समाज

पोखरेली पत्रकारको प्रतिबद्धताः अझ सुरक्षित र सम्मानजनक सञ्चार

पोखरा, पोखराका पत्रकारहरूले बालबालिकाको अधिकार, गोपनीयता र सम्मानलाई केन्द्रमा राखेर समाचार बनाउने प्रतिबद्धता जनाएका छन्। बालमैत्री सञ्चार अभ्यासलाई सुदृढ बनाउने उद्देश्यसहित ‘पोखरा प्रतिबद्धता पत्र–२०८२’ सार्वजनिक गरिएको कार्यक्रममा बोल्दै पत्रकारले उक्त कुरा बताएका हुन् । राष्ट्रिय बाल अधिकार परिषद् र गण्डकी प्रदेशका सञ्चारकर्मीहरूबीच विहिबार भएको प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रमपछि यो प्रतिबद्धता सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपाल का सदस्य केशवशरण लामिछानेले पत्रकारितामा कहिलेकाहीँ लापरवाहीका कारण बालअधिकार उल्लङ्घन हुने गरेको उल्लेख गर्दै जिम्मेवार अभ्यास आवश्यक रहेको बताए । उनले आचारसंहिता… पुरा पढौ

रात्रिदौडको अनलाइन फारम खुला

पर्यटकीय राजधानी पोखरामा पहिलोपटक आयोजना हुने रात्रिकालीन दौड प्रतियोगिता (नाइटरन) का लागि बिहीवारदेखि अनलाइन फर्म खुला गरिएको छ । नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा “जाग्छ पोखरा, दौडाउँछ पोखरा”उद्घोषका पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा चैत २८ गते शनिबार हुने प्रतियोगिताका लागि फर्म भर्न पोखरा क्लिकको अनलाइन पोर्टमा क्लिक गर्नुपर्ने छ । प्रतियोगितामा निश्चित संख्या पुगेपछि फारम बन्द गरिने र १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रतियोगितामा सहभागी नगराइने प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । आयोजकले सहभागी खेलाडीको बीमा गर्ने… पुरा पढौ

पोखरा पत्रकारिता सम्मानबाट गुरुङ र सहारा क्लब सम्मान हुने, स्व.जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कारबाट अकिञ्चन र गिरीलाई पुरस्कृत गरिने

पोखरा,१२ चैत, नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना दिवसको अवसर पारेर विभिन्न पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । चैत १६ गते महासंघको ७१ औं स्थापना दिवसको अवसर पारेर कास्की शाखामा स्थापित पोखरा पत्रकारिता सम्मान र स्व.जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न लागेको हो । शाखाले बर्सेनि पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकार र संस्था गरी आलापालो रुपमा पोखरा पत्रकारिता सम्मान प्रदान गर्दै आएकोमा सम्मान छनौट समितिको सिफारिसमा वर्ष २०८१ बाट बरिष्ठ पत्रकार राजबहादुर गुरुङ र २०८२ बाट… पुरा पढौ

एनआरएनएका वरिष्ठ उपाध्यक्ष शेरचनलाई गण्डकी टेनिसको सम्मान

पोखरा, गैरआवासीय नेपाली संघ ९एनआरएनए०को १२औं महाधिवेशनबाट नव–निर्वाचित वरिष्ठ उपाध्यक्ष रोविन प्रशाद शेरचनलाई गण्डकी प्रदेश टेनिस संघले स्वागतसहित सम्मान गरेको छ । पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा बिहीबार आयोजित एक कार्यक्रममा शेरचनलाई सम्मान प्रदान गरिएको हो । वरिष्ठ उपाध्यक्षमा निर्वाचित शेरचन गण्डकी प्रदेश टेनिस संघले सञ्चालन गर्दै आएको ग्रास(रुट टेनिस कार्यक्रमका सहयोगी पनि हुन्। साथै, कार्यक्रममा एनआरएनए महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित तथा खेलकुद विभाग प्रमुख मनोज गोर्खालीलाई पनि टेनिस संघले स्वागत गरेको थियो । सो अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष शेरचनले गण्डकीमा टेनिस… पुरा पढौ

