समाज

सर्वेश्वर मार्ग, पराजुली मार्गका व्यवसायीलाई कर तथा वित्तीय साक्षरता अभिमुखीकरण

पोखरा, भदौ १४, पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र पराजुली मार्गका व्यवसायीहरुलाई शनिबार कर तथा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण गरिएको छ । पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिले कर कार्यालय पोखरा र ग्लोवल आईएमई बैंकसँगको सहकार्यमा कर तथा वित्तीय कारोबार सम्बन्धी डिजिटल साक्षरता सम्बन्धी अभिमुखीकरण गरेको हो । अभिमुखीकरणमा सहभागी व्यवसायीहरुलाई कर कार्यालय पोखराका कर अधिकृत सोनु काफ्लेले करको विषयमा सहजीकरण गरेका थिए । उनले समयमै करको विवरण राखेर कर… पुरा पढौ

तेस्रो इन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गण्डकी बोर्डिङ स्कुललाई

भदौ १४, पोखरा, पोखरा साङ्गीतिक कलाकार सङ्घ नेपालको आयोजनामा भएको तेस्रो संस्करणको इन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गण्डकी बोर्डिङ स्कुलले जितेको छ । पोखरा सभागृह हलमा भदौ १३ र १४ गते दुई दिनसम्म भएको प्रतियोगितामा अब्बल बन्दै उपाधि चुमेको गण्डकीले नगद एक लाख सहित ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । उत्कृष्ट भएको गण्डकीले वेस्ट भोकल, वेस्ट ड्रमर र बेस गिटारवादकको विधागत पुरस्कार समेत हात पार्न सफल भयो । प्रतियोगितामा प्रतिभा मावि ‘ए’ द्वितीय र डाइमन्ड बोर्डिङ स्कुल तृतीय… पुरा पढौ

१८ औं पुस्तकालय दिवसका अवसरमा कार्यक्रम

पोखरा, १४ भदौ, पोखरा महानगरपालिका वडा नं २९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयले १८ औं पुस्तकालय दिवसका अवसरमा आज प्रभातफेरी सहित भानुुभक्तकृत रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको छ । पुस्तकालयबाट सुरु गरिएको प्रभातफेरीमा पुस्तकालयका अध्येता, सामाजिक अभियन्ता राजनीतिकर्मी आदिको सहभागिता थियो । प्रभातफेरी पछि आयोजित सभामा गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले पठन संस्कृतिको जगेर्नाका लागि पुस्तकालय अपरिहार्य भएको बताउनुुभयो । पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले सामाजिक सचेतनासँगै जागरणको सेतुका रुपमा पुस्तकालय भएको बताउनुुभयो । अध्यक्ष भण्डारीको सभापतित्व एवम् कार्यक्रम संयोजक विष्णुुहरि… पुरा पढौ

नेपाल भारत मैत्री संघको पाँचौं अधिवेशनबाट नयाँ नेतृत्व

पोखरा, १४ भदौ, नेपाल भारत मैत्री संघ कास्की शाखाको मैत्री सभा तथा पाँचौं अधिवेशनले जयराम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिका सदस्यहरूमा धर्मराज आचार्य, मनिका थापा, प्रेमप्रसाद बराल, हरिप्रसाद खनाल, प्रा.डा.अर्जुन आचार्य, उदयकान्त तिवारी, खेमबहादुर गुुरुङ, बसन्तराज आचार्य, सुमन गुप्ता, मीरा आचार्य, कृष्णप्रसाद पौडेल र गिरीराज गौतम रहनुुभएको छ । निवर्तमान अध्यक्ष सह प्रा.डा.बीरबहादुर कार्की रहनुुभएको छ । यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका समाजिक विकास मन्त्री विन्दुुकुमार थापाले नेपाल र भारतबीचको सम्बन्धलाई प्रगाढ बनाउन… पुरा पढौ

काफ्लेलाई ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’

पोखरा, नेपाल एसोसियसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको भोलि हुने ३० औं वार्षिक साधारण सभामा होलिडे एडभेन्चर टुर्स एन्ड ट्राभल्सका म्यानेजर चिरञ्जीवि काफ्लेलाई ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’ प्रदान गरिने भएको छ। उनी दश हजार रुपैयाँ नगद, प्रमाणपत्र र दोसल्लाबाट सम्मानित हुनेछन्। नाट्टा गण्डकीका पूर्व अध्यक्ष सञ्जयकान्त सिग्देलले आफ्नी ममतामयी माता मनोहराको स्मृतिमा स्थापना गरेको एक लाख एघार हजार रुपैयाँको अक्षय कोषबाट वर्षेनी नाट्टा गण्डकीका सदस्य कम्पनीहरू मध्ये सबैभन्दा पुराना एक जना कर्मचारीलाई पुरस्कृत गरिन्छ। नाट्टा गण्डकीका द्धितिय… पुरा पढौ

