्पोखरा रंगशाला भित्रको बिबाद आन्तरिक रुपमै मिलाउन मन्त्री लिम्बुको निर्देशन , खेलाडी र खेल संघलाई बर्गीकरण गर्ने तयारी

-


     पोखरा क्लिक     
     पौष १० गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा १०, पुष

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पोखरा रंगशाला भित्रको बिबाद स्थानिय रुपमै हल गर्न निर्देशन दिनु भएको छ । मंगलबार पोखराका खेलपत्रकारसंग संक्षिप्त कुराकानी गर्दै मन्त्री लिम्बुले स्थानिय रुपमा उत्पन्न भएको बिबाद यहीका सारोकारवालाहरु बिच बसेर टुंगाउन निर्देशन दिनु भएको हो ।


४ सय १७ रोपनी क्षेत्रमा फैलिएको पोखरा रंगशालामा निर्माण भएका धेरै भौतिक संरचना र विभिन्न खेल संघसंग रहेका स्वामित्व तथा खेल मैदान तथा कभर्ड हल भाडाको बिषयमा स्थानिय, प्रदेश र संघ सरकारको के कति क्षेत्र अधिकार प्रष्ट हुनु पर्ने खेलकुदकर्मीले माग गर्दै आउनु भएको छ । रंगशालाको विभिन्न खेल खेलाउदा समेत कसले भाडा लिने भन्ने बिषयमा अझै बिबाद भएकोले त्यसलाई हाल प्रदेश माताहात जिल्ला आएकोले त्यसलाई सहजीकरण गर्न प्रदेशले भूमिका खेल्नुपर्ने मन्त्री लिम्बुको भनाई थियो ।  राज्यले लटका भरमा विना अध्ययन अनुसन्धान बिना खेलकुद क्षेत्रमा गरेको अबौं रुपैया वालुवामा पानी हाले सरह खर्च हुने गरेको मन्त्री लिम्बुको दाबी थियो ।

दशैं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुने उहाँले बताउनु भएको छ । केही समय अघि कर्णालीको सुर्खेतमा निर्माण हुदै गरेको खेलकुदको भौतिक संरचनाको अध्ययन अवलोकन गरेर फर्किएको बताउदै मन्त्री लिम्बुले आफुले सबै क्षेत्रलाई सकरात्मक भएर तोकिएको मिति २०८१ सालको मंसिर २ देखि ९ गतेसम्म हुने गरी तयारी गर्न निर्देशन दिएको जनाउनु भयो । कर्णाली प्रदेशबाट उक्त प्रतियोगिताको लागि १ अर्ब ४८ करोडको प्रस्तावित भौतिक संरचना निर्माणको लागि डकुमेन्ट मन्त्रालयमा आएको उल्लेख गर्नु भयो । सरकारले निर्माण गर्ने कुनै पनि भौतिक संरचनाको बिषयमा जग्गा बिबाद रहित र सरकारको स्वामित्व भएको खण्डमा मात्र राज्यले खेलकुदका भौतिक संरचना बनाउने भएको उहाँको भनाई थियो ।

सरकारले खेलकुदमा लाग्ने खेलाडी र खेल संघहरुलाई अब बर्गीकरण गर्ने भएको उहाँले बताउनु भयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई उहाँहरुको योगदानको आधारमा बिमा तथा सेवा सुविधा उपलब्ध गराउने गरी गृहकार्य गर्दै गरेको बताउदै मन्त्री लिम्बुले खेलकुद प्रतियोगिता गर्ने र खेलाडी उत्पादनमा योगदान पुराएका र झोले खेल संघहरुको समेत बर्गीकरण गरेर प्रोत्साहन र संघ खारेजसम्म गर्ने चेतावनी दिनु भयो ।

१८ देखि ४० बर्षका युवा खेलाडीहरुलाई आफै केही गर्न चाहेमा एवं स्वरोजगार बन्न चाहेमा मन्त्रालयले युवा स्वरोजगार कोषबाट ५ लाखसम्म सहुलियत दरमा ऋण उपलब्ध गराउने भएको बताउनु भयो । राखेपका सदस्य राजेश गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, नेपाल लोकतान्तिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्र केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँ लगायतले रंगशाला भित्र धेरै बेतिथी भएकोले त्यसको समाधान गर्न आवश्यक भएकोमा जोड दिनु भएको थियो ।

यसैबिच मन्त्री लिम्बुले मंगलबार पोखरा रंगशालाको अवलोकन सहित केही खेलकुद प्रतियोगिताको उद्घाटन समेत गर्नु भएको छ । मंगलबारदेखि पोखरामा सुरु भएको २० औं संस्करणको माछापुच्छ्रे« पोखरा खुल्ला तथा भेट्रान्स टेनिस प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री लिम्बुले पोखरामा टेनिस खेलको थप भौतिक संरचना निर्माणमा आवश्यक सहयोग गर्ने वचन दिनु भयो । त्यसै गरी कास्की जिल्ला स्तरिय क्रिकेट छनौट प्रतियोगिताको व्याटिङ गरी उद्घाटन गर्र्र्दै पोखरा खेलकुद र पर्यटनको अथाह सम्भावना भएको दाबी गर्नु भयो । केही समय यहाँले माछापुच्छ«े हिमालको प्रतिविम्बमा फोटो समेत खिच्नु भएको थियो ।