समाज

र्‍यान्डमको अधिवेशन सम्पन्न, अध्यक्षमा दीपक पराजुली

पोखरा, भदौ १४, र्‍यान्डम रिडर्स सोसाइटीको ७ औँ अधिवेशन तथा १५ औँ साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले दीपक पराजुलीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्याक्षमा नेपालप्रकाश अधिकारी र गौरी तमू, सचिवमा ध्रुव केसी, कोषाध्यक्षमा भरत कोइराला र सहसचिवमा बाबुराम सुवेदी चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा हसिना बस्नेत, खिम लामिछाने ‘काजी’, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, निकिता भट्टराई र शङ्करमणि त्रिपाठी ९छन्दमणि० सर्वसम्मत चयन भएका छन् । केशवशरण लामिछानेको संयोजकत्वमा गनेस पौडेल… पुरा पढौ

तीज गीतमा पर्यटन व्यवसायीको पीडा

पोखरा, कपडाको थोक पसल चलाइरहेकी भगवती बानियाँ केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि लेकसाइडको आफ्नै जमिनमा होटल खोलिन् । विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेन । अपेक्षा अनुरुप पाहुना नआउँदा व्यवसाय धरासायी भएको पीडालाई उनले मंगलबार तीज भाकामार्फत प्रस्तुत गरिन् । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले लेकसाइडको बाराहीघाटमा भदौ १० र ११ मा आयोजना गरेको तेस्रो तीज सांस्कृतिक महोत्सवअन्तर्गत तीज गीत प्रतियोगितामा उनी अध्यक्ष रहेको सञ्जिवनी नारी समूह सहभागी थियो । उनले पर्यटन व्यवसायीको पीडालाई समेटेर… पुरा पढौ

मानव सेवा आश्रममा ‘इक्यान डे’

पोखरा, पोखराको हेमजामा रहेको मानव सेवा आश्रममा नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० २९ औं स्थापना दिवस ‘इक्यान डे’ मनाइएको छ । इक्यान कास्कीले शुक्रबार आश्रममा आश्रित वृद्धवृद्धालाई खाना खुवाएर स्थापना दिवस मनाएको हो । २९ वर्षअघि भदौ १३ मा औपचारिक रुपमा इक्यानको सुरुआत भएको थियो । कार्यक्रमकी प्रमुख अतिथि इक्यानकी केन्द्रीय उपाध्यक्ष गीता शिवाकोटीले देशैभरका शाखाले शुक्रबार विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको बताइन् । उनले यसपल्ट मानव सेवा आश्रममा आश्रय लिइरहेका वृद्धवृद्धाबीच स्थापना दिवस मनाउन पाएकोमा खुसी व्यक्त गरिन्… पुरा पढौ

जलवायु परिवर्तनबाट नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावितस् प्रदेश प्रमुख भट्ट

पोखरा, १३ भदौ, गण्डकीका प्रदेश प्र्रमुख डिल्लीराज भट्टले जलवायु परिवर्तनबाट नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावित भएको बताउनुभएको छ । मौसम तथा जलवायु परिवर्तन र विश्व उष्णीकरणको मारमा दक्षिण एशियाली राष्ट्र परेको उहाँको भनाई छ । कानुनी युवा मञ्च ९फ्लाई० ले आयोजना गरेको ‘दक्षिण एशियाली जलवायु न्याय फेलोशिप तथा क्याम्प २०२५’ मा बोल्दै उहाँले जलवायु परिवर्तनका असरहरुबारे विभिन्न कार्यक्रम गरेर विश्व समुदायलाई सचेत गराएपनि सोचेअनुसारको प्रगति गर्न नसकिरहेको उल्लेख गर्नुभयो । ‘जलवायु परिवर्तनको मूल कारक नेपाल जस्ता विकासोन्मुख मुलुक होइनन् तर… पुरा पढौ

पोखरामा सुरु भएको राष्ट्रिय घर निर्माण महोत्सव (फेस्ट) को पहिलो दिनमा १५ सय सहभागि

दीननाथ बराल,पोखरा १३, भदौं, पोखरामा आज (शुक्रबार) देखि सुरु भएको राष्ट्रिय घर निर्माण महोत्सव (फेस्ट) २०८२ को पहिलो दिनमा करिब एक हजार ५ सय जना सहभागि हुनु भएको छ । स्किल सेवा पोखराको आयोजनामा अमरसिंहचौरमा सुरु भएको उक्त महोत्सवको पहिलो दिनमा करिब पोखरा सहित अन्य क्षेत्रबाट १ हजार ५ सय जना सहभागि हुनु भएको आयोजकले पोखरा क्लिकलाई जनाएको छ । पहिलो पटक पोखरामा भएको उक्त महोत्सवको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गर्नु भयो । प्रतिकुल मौसमका कारण करिब दुई घण्टा… पुरा पढौ