कुमुदिनी होम्समा अभिभावक शिक्षक अभिमुखिकरण कार्यक्रम

पोखरा, पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शनिवार आधारभूत तहमा ९६ (८ ० अध्ययनरत विद्यार्थीका अभिभावकहरूलाई ुकिशोरावस्थामा प्रवेश गरेका बालबालिकामा सामाजिक( संवेगात्मक विकासु का सम्बन्धमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भाव काठमाडौंका को ( फाउण्डर तथा मनोवैज्ञानिक द्वोय प्रशान्त श्रेष्ठ र चाँदनी घिमिरेले अभिभावकहरूलाई सामाजिक भावनात्मक आवश्यकताका विभिन्न पक्षहरू स्वतन्त्रता , भावनात्मक सुरक्षा र मान्यता , प्रोत्साहन र स्वतन्त्रता तर मार्गदर्शन सहितको विभिन्न पक्षमा प्रशिक्षित गराएका थिए । यस उमेरका विद्यार्थीमा आउने हरेक किसिमको भावनाको मापन… पुरा पढौ

समाव विज्ञान केन्द्रको कचहरीसंघीयता अपरिहार्य तर अस्थिरताले कमजोर

पोखरा, १४ भदौ, संविधानसभाबाट प्राप्त संघीयताको अभ्यास एक दशक पुगेको सन्दर्भमा समाज विज्ञान केन्द्र, पोखराले आयोजना गरेको कचहरीमा वक्ताहरूले संघीयता अपरिहार्य भए पनि यसको कार्यान्वयनमा राजनीतिक अस्थिरता, कानुनी अस्पष्टता र नेतृत्वको कार्यशैली प्रमुख अवरोधक बनेको निष्कर्ष प्रस्तुत गरे । परामर्शदाता रमेश अधिकारीले आधारपत्र प्रस्तुत गर्दै संघीयता समावेशिता, शक्ति विकेन्द्रीकरण र नागरिक अधिकार सुनिश्चितताका लागि ल्याइए पनि अझै ४० भन्दा बढी कानुन निर्माण हुन बाँकी रहेको, अधिकार टकराव, कर संकलनमा अस्पष्टता र प्रदेश–नगरपालिका संघीय हस्तान्तरणमै निर्भर रहेको बताए । उनले २०६३… पुरा पढौ

पूर्व उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठ सम्मानित

हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्र, नारायणस्थानमा आयोजित हिमालयन सिद्ध महायोग ध्यानसाधना एवं चतुर्मास व्रत अनुष्ठान–२०८२ को पावन अवसरमा नेपाल सरकारका पूर्व उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई विशेष सम्मान गरिएको छ। लक्ष्मीनारायण मन्दिर परिसरको हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रको भवनमा सम्पन्न भव्य समारोहमा अनन्त विभूषित श्रीमज्जगतगुरु श्री रामानन्दाचार्य स्वामी रामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको पावन सत्सङ्कल्पअनुसार श्रेष्ठलाई सम्मानपत्र, माला र दोसल्ला अर्पण गरी अभिनन्दन गरिएको थियो। कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै श्रेष्ठले नेपालको… पुरा पढौ

ट्रक व्यवसायीले ढुवानी मात्र नभएर देशकै अर्थतन्त्र चलायमान गराएका छन् ः मन्त्री केसी

पोखरा, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले ट्रक व्यवसायीले मालसामान ढुवानी मात्र नभएर देशकै अर्थतन्त्र चलायामान गराएको बताएका छन् । शनिबार गण्डकी ट्रक यातायात व्यवसायी संघको ४८ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री केसीले निजी क्षेत्र देशको अर्थतन्त्रको खम्बाको रुपमा रहेको समेत उल्लेख गरे । उनले बीमा दावी प्रक्रिया कठिन हुनु, समयानुकूल नीति नहुनु, दक्ष चालकको कमी, सडकको खराब अवस्था, भारतीय ट्रकहरूसँग प्रतिस्पर्धा लगायतका व्यवसायीका समस्याका बारेमा आफू जानकार… पुरा पढौ

हाम्रो बहुउद्देश्यीय सहकारीको २६ औं साधारण सभा, ढुक्क भएर बचत गर्न सदस्यहरुलाई आग्रह

पोखरा, १४ भदौ पोखरा महानगर पालिका वडा नं ८ न्युरोडमा स्थित हाम्रो बहुउद्देयीय सहकारी लि। को छविसौ बार्षिक साधारण सभा एवमं अठ्ठाइसौ साधारण सभा शनिबार समपन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवंम शेयर सदस्य विष्णु प्रसाद कडेलले उद्घाटन गदै सहकारीले वित्तिय अनुसासनमा रहेर काम गर्दै आएकाले कुनै शंका नगरी आर्थिक कारोबार गर्न शेयर सदस्यहरुलाई आग्रह गरे । उनले संस्थाले बचतकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा सुझाब दिए दिएका छन् । सल्लाहकार तथा पूर्व अध्यक्ष युवराज त्रिपाठीले संस्थाले विगत गरेको… पुरा पढौ