समाज

१० औं पोखरा स्पोर्ट्स अवार्ड ः टिकाबहादुर बोगटीलाई लाइफ टाइफ एचिभ्मेन्ट अवार्ड

पोखरा, ३१ वैशाख, ‘दशौं पोखरा स्पोर्टस् अवार्ड २०८२’ अन्तरगत टाइफ एचिभ्मेन्ट अवार्डबबाट एथ्लेटिक्सका खेलाडी टिकाबहादुर बोगटी सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा बोगटीलाई उक्त अवार्डबाट सम्मान गरिएको हो । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, रुपकोट सुनचाँदी पसलका सञ्चालक रशरथ सुनार, मञ्चका अध्यक्ष एमबी आस्थामगर, मञ्चका सल्लाहकार सुरज श्रेष्ठले लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट सम्मान गरेका थिए । वि.सं. २०१९ सालमा गोरखाको ताप्ले गाउँमा जन्मिएका बोगटीले एथ्लेटिक्सको माध्यमबाट… पुरा पढौ

दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड

पोखरा, ३१ वैशाख, दशौं पोखरा स्पोर्टस् अवार्ड २०८२ अन्तरगत उत्कृष्ट खेल पत्रकार अवार्ड दीननाथ बराललाई प्रदान गरिएको छ ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा उत्कृष्ट खेल पत्रकार बराललाई नगद ३५ हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । उनलाई गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, प्रतिभा छनोट समितिका संयोजक विनोद लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेललगायतले नगद र… पुरा पढौ

मञ्चका पूर्व अध्यक्ष एवं पोखरा स्पोट्र्स अवार्डका संस्थापक श्रेष्ठलाई सम्मान

पोखरा, वैशाख ३०, नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आफ्नो संस्थागत विकासमा योगदान पु¥याएका पूर्व अध्यक्ष एवं पोखरा स्पोट्र्स अवार्डका संस्थापक सन्देस श्रेष्ठलाई सम्मान गरेको छ । दशौं रारा पोखरा स्पोट्र्स अवार्ड २०८२ को पूर्व अवसरमा आयोजित कार्यक्रममा पूर्व अध्यक्ष विनोद लामिछाने, प्रेमरानायण न्यौपाने, एकराज गिरी र दीननाथ बराललाई सम्मानपत्र सहित दोसल्ला र माला लगाएर सम्मान गरेको हो । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचन र मञ्चका अध्यक्ष यामबी आस्था मगरले संयुक्त रूपमा सम्मानित व्यक्तिहरुलाई सम्मान गर्नु भएको हो ।… पुरा पढौ

गण्डकी प्रदेशमा खेलकुद–पर्यटनको दिगो विकासका लागि एकिकृत नीति बनाउन मन्त्री शेरचनको माग (भिडियो सहित)

दीननाथ बराल, पोखरा ३०, वैशाख, गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले प्रदेशमा खेलकुद र खेल पर्यटनको दिगो विकासका लागि स्पष्ट र एकिकृत नीति आवश्यक रहेकोमा जोड दिनु भएको छ । आज (बुधबार) पोखरामा नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आयोजना गरेको पोखरा स्पोट्र्स टुरिज्म कन्क्लेभ कार्यक्रममा मन्त्री शेरचनले खेलकुद तथा पर्यटन व्यवसायीसँग यस विषयमा एकिकृत सुझाव पेश गर्न आग्रह गर्नु भएको हो । https://www.youtube.com/watch?v=Yn4OAbWBQnU&t=231s मन्त्री शेरचनले ढोरपाटनमा घोडा दौड, स्की खेलको उत्कृष्ट सम्भावना र मुस्ताङमा रहेको गल्फ कोर्षको लागि आवश्यक… पुरा पढौ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला, बरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापती, ऐनकुमार साई र केदार पौडेल विजयी

पोखरा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित हुनु भएको छ । महासंघको पोखरा इभेन्ट सेन्टरमा ४ दिनसम्म चलेको सातौं महाधिवेशन अन्तर्गत बुधबार भएको निर्वाचनमा प्रतिष्पर्धी हरिशरण केसीलाई ५ सय ६६ मतान्तरले पराजित गर्दै सिटौला अध्यक्षमा बिजयी हुनु भएको हो । सीटौलाले १ हजार ३० मत प्राप्त गर्दा उहाँका प्रतिष्पर्धी केसीले ४६४ मत प्राप्त गर्नुभयो । महासंघको बरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापतीले ८२६, ऐनकुमार साईले ७४९ र केदार पौडेलले ५ सय ७९ मत ल्याएर बिजयी हुनु भयो ।… पुरा पढौ