पुम्दी–भुम्दी दोस्रो पर्वतीय दौड प्रतियोगिता सफल पार्न नमस्ते हस्पिटलको साथ, खेलाडीहरुको नाम दर्ता भदौ २५ सम्म

पोखरा, १३ भदौ, पुम्दी–भुम्दी दोस्रो पर्वतीय दौड प्रतियोगिता सफल पार्न विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ । पोखरा क्लिक प्रा.लि. र पोखरा प्रबद्र्धन केन्द्रको संयुक्त आयोजनामा आगामी असोज ४ गते हुने सो पर्वतीय दौड प्रतियोगितालाई नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., पोखराले पनि साथ दिने भएको छ । अस्पतालका मेट्रोन एलिना सिंह र प्रतियोगिता संयोजक दीननाथ बरालबीच सो प्रतियोगिताको हस्पिटल पार्टनर सम्बन्धमा सम्झौता भएको हो । सम्झौतावापत् अस्पतालले प्रतियोगिता अवधिभर एम्बुलेन्स सहित स्वास्थ्यकर्मी उपलब्ध गराउनेछ । करिब १४ वर्षअघि… पुरा पढौ

भदौ २० गतेदेखि ‘रिमै’ प्रदर्शन स् गुरुङ संस्कृतिको कथा पर्दामा

पोखरा, नेपाली सिनेमामा सांस्कृतिक मौलिकता र आदिवासी समुदायको जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण भएको चलचित्र ‘रिमै’ आगामी भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र माओत्से गुरुङको मुख्य अभिनय रहेको यस सिनेमाले गुरुङ समाजको जीवन, संस्कार र भावनालाई पर्दामा उतार्ने प्रयास गरेको बताइएको हो । सिनेमाको प्रदर्शनपूर्व शुक्रबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार तथा निर्माण पक्षले ‘रिमै’ सम्बन्धी जानकारी गराएका छन् । कार्यक्रममा कलाकार रिश्मा गुरुङ, माओत्से… पुरा पढौ

फिस्टेल एकेडेमीमा मोडेल युनाइटेड नेशन्स कार्यक्रम सुरु

पोखरा, भदौ १३, पोखरा–१७, तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी आइ।बी।वर्ल्ड स्कुलमा शुक्रबारदेखि मोडेल युनाइटेड नेशन्स कार्यक्रम सुरु भएको छ। तीन दिनसम्म चल्ने यस कार्यक्रममा देशका ११ विद्यालयका १२६ विद्यार्थी सहभागी भएका छन्। पाँच समूहमा विभाजित विद्यार्थीहरूले संयुक्त राष्ट्रसंघका विभिन्न अंग र समितिको प्रतिरूप बनाएर विश्वव्यापी विषयमा छलफल थालेका छन्। छलफलका विषयमध्ये ग्रामीण महिला तथा आदिवासी समुदायका चुनौती, इजरायल–प्यालेस्टाइन द्वन्द्व, घातक स्वचालित अस्त्र प्रणाली, शरणार्थी तथा आन्तरिक विस्थापितहरूको अधिकार र आणविक ऊर्जाको भूराजनीतिक दायरा प्रमुख रहेका छन्। कार्यक्रमको प्रारम्भिक दिन विद्यालय व्यवस्थापन… पुरा पढौ

पोखरामा शुक्रबार पहिलो पटक राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ हुने

दीननाथ बराल, पोखरा १२, भदौं, पोखरामा पहिलो पटक राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ आयोजना हुने भएको छ । स्किल सेवा पोखराको आयोजनामा यही भदौ १३ र १४ गते अमरसिंह चौरमा उक्त महोत्सव हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । घर निर्माणसँग सम्बन्धित सबै सेवा र जानकारी एउटै छत मुनि उपलब्ध गराउने अवसरको रूपमा प्रस्तुत गरिएको स्किल सेवा पोखराका समन कुवंरले बताउनु भयो । महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तु शास्त्री, नगरपालिकाका अधिकारी, विद्यार्थी र आम उपभोक्ताहरुको… पुरा पढौ

पोखरामा पातञ्जल योग समिति नेपालको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबार देखि सुरु हुदै

पोखरा, भदौ १२, शुन्दर नगरी पोखरामा पातञ्जल योग समिति नेपालको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबार देखि सुरु हुने भएको छ । २०७५ असोज १५ गते स्थापना भएको उक्त संस्थाको पोखरामा यही भदौ १३ र १४ गते महाधिवेशन हुने तयारी गरिएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पोखरा–११ रानीपौवास्थित रन्जित इभेन्ट सेन्टरमा चौथो राष्ट्रिय महाधिवेशन हुने भएको छ भने उक्त अधिवेशनको उद्घाटन हुनु पूर्व पोखरामा प्रभात फेरीको आयोजना हुने भएको केन्द्रिय सदस्य सपना गुरुङले पोखराक्लिकलाई बताउनु भयो ।महाधिवेशनको अवसरमा… पुरा पढौ