समाज

प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले

पोखरा २२, माघ, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको तेस्रो अधिवेशनबाट स्याङजाका अर्जुन काफ्ले पुनः अध्यक्षमा निर्वाचित हुनु भएको छ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको आज सम्पन्न तेस्रो प्रदेश अधिवेशनले काफ्ले नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्वत रुपमा निर्वाचित गरेको निर्वाचन कमिटिका संयोजक कोमलनाथ बरालले बताउनु भयो । त्यसै गरी खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यमा सन्देश श्रेष्ठ, महिला उपाध्यक्षमा सबिना राना, महासचिवमा गुणराज रोका, खुल्ला सचिबमा अग्निधर लुइँटेल (अर्जुन अविरल), सुरेश अधिकारी, सचिव (महिला) कृष्णमाया पोखरेल (शान्ति), सचिब (दलित) सानेबहादुर… पुरा पढौ

पुलिस र आयोजक सहारा बिच मंगलबार उद्घाटन खेल हुने, सहारा क्लबद्वारा सनिषलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

पोखरा, २१ माघ सहारा क्लब पोखराद्वारा यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सनिष श्रेष्ठले पाएका छन् । प्रतिभा छनोट समितिको बैठकले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका हुन् । पुरस्कार राशि नगद ५० हजार ५५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । उक्त पुरस्कार वापत्को रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले गर्दै आएका छन् । तनहुँको पुर्कोटका सनिष श्रेष्ठ विगत ७ वर्षदेखि फुटबल खेलिरहेका छन् । नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत क्लबले… पुरा पढौ

अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलः ब्रदरहुड, युके मास्टर्स र बानेश्वर भेट्रान्स च्याम्पियन

पोखरा, २१ माघ ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा बगर भाइखलकद्वारा आयोजित १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । तिन वटा उमेर समूहमा ९४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि० भएको प्रतियोगिताको ४० वर्षतर्फ ब्रदरहुड काठमाडौं च्याम्पियन बनेको छ ।फाइनल खेलमा गार्डेन एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै ब्रदरहुड च्याम्पियन बनेको हो । उपाधि जितेको ब्रदरहुडले नगद रु २ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।… पुरा पढौ

डिफेण्डिङ च्याम्पियन शान्ति निकुन्जको विजयी सुरुवात, अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता पोखरामा जारी

पोखरा २१, माघ, डिफेण्डिङ च्याम्पियन शान्ति निकुन्ज बोर्डिङ स्कुलले विजयी सुरुवात गरेको छ । पोखरामा जारी चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ अन्र्तगत सोमबारको खेलमा साविक विजेता शान्ति निकुन्जले गुप्तेश्वर वेद विज्ञान पाठशालालाई ७–० को एक तर्फी फराकिलो गोल अन्तरले पराजित गर्यो । शान्ति निकुन्जको जितमा म्यान अफ दी म्याच घोषित इन्द्र बहादुर बि.क.ले ह्याट्रिक, टानसेन जुग्जालीले २ र सवनिल अधिकारीले एक गोलको योगदान दिनु भयो । उक्त प्रतियोगितामा पहिलो पटक सहभागि भएको गुप्तेश्वर वेद विज्ञानको टोलीले… पुरा पढौ

विश्व सिमसार दिवसको अवसरमा फेवा किनारमा संरक्षण फोटो प्रदर्शनी

पोखरा, २१ माघ, विश्व सिमसार दिवस २०२५ को अवसरमा पोखराको फेवाताल किनारमा सिमसार संरक्षणमा जनचेतना अभिबृद्धि गर्ने लक्ष्यका साथ फोटो प्रदर्शनी गरिएको छ । पत्रकार कृष्णमणि बरालद्धारा खिचिएका सिमसारका विभिन्न अवस्था झल्कने फोटो प्रदर्शनी भएको हो । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल, सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामको आयोजना र पोखरा महानगरपालिका वडा नं ६ को सहयोगमा भएको सिमसार संरक्षण फोटो प्रदर्शनीमा विगत २० वर्ष यता विभिन्न समयमा खिचिएका फेवाताल सहित पोखराका ९ तालका विभिन्न अवस्था… पुरा पढौ