१० औं रारा पोखरा स्पोर्टस् अवार्डमा सर्वोत्कृष्ट वर्ष पुरुष खेलाडी को बन्लारु

पोखरा, पोखराको खेलकुद इतिहासमा एउटा प्रतिष्ठित पहिचान बनाइसकेको ‘दशौं रारा पोखरा स्पोर्टस् अवार्ड’ केवल पुरस्कार वितरण कार्यक्रम मात्र होइन, यो नेपाली खेलकुदको संघर्ष, समर्पण र सफलताको उत्सव पनि हो । वर्षभरि आफ्नो खेलमार्फत देश र प्रदेशको गौरव बढाउने खेलाडी, प्रशिक्षक र खेल व्यक्तित्वहरूको सम्मान गर्दै आएको यो अवार्डले हरेक वर्ष नयाँ प्रेरणादायी कथाहरू उजागर गर्दै आएको छ । यसपटक पनि विभिन्न विधाका उत्कृष्ट खेलाडीहरू आफ्नो अथक मेहनत, अनुशासन र उपलब्धिका कारण चर्चामा छन् । भलिबल कोर्टमा नेतृत्व र उत्कृष्ट प्रदर्शनमार्फत… पुरा पढौ

स्पोट्र्स अवार्डको रौनकसँगै गण्डकीमा जुर्मुराउँदो खेल पर्यटन

पोखरा, ३० वैशाख, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १० औं रारा पोखरा स्पोर्ट्स अवार्डको पूर्व सन्ध्यामा गण्डकीमा खेल पर्यटनको चर्चा सुरु गरिएको छ । मञ्चले बुधबार ‘पोखरा पर्यटन खेलकुद सम्मेलन’ विषयक सत्र सञ्चालन गरी गण्डकी प्रदेशमा खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त सम्भावना भए पनि राज्यको स्पष्ट नीति र लगानीको अभाव रहेको विषयमा छलफल गरिएको छ । उक्त सत्रमा पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, स्काई डाइभ पाइलट यशोदा केसी थापा, प्रदेश खेलकुद परिषद्, गण्डकीका… पुरा पढौ

पोखरा महागनर लेखा समितिले भन्यो, निजी विद्यालयलको मनपरी

पोखरा, बैशाख २९, पोखरा महानगरपालिका भित्र रहेका निजी विद्यालयहरुले विद्यार्थीहरुसंग लिएको शुल्क र छात्रबृत्ति प्र्रदानका विषयमा पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिले गम्भीर चासो ब्यक्त गरेको छ । बैठकले छात्रवृत्ति, भर्ना, वार्षिक शुल्क, विद्यालय संचालन मितिका विषयमा गम्भीर चासो ब्यक्त गरेको हो । पोखरामा संचालनमा रहेका निजी विद्यालयले विद्यार्थीहरुसंग मनपरी रुपमा भर्ना र वार्षिक शुल्क लिएको गुनासो आएको भन्दै गम्भीर चासो ब्यक्त गरेको हो । लेखा समितिका संयोजक झपटबहादुर रानाभाटको अध्यक्षतामा बसेको बैठकले निजी क्षेत्रले नर्सरीदेखि १२ कक्षासम्म प्रदान गर्ने छात्रबृत्ति,… पुरा पढौ

कास्कीका कुन कुन बिद्यालयले ४ जिपिए ल्याए ! , कास्कीमा ८१.७५ प्रतिशत उत्तीर्ण, ६५ विद्यार्थीले ल्याए ४.० जिपिए, एकै बिद्यायका १२ जनाले ल्याए ४.० जिपिए

दीननाथ बराल,पोखरा, २९ वैशाख, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८२ मा कास्कीबाट ८१.७५ प्रतिशत उत्र्तीण हुनु भएको छ । जिल्लामा कुल सहभागी विद्यार्थी मध्ये ८१.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले पोखरा क्लिकलाई जनाएको छ । १८.२५ प्रतिशत बिद्याथी भने नन् ग्रेडेड भएका छन् । कास्कीमा यस बर्ष ९ हजार ७ सय ५ जना र प्राविधिक धार तर्फ १ सय ८४ जना विद्यार्थी एसईई परीक्षामा सहभागि हुनु भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका… पुरा पढौ

पत्रकारितामा मल्टिमिडिया र एआई प्रयोगबारे तालिम सकियो

पोखरा, २९ वैशाख, नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आईतबारदेखि सुरु भएको पत्रकारितामा मल्टिमिडिया तथा एआई सम्बन्धी तालिम सकिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा र नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जाल (निमजिन) को प्राविधिक सहयोगमा भएको तालिम मंगलबार सकिएको हो । तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ७५ जना पत्रकारहरु सहभागी थिए । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई नेपाल पत्रकार महासंघ, कास्कीका पूर्व अध्यक्ष प्रेस स्वतन्त्र सेनानी माधव शर्माले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी शर्माले अहिलेको समय एआई र मल्टिमिडियाको भएको उल्लेख… पुरा पढौ