
दीननाथ बराल,
पोखरा २१, माघ,
गण्डकी प्रदेशमा भोलि (मंगलबार) सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेश सरकारको स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेकोे मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका उपसचिव सुरण प्रसाद शर्मा पौडेलले पोखराक्लिकलाई जनाउनु भयो ।
गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि उक्त सूचना जारी गरिएको उहाँले जनाउनु भयो ।