । महोत्सवमा चाइनिज, इण्डियन, नेपालीमा थकाली देखि विभिन्न खानाका परिकारहरु उपलब्ध गराइने भएको रेवान पोखराले जनाएको छ ।
डिसेम्बर २५ अर्थात क्रिसमस डेको अवसरबाटै पोखरामा पर्यटकहरुको चहल पहल सुरु भएको संस्थाका प्रथम उपाध्यक्ष एवं महोत्सव संयोजक विश्वराज पौडेलले बताउनु भयो । महोत्सवलाई भव्य रुपमा सफल पार्न हाल पोखराको करिब ३ किलोमिटर क्षेत्रमा रंगरोगन, धोजा पोतकाले सजिसजावट समेत गरिएको उहाँले बताउनु भयो । स्थानिय किसानले उत्पादन गरेका बस्तुको बिक्रि तिवरणको लागि सहज पहुच पुर्याउने गरी निःशुल्क स्टलको व्यबस्था गरिएको संयोजक पौडेलले बताउनु भयो ।
अंग्रेजी नयाँ वर्षको अवसरमा यही पुष १२ गते देखि १६ सम्म पोखराको लेकसाइडमा आयोजना हुने उक्त महोत्सवमा करिब ५ लाख आन्त्रिक तथा बाह्यि पर्यटक भित्राउने आफुहरुले लक्ष्य राखेको रेवान पोखराले दाबी गरेको छ ।यसैबिच, सडक महोत्सवको पूर्व अवसरमा रेवान पोखराले साइकल सिटि पोखरा, पोखरा माउण्टेन वाइकको सहकार्यमामा पोखरामा हालै ३० किलोमिटर साइकल र्याली समेत आयोजना गरेको थियो । पोखरा लेकसाइडको बुह््रयाङ रेष्टुरेण्ट देखि हल्लनचोक, सेतीबगर, खपौदी, पामे, घाँटी छिना, मार्की हुदै लेकसाइडसम्मको ३० किलोमिटर साइकल र्याली आयोजना गरिएको अध्यक्ष भट्टराईले बताउनु भयो ।त्यस्तै महोत्सवको प्रोमोशनको लागि रेवान पोखराले चितवन र काठमाडौंसम्म पुगेर व्यवसायीहरुसंग छलफल तथा पत्रकार सम्मेलन समेत गरेको प्रचार प्रसार संयोजक बिकास भट्टराईले बताउनु भयो ।
‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मुल नारा सहित उक्त महोत्सव लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा सञ्चानल हुदै आएको छ । महोत्सवमा सिन्धुलीको नौमती बाजा, मयूर डान्स, रत्यौली प्रतियोगिता हुने भएको छ । साथै महोत्सवमा साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन सँगै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, राष्ट्रिय भलिवल प्रतियोगिता, वेटर रेस, टग अफ वार तथा पोखराका प्रमुख गन्तब्य सहितको डकुमेन्टी प्रदर्शन गरिने भएको पूर्व अध्यक्ष चौ बहादुर गुरुङले बताउनु भयो । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालकै स्थापित ब्राण्डीङ भएको दाबी गर्नु भयो । यस महोत्सवमा ५ लाख पर्यटन भित्र्याउने लक्ष्य राखिएको उहाँले बताउनु भयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नवीन पोखरेलले २०१९ मा १२ लाख पर्यटक भित्रीएको अबस्थामा यस बर्ष साँढे ९ लाख बढी आएकोले यस बर्ष पर्यटनमा सुधार हुँदै आएको बताउनु भयो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले उक्त महोत्सवले पोखराको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । महोत्सवको अवसरमा चर्को मूल्य लिएमा कार्वाही गर्ने रेवानले जनाएको छ । अफसिजनमा पोखराको पर्यटन प्रबर्द्धन गर्न गणेशबहादुर भट्टराईको नेतृत्वमा विगत २५ बर्ष अघि उक्त महोत्सव सुरु भएको हो । उक्त महोत्सवले हाल भारत देखि पर्यटकहरु पोखरा आकर्षण गर्र्न थालेको उहाँर्ले एटुजेडलाई बताउनु भयो ।
पश्चिम नेपालमा हालै आयोजना भएको जाउ है पोखरा अभियानले पर्यटन प्रबर्द्धन गर्न टेवा पुगेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । उक्त अभियान गत मंसिर २९ देखि पुष ४ गते ६ दिन गरेको थियो । उक्त अभियानबाट उक्त सडक महोत्सवमा आएका पत्रकार तथा संस्थागत पर्यटन व्यवसायीहरुलाई आफुहरुले आवासको प्रबन्ध गर्ने भएको अध्यक्ष सुवेदीले जनाउनु भयो ।