समाज

कास्कीमा यस वर्षको एसइई नतिजामा पनि सामुदायिकतर्फ बालमन्दिर र संस्थागततर्फ गण्डकी बोर्डिङ उत्कृष्ट

पोखरा, माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८२ को नतिजामा कास्कीको बालमन्दिर माध्यमिक विद्यालय तथा संस्थागततर्फ लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कुल जिल्ला प्रथम बन्न सफल भएका छन् । गत वर्षको उत्कृष्ट नतिजालाई निरन्तरता दिँदै सामुदायिकतर्फ पोखरा ३ नदीपुरस्थित बालमन्दिर माध्यमिक विद्यालय तथा संस्थागततर्फ लामाचौरको गण्डकी बोर्डिङ स्कुल जिल्ला प्रथम हुन सफल भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले जनाएको छ । कम्तीमा ५० जना विद्यार्थी सहभागी भएका विद्यालयको औसत जिपिएलाई आधार मानेर नतिजा विश्लेषण गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका… पुरा पढौ

जेठ २० मा कास्कीको घान्द्रुकमा अन्नपूर्ण म्याराथन, तयारी तिव्र; ६ देशका धावक सहभागी हुदै

दीननाथ बराल,कास्की, ६ पोखरा, अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा यही जेठ २० गते कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण म्याराथनको छैटौँ संस्करण हुने भएको छ । आज(बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा म्याराथन संयोजक तथा समितिका अध्यक्ष ललित गुरुङले प्रतियोगिताको सम्पूर्ण तयारीको बारेमा जानकारी गराए । अध्यक्ष गुरुङका अनुसार यो प्रतियोगिता सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा अन्नपूर्ण प्रथम हिमाल सफल आरोहणको ७६औँ वर्षगाँठको अवसरमा आयोजना हुँदैछ । प्रतियोगिताको मुख्य उद्देश्य अन्नपूर्ण हिमाल पदयात्रा मार्गको पूर्वाधार विकास र… पुरा पढौ

स्क्वायर मोटर्स प्रालिले एकै दिन १०० स्कुटर ग्राहकलाई हस्तान्तरण

पोखरा, पछिल्लो समयमा इन्धनको मुल्य वृद्धि भएसँगै विद्युतीय सवारीप्रति आकर्षण बढेको छ । पोखरामा टिभिएसको इलेक्ट्रिक स्कुटर ‘आइक्युब’प्रति ग्राहकको आकर्षण बढेको कम्पनीहरुले जनाएका छन् । इलेक्ट्रिक आइक्युब वातावरणमैत्री समेत रहेपछि सर्वसाधारणले मन पराएको ग्राहकहरु बताउछन् । पोखराका टिभिएसका लागि आधिकारिक बिक्रेता स्क्वायर मोटर्स प्रालिले एकै दिन १०० स्कुटर ग्राहकलाई हस्तान्तरण गरेको छ । स्क्वायर मोटर्सका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले ग्राहकलाई स्कुटरको चावी हस्तान्तरण गर्नुभयो । उहाँले वातावरणमैत्री ईभी स्कुटरप्रति आकर्षण बढेको बताउनुभयो । नेपालमा अटोमोटिभ क्षेत्रमा विद्युतीय सवारीको प्रयोग बढ्दो… पुरा पढौ

तेस्रो तरबुजा मेलामा १० लाखको कारोबार, उत्कृष्ट किसान रमेश आचार्य पुरस्कृत (भिडियो सहित)

दीननाथ बराल, पोखरा, ५ जेठ, पोखरा महानगरपालिका वडा नम्बर १३ मा मंगलबार आयोजित तेस्रो “तरबुजा मेला २०८३” मा करिब १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन र किसानलाई प्रत्यक्ष बजार उपलब्ध गराउने उद्देश्यले आयोजित मेलामा उपभोक्ताको उल्लेख्य सहभागिता रहेको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखराक्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=8yHmTH1o40o&t=86s मेलामा करिब २० हजार केजी तरबुजा बिक्री भएको उहाँले जनाउनु भयो । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा र पोखरा वडा नम्बर १३ को आयोजनामा… पुरा पढौ

पोखराबाट भारतसम्म पहिलो सिधा मेडिकल चार्टर उडान

दीननाथ बराल, पोखरा ५, जेठ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक भारततर्फ सिधा मेडिकल रेस्क्यू चार्टर उडान भएको छ । श्री एयरलायन्सको डोमेस्टिक विमानले आज दिउँसो ३ः०९ बजे भारतको भोपालस्थित राजा भोज अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले बताउनु भयो । मुक्तिनाथ तीर्थयात्राका क्रममा गम्भीर बिरामी परेका भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई थप उपचारका लागि विशेष मेडिकल चार्टरमार्फत भारत पठाइएको उहाँले जनाउनु भयो । “पोखराबाट भारतसम्म डोमेस्टिक विमानमार्फत गरिएको अन्तर्राष्ट्रिय हवाई उडान पहिलोपटक हो,” प्रवक्ता सुवेदीले भन्नुभयो… पुरा पढौ