विराटनगरवासीलाई पोखरा भ्रमणको निम्तो

विराटनगर, १२ चैत , नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ ।जाउँ है पोखरा अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले विराटनगरवासीलाई पोखरामा हुने फेवा नवबर्ष महोत्सवको निम्ता प्रदान गरेको हो । पर्यटन संस्कृती र खानालाई जोड दिएर यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म यो महोत्सव हुँदै छ । विराटनगरमा आयोजित कार्यक्रममा होटन संघ नेपाल कोशीका अध्यक्ष राजन श्रेष्ठले २५ बर्षदेखी जाउँ है पोखरा अभियानलाई निरन्तर संचालन गर्नु… पुरा पढौ

कास्कीमा मनसुन पूर्व तयारी तीव्रः विपद् जोखिम न्यूनीकरणका लागि ठोस निर्णय

दीननाथ बराल,पोखरा १२, चैत, कास्की जिल्लामा विपद् जोखिम न्यूनीकरण तथा मनसुन पूर्व तयारीलाई प्रभावकारी बनाउन आयोजित जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकमा अघिल्लो निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्दै थप समन्वय र सहकार्यलाई प्राथमिकता दिने भएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले बताउनु भयो । बैठकले सडक तथा आवास क्षेत्रमा रहेका पहिरो र जोखिमयुक्त स्थानहरूको पहिचान गरी व्यवस्थापन गर्न सम्बन्धित कार्यालय र स्थानीय तहलाई निर्देशन दिएको उहाँले जनाउनु भयो । यसका लागि वडा समिति मार्फत सूचना… पुरा पढौ

सहज सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छः प्रदेश प्रमुख भट्ट

पोखरा, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्ने बताउनुभएको छ । प्रदेश लोक सेवा आयोग गण्डकीको पाँचौ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि भट्टले कर्मचारीतन्त्रले जबसम्म नागरिकका निम्ति सहज पहुँच दिन सक्दैन, तबसम्म जनता खुशी हुन सक्दैनन् भन्ने वास्तविकतालाई बिर्सन नहुनेमा जोड दिनुभयो । ‘स्व–उत्प्रेरित, उच्च नैतिकवान, अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सद्भाव भएका कर्मचारीले मात्र मुलुकमा प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सक्दछन् भन्ने यथार्थलाई हामीले बिर्सन हुँदैन ।’ उहाँभले भन्नुभयो – ‘वर्तमान समयमा… पुरा पढौ

पोखरामा दोस्रो ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ सुरु(भिडियो सहित), ३२ ब्राण्डका गाडी बिक्रि तथा प्रर्दशनी

दीननाथ बराल, पोखरा ११, चैत, पर्यटनको राजधानि पोखरामा आज (बुधबार) देखि दोस्रो संस्करणको ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुती तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजनामा पोखराको लेकसाइडस्थित तालबाराही चोक नजिकको खेल मैदानमा उक्त अटो शो सञ्चालन भएको हो । https://www.youtube.com/watch?v=nUCoA-7Dnq4 यही चैत १५ गतसम्म संचालन हुने उक्त अटो शोको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यबस्था मन्त्री प्रकाश बहादुर केसीले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै… पुरा पढौ

पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने, प्रतिभा मावि र शान्ति निकेतनको सहकार्य, संस्कृत र चिनियाँ भाषा पढाइने

पोखरा, ११ चैत, पोखरा वडा नं। ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भावी योजनाबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा स्कूलले यसबारे जानकारी गराएको हो । संस्थापक एवं प्राचार्य डा। महेश्वर पराजुलीले पोखराको अर्को उत्कृष्ट विद्यालय प्रतिभा माविसँग सहकार्य गरिएको पनि खुलासा गरे । ’प्रतिभा र शान्ति निकेतन आ–आफ्नै मोडालिटीमा चलिरहेको छ । अब पनि यसै अनुसार… पुरा पढौ

कालिका पब्लिक कलेजमा परिवार नियोजनको अभियान

पोखरा, ११ चैत, नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १३ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १० रामबजार स्थित कालिका पब्लिक कलेजमा अभियान संचालन गरिएको छ । कार्यक्रमको शुभारम्भ पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य पूर्णचन्द्र न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा नेपाल परिवार नियोजन… पुरा पढौ