गण्डकी प्रदेशमा भोलि मंगलबार सार्वजनिक बिदा हुने

दीननाथ बराल,पोखरा २१, माघ, गण्डकी प्रदेशमा भोलि (मंगलबार) सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेश सरकारको स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेकोे मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका उपसचिव सुरण प्रसाद शर्मा पौडेलले पोखराक्लिकलाई जनाउनु भयो । गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि उक्त सूचना जारी गरिएको उहाँले जनाउनु भयो । पुरा पढौ

पोखराको कुमुदिनी होम्समा सरस्वती पूजा सहित महाआरती (भिडियो सहित)

पोखरा २१, माघ, पोखरा गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आज श्रीपन्चमी (सरस्वती) पूजा सहित महाआरती गरिएको छ । श्रीपन्चमी पर्वको अवसरमा हरेक वर्ष बिद्यालयले सरस्वती माताको पूजा आरधाना गर्दै आए पनि यस वर्ष बिषेश पूजा सहित पोखराको तालबराही मन्दिरबाट महाआरती गरिएको बिद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनु भयो । https://www.youtube.com/watch?v=aswfNNsEaN0 यसमा बिद्यार्थीहरुले सरस्वतीलाई सामुहिक रुपमा पूजा आरधाना सहित बिद्याकी खानी सरस्वती माताको पूजा गर्न सहजहोस भनेर बिद्यालयमा विधि पूर्वक पूजा गरिएको उहाँले जनाउनु भयो । कार्यक्रममा बिद्यार्थीहरुले गीत, कविता… पुरा पढौ

अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबलको उपाधि रामघाटले जित्यो

२० माघ, पोखरा लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि रामघाट एफसी ९सेतो०ले जितेको छ । आइतबार पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएको फाइनल खेलमा लिभिक एफसी ९बी०लाई ट्राइवेकरमा २–३ को गोल अन्तरले हराउँदै रामघाटले उपाधि हात पारेको हो । निर्धारित समयसम्म दुवै टीमबाट गोल हुन नसक्दा उपाधीको छिनोफानो टाइब्रेकरबाट भएको थियो । गोलकिपर प्रविन गुरुङले लिभिकका खेलाडीको प्रहार रोक्न सफल हुदाँ रामघाटले उपाधि जित्न सफल भयो । जीतसँगै रामघाटले १ लाख ४०… पुरा पढौ

पोखरामा अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा शिशु निकेतनको विजयी सुरुवात

पोखरा २०, माघ, पोखराको ड्याम साइड क्लवको आयोजनामा आज (आइतबार) देखि चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा सुरु भएको प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा आइतबार दुई खेल सम्पन्न भएका छन् । आइतबार भएकोे उद्घाटन खेलमा शिशु निकेत माविले विजयी सुरुवात गरेको छ । शिशु निकेतले पोखरा किन्डरगार्डेन माविलाई टाईब्रेकरमा ५—३ को गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । २५÷२५ मिनेटको… पुरा पढौ

टाइगर कप भलिवलको उपाधि महिला तर्फ आयोजक टाईगर ग्रुपलाई र पुरुष तर्फ पुलिसलाई, पहल र अम्फा सर्वोत्कृष्ट खेलाडी

पोखरा २०, माघ, पोखरामा आज (आइतबार) सम्पन्न भएको टाइगर कप भलिवल प्रतियोगिताको उपाधि महिला तर्फ आयोजक टाईगर ग्रुप अफ पोखराले जितेको छ भने पुरुष तर्फ नेपाल पुलिस क्लवले जितेको छ । डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको (एपिएफ) क्लबलाई ३—२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालामा आइतबार सम्पन्न भएकोे फाइनल खेलमा गण्डकी भलिवल संघलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि जितेको… पुरा पढौ

This will close in 20 seconds