गण्डकी प्रदेश सभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने

दीननाथ बराल,पोखरा ५, जेठ, गण्डकी प्रदेश सभाको अधिवेशन यही जेठ ११ गते सोमबारदेखि सुरु हुने भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१०) बमोजिम गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश प्रमुख भट्टद्वारा जारी विज्ञप्तिअनुसार प्रदेश सभाको अधिवेशन जेठ ११ गते सोमबार अपराह्न २ः०० बजेबाट सुरु हुने उल्लेख गर्नु भएको छ । प्रदेश प्रमुखको कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उक्त अधिवेशन सम्बन्धित सबैको जानकारीका लागि आह्वान गरिएको हो । गण्डकी प्रदेश… पुरा पढौ

पोखरामा मंगलबार तेस्रो संस्करणको ‘तरबुजा मेला २०८३’ हुने, स्थानिय तरबुजा प्रति केजी ५५ मा उपलब्ध हुदै

दीननाथ बराल,पोखरा ४, जेठ, पोखरामा भोलि (मंगलबार) तेस्रो संस्करणको ‘तरबुजा मेला २०८३’ हुने भएको छ । कृषि उत्पादनसँगै कृषि पर्यटनलाई जोड्ने उद्देश्यले मंगलबार पोखरामा पोखरा १३ को वडा कार्यालय परिसरमा तरबुजा मेला हुने भएको पोखरा महानगरले पोखराक्लिकलाई जनाएको छ । वडास्तरीय कृषि सञ्जाल पोखरा १३ को व्यवस्थापन र पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नम्बर १३ र महानगरको कृषि विकास महाशाखाको आयोजनामा उक्त मेला र तरबुजाको प्रर्दशनी सहित केही सहुलियत दरमा प्रतिकजी ५५ रुपैयामा तरबुजा बिक्रि गरीने भएको पोखरा महानगरपालिकाका आर्थिक… पुरा पढौ

पोखराको अमरसिंह माविको जग्गामा व्यवसायीले आफैँ टहरा भत्काउन थाले

दीननाथ बरालपोखरा ४, जेठ, पोखराको अमरसिंह चोकस्थित अमरसिंह नमुना माध्यमिक विद्यालयको जग्गामा ५१ जना व्यवसायीले संचालन गर्दै आएका व्यवसायीक स्टल सहितका टहराहरू आफैँ भत्काउन थालेका छन् । विद्यालयले नयाँ व्यावसायिक भवन निर्माण गर्ने निर्णय गरेसँगै पुराना टहराहरू हटाउन सूचना जारी गरेको थियो तर व्यवसायीहरुलाई अब बन्ने नयाँ भवनमा सटरहरु पहिलाकै व्यवसायीहरुले चाहेको खण्डमा दिने आश्वासन पाएसंगै व्यवसायीहरुले मार्ग प्रसस्त गर्न सटरका सामानहरु आफै हटाउन थालेका हुन् । विगत ३४ बर्षदेखि एक सटर भाडामा लियर मिठाई पसल संचालन गर्नु भएको गोपा… पुरा पढौ

एनटिएचएमसीमा ‘ट्रेन द ट्रेनर’ ५ दिने विशेष तालिम सुरु  

पोखरा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन र यहाँको मौलिक हस्पिटालिटी (आतिथ्यता) लाई जोगाइराख्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ । पाेखरा छिनेडाँडामा रहेकाे नेपालकाे पहिलाे हाेटलम्यानेजमेन्ट कलेज एनटिएचएमसीमा आयोजित होटल व्यवसायी तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूका लागि ‘पाँच दिने विशेष ‘ट्रेन द ट्रेनर’ (Train the Trainer) विषयक ५ दिने विशेष तालिमकाे प्रमुख अतिथि रहन् भएका मेयर आचार्यले यस्तो बताउनुभएको हो । मेयर आचार्यले पोखराको पर्यटनलाई केवल परम्परागत रूपमा मात्र नभई समयसापेक्ष र व्यावसायिक ढंगले अगाडि… पुरा पढौ

स्टेप बाई स्टेप मा. बि. मा निर्वाचन

पोखरा, निर्वाचन प्रणालीका बारेमा सिक्ने सिकाउने तथा कार्यसमितिको निर्वाचन गर्ने उद्देश्यले पोखरा मासवारमा रहेको स्टेप बाई स्टेप मा. बि.मा क्रियाशील युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल, ग्रो सर्कल र एस. सी. जी. सर्कलको प्रत्यक्ष निर्वाचन गरी कार्यसमिति चयन गरिएको छ । निर्वाचन आयोगले निर्वाचनमा प्रयोग गर्ने मतपेटिका, स्वस्तिक छाप लगायतका सामाग्रीको प्रयोग गरीे चारै सर्कलको निर्वाचन गरिएको थियो । पुनर्गठित युवा रेडक्रस सर्कलको अध्यक्षमा साहान पौडेल, उपाध्यक्ष प्रिसा गौतम, सचिव कृदिका गुरुङ्ग, कोषाध्यक्ष आयुष कडेँल र जनसम्पर्क अधिकारीमा अविरल कुवँर निर्वाचित… पुरा पढौ