समाज

निजी विद्यालयलाई गैर नाफा मूलक बनाउने ऐन ल्याउन खोज्नु आफैमा विवादास्पद

पोखरा, नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा निजी तथा आवासीय विद्यालयले कास्कीमा सरोकारवालासँग वृहत् अन्तरक्रिया कार्यक्रम गरेको छ । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवासीय विद्यालयलाई गैर नाफा मूलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै देशभरका जिल्लाहरूका अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कास्कीका पनि प्याव्सन कास्की, एनप्याव्सन कास्की र हिसान कास्कीले संयुक्त रूपमा जिल्ला व्यापी वृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा बोल्ने वक्ताहरूले कम्पनीमा ऐन अन्तर्गत सम्पूर्ण दायित्व पुरा गरी सञ्चालन भएका… पुरा पढौ

लायन्स क्लब अफ पोखरा अन्नपुर्णको अध्यक्षमा पराजुली, २४ विद्यार्थीलाई छात्रवृत्ति, प्रधानाध्यापकहरुलाई सम्मान

पोखरा, लायन्स क्लब अफ पोखरा अन्नपुर्णको अध्यक्षमा सुकल्याण पराजुली चयन भएका छन् । पराजुली लायन वर्ष २०२५/२०२६ का लागि अध्यक्षमा हालै चयन भएका हुन् । निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनमा २५ औ छात्रवृत्ति वितरण सगै क्लबको पहलमा खाने पानी योजना सम्पन्न भएका ४४ विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो । निर्वाचित अध्यक्ष पराजुलीलाई क्लबका निवर्तमान लायन वर्ष २०२४/२०२५ का अध्यक्ष गणेशलाल श्रेष्ठले पद हस्तान्तरण गरेका थिए । पदभार ग्रहण पछि अध्यक्ष पराजुलीले क्लबले नेपालमा मात्र नभएर बिश्वकै लायन्सहरु माझ एक पृथक परिचय… पुरा पढौ

मन्त्री थापालाई तिजको मेला र महोत्सवमा भ्याई नभ्याई, एकै दिनमा तीन वटा तिज महोत्सवमा सहभागि

दीननाथ बराल,पोखरा, १० भदौ, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकमार थापालाई तिज पर्वको दिन मंगलबार बिहानदेखि दिन भरजसो तिज मेला तथा महोत्सवमा भ्याई नभ्याई भएको थियो । नेपाली नारीहरुको महान पर्व लक्षित गरी पोखराको लेकसाइड देखि लामाचौर तथा बाटुलेचौरमा आयोजना भएका उक्त महोत्सवमा मन्त्री नै प्रमुख अतिथिको रुपमा रहेसंगै सबै कार्यक्रममा सहभागि हुन मन्त्री थापालाई भ्याई नभ्याई भएको हो । पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ को उद्घाटन गर्दै उनी र्यालीमा समेत सहभागि भए ।… पुरा पढौ

टुँडिखेलमा तीज महोत्सव जारी,एकल नृत्य प्रतियोगिता सुरु, बुधबार छेलोहान्ने प्रतियोगिता हुने

पोखरा १० भाद्र, पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत मंगलबार एकल नृत्य प्रतियोगिता सुरु भएको छ । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा जारी महोत्सवमा एकल नृत्य प्रतियोगिता सुरु भएको हो । महोत्सव अन्र्तगत बुधबार छेलोहान्ने प्रतियोगिता हुने आयोजक केन्द्रका अध्यक्ष… पुरा पढौ

आर्वामा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा अनु समुह प्रथम

पोखरा, पोखरा महानगरपालिका वडा नं १३ आर्वामा आयोजना भएको खुल्ला तीज गीत प्रतियोगितामा अनु क्षेत्रीको समुह प्रथम भएको छ ।नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा रतन पाण्डे युवा क्लवले आयोजना गरेको १८ औं संस्करणको प्रतियोगितामा संगीता बरालको समुह द्वितीय, पुर्णिमा बराल र सीता बरालको समुह तृतीय भएको क्लवका सचिव सन्दीप वरालले जानकारी दिए। प्रतियोगितामा उत्कृष्ट भेषभुषा पुर्णिमा बरालको समुह र उत्कृष्ट नृत्य अनु क्षेत्रीको समुहले प्राप्त गर्यो। विजयी समुहलाई क्लवका अध्यक्ष विजय सुनार,वडा सदस्य रजनी परियार ,संस्थापक उपाध्यक्ष धने… पुरा पढौ

