
पोखरा २०, माघ,
पोखरामा आज (आइतबार) सम्पन्न भएको टाइगर कप भलिवल प्रतियोगिताको उपाधि महिला तर्फ आयोजक टाईगर ग्रुप अफ पोखराले जितेको छ भने पुरुष तर्फ नेपाल पुलिस क्लवले जितेको छ ।
डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको (एपिएफ) क्लबलाई ३—२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालामा आइतबार सम्पन्न भएकोे फाइनल खेलमा गण्डकी भलिवल संघलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि जितेको हो ।
हजारौं दर्शक माझ भएको फाइनल खेलमा पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले जितेको पुलिसले तेस्रो सेट २०–२५ ले गण्डकीसंग हार्नुपर्यो । पुलिसले चौथो सेटमा जित हासिल गर्यो । चौथो सेटमा २५–२२ ले जित निकाल्दै पुलिस उपाधि हात पार्न सफल भयो । उपाधि जितेको पुलिसले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो । उपविजेता भएको गण्डकीले २ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो ।
यसैबिच, महिला तर्फको खेलमा पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले हात पार्यो । निकै प्रतिष्प्रर्धात्मक भएको पाँचौमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकाल्दै उपाधि हात हात पार्न सफल भयो । पहिलो पटक सहभागिता जनाएको आयोजक टोलीले पहिलो पटकमै उपाधि रक्ष ागर्न सफल भयो ।
उपाधि जितेको टाइगर ग्रुपले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो । उपविजेता भएको एपिएफले २ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो । माघ १२ देखि सुरु भएको प्रतियोगितामा दुई विदेशी सहित महिला तथा पुरुषका गरी १२ टिम सहभागि भएको आयोजक सस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताए । लिगका खेल लम्बिएका कारण प्रतियोगिता एक दिन लम्बिदै आइतबार सम्पन्न भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जनाउनु भयो । भलिवल प्रतियोगितामा दर्शकहरुको उल्लेखनिय उपस्थितीले आफुहरुलाई थप प्रोत्साहन भएको उहाँले जनाउनु भयो ।
पहल र अम्फा टाइगर कप भलिबलका सर्वोत्कृष्ट खेलाडी
पहल गहतराज र अम्फा सोमसुरात एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र महिलातर्फ अम्फा सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । पहल नेपाल पुलिस क्लब र अम्फा आयोजक टाइगर ग्रुप अफ पोखराबाट प्रतियोगिता खेलेका थिए ।
सर्वोत्कृष्ट बनेका दुवैजनाले ट्रफीसहित २५ हजार ७७७ रुपैयाँ प्राप्त गरे ।पुरुषतर्फ उत्कृष्ट स्पाइकर गण्डकीका रमनकुमार, सर्भर गण्डकीकै सञ्जुकुमार शाह, सेटर विवश आलेमगर, ब्लकर पुलिसका रविन नगरकोटी, लिबिरो आर्मीका इश्वर थापा र प्रशिक्षक पुलिसकै चन्द्र कुँवर बने ।
महिलातर्फ उत्कृष्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, सर्भर एपिएफकै निरुता ठगुन्ना, सेटर टाइगर ग्रुपका अरुणा शाही, ब्लकर टाइगर ग्रुपकै नान्तिकान टुनिपो, लिबिरो न्यू डायमण्डकी सलिना श्रेष्ठ र प्रशिक्षक टाइगर ग्रुपका अर्जुन घिमिरे घोषित भए । विधागततर्फ उत्कृष्ट हुनेले ट्रफीसहित १० हजार ५५५ रुपैयाँ प्राप्त गरे ।