
पोखरा २२, माघ,
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको तेस्रो अधिवेशनबाट स्याङजाका अर्जुन काफ्ले पुनः अध्यक्षमा निर्वाचित हुनु भएको छ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको आज सम्पन्न तेस्रो प्रदेश अधिवेशनले काफ्ले नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्वत रुपमा निर्वाचित गरेको निर्वाचन कमिटिका संयोजक कोमलनाथ बरालले बताउनु भयो ।
त्यसै गरी खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यमा सन्देश श्रेष्ठ, महिला उपाध्यक्षमा सबिना राना, महासचिवमा गुणराज रोका, खुल्ला सचिबमा अग्निधर लुइँटेल (अर्जुन अविरल), सुरेश अधिकारी, सचिव (महिला) कृष्णमाया पोखरेल (शान्ति), सचिब (दलित) सानेबहादुर नेपाली, सचिब (जनजाती) दानबहादुर गुरुङ, कोषाध्यक्ष श्रीभद्र पौडेल निर्वाचित हुनु भएको हो ।
त्यस्तै सदस्यहरुमा (महिला सदस्य) ः सविता शर्मा, महिला सदस्य, (खुला) सन्तोष परियार, राजकिरण छत्कुली, राजबाबु पिसी, विमल आचार्य, फडिन्द्र अधिकारी (अकिञ्चन), रवि दाहाल, चिरञ्जीवी पौडेल, प्रनिस गिरी र पूर्णभद्र निउरे निर्वाचित हुनु भएको हो ।