ढुंगे देउरालीलाई लामाचौर कप भलिबल उपाधि, अन्तर मावि छात्रातर्फ शान्ता विजयी

पोखरा, भदौ १० , स्याङ्जा पौवेगौडेको ढुंगे देउराली क्लबले रारा लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार फाइनलमा जिएम समाज कावासोतीलाई ३–२ सेटमा पराजित गर्दै उपाधिसहित नगद ३ लाख जितेको हो । उपविजेताले १ लाख ५० हजार प्राप्त गरेको छ । खचाखच दर्शकमाझ अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाएको भए पनि ढुंगेदेउरालीले २२–२५, २५–१८, २५–२७, २६–२४ र १५–१२ सेटले उपाधिमा कब्जा जमाउन सफल भएको हो । चौथो सेट २४–२४ को रोमाञ्चक… पुरा पढौ

तीजगीत प्रतियोगिताले मौलिक र परम्परागत भाकाहरु जीवन्त राख्न सघाउ पुग्दछः प्रदेश प्रमुख भट्ट

पोखरा, १० भदौ, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना गरेको ११ औं मालेपाटन तीज गीत प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै प्रदेश प्रमुख भट्टले पछिल्लो प्रविधियुक्त समयमा तीजको मौलिकतालाई पनि असर गरिरहेको सन्दर्भमा यस्ता प्रतियोगिताहरुको महत्व रहने उल्लेख गर्नुभयो । ‘निराहार व्रत बस्नुअघि माइत गएर खाइने दर हप्तौंअघि होटल तथा पार्टी प्यालेसहरुमा खाने प्रचलन बढ्दो छ । सुसभ्य तीज गीतहरु सुन्नै मुस्किलको… पुरा पढौ

हालसम्मकै उच्च रेकर्ड, चार दिनमा नेपालमा ११ हजार ९१६ यूनिट रक्त संकलन

नेपालमा हालसम्मकै उच्च रेकर्ड कायम गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले चार दिनमै ११ हजार ९१६ पिन्ट रगत संकलन गरेको छ। संस्थाको समाजसेवा प्रभागको आयोजनामा भदौ ६ गतेदेखि देशभरका शाखा तथा क्षेत्रीय कार्यालयमार्फत सञ्चालन गरिएको रक्तदान अभियानमा यो परिमाणमा रगत संकलन भएको हो। संस्थाका नेपाल महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बरालका अनुसार, एकैदिन अर्थात् भदौ ६ गते मात्र ५ हजार ४७ पिन्ट रगत संकलन भएको थियो, जुन नेपालको रक्तदान इतिहासमै हालसम्मकै उच्च परिमाण हो। यो रक्तदान अभियान संस्थाकी पूर्वमुख्य प्रशासिका राजयोगिनी दादी… पुरा पढौ

अखिल नेपाल खेलकुद महासंघ गण्डकीको अध्यक्षमा बलराम सुवेदी चयन

पोखरा, अखिल नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको दोस्रो सम्मेलनले बलराम सुवेदी(कास्की) को अध्यक्षतामा ४१ सदस्सीय नयाँ नेतृत्व चयन गरेको छ । त्यसै गरी समितिको उपाध्यक्षमा विष्णु बहादुर श्रेष्ठ (गोरखा), रुद्रबहादुर पुन (बाग्लुङ), सचिवमा सिद्धान्त गुर्जा मगर (तनहुँ) सह–सचिव केस बहादुर थापा र कोषाध्यक्षमा सर्मीला बास्तोला (कास्की) सर्वसम्मत चयन भएका छन । यसैगरी सदस्यहरुमा पासाङ गुरुङ, वामदेव सुबेदी, राजेश गिरी, प्रकास मल्ल, विष्णु सुवेदी,अमोद हमाल,नविन लामीछाने,हर्क बहादुर थापा,मिलन महत, सिताराम विक,विकाश अधिकारी, हिटलर थापा,पवन नेपाली,भेष बहादुर थापा,टोम बहादुर थापा,नारायण खड्का,शरण थापामगर,गणेश… पुरा पढौ

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव जारी ,ढिकि जातो प्रतियोगिता सुरु

पोखरा ९ भाद्र, पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत सोमबारदेखि ढिकि जातो प्रतियोगिता सुरु भएको छ । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा जारी महोत्सवको चौथो दिनदेखि सुरु प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभाका उप सभामुख विना कुमारी थापाले गरेकी थिईन ।… पुरा पढौ