समाज

शुक्रबारदेखि आठौं इक्यान एजुकेसन फेयर पोखरामा हुने, लक्की ड्र मार्फत ल्यापटप, ट्याब, मोबाइल, लगायत आकर्षक उपहार

पोखरा, १९ भदौ, नेपाल शैक्षिक परामर्श संघ (इक्यानं) कास्की शाखाले शुक्रबार देखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ हुने भएको छ । शनिबारसम्म चल्ने उक्त मेलाको समपूर्ण तयारी पूरा भएको संघले जनाएको छ । टाइम्स एजुकेसनल कन्सल्टेन्सी प्रालिले मुख्य प्रायोजनमा पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्वेटमा हुने मेलाको शुक्रबार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नेछन् । लामो समयदेखि आयोजना हुन नसकेको गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेला यस वर्ष नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक… पुरा पढौ

गण्डकी प्रदेशमा सातौं र आठौं तहका कर्मचारीका लागि सेवा कालीन तालिम सुरु

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका कर्मचारीहरूका लागि ३० कार्यदिने सेवाकालीन तालिम सुरु भएको छ। कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अधिकारीले तालिमको उचित सदुपयोग गरि कार्यसम्पादनमा सुधार ल्याउन सहभागीहरुलाई उत्प्रेरित गर्दै कानुन कार्यान्वयनमा कर्मचारीको भूमिका मुख्य रहने औल्याउदै असल व्यवस्थापक बनेर सेवा प्रवाह गर्न यसप्रकारका तालीमहरु फलदायी हुने विस्वास ब्यक्त गरेका थिए । प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीको अध्यक्षतामा… पुरा पढौ

लायन्स पोखरा फिस्टेल सिटिको सहारा विद्यालयमा सहयोग

पोखरा, पोखरा बसपर्क शिवटोलमा रहेको सहारा बाल आधारभूत विद्यालयमा लायन्स क्लब पोखरा फिस्टेल सिटि स्टारले १ थान सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरेको छ । विद्यालयका निवर्तमान संयोजक तथा वडा नं ९ का जनप्रतिनिधि नन्दराम गिरिको समन्वयमा लायन ठाकुर प्रसाद अधिकारीमार्फत उक्त कार्यक्रम आयोजना भएको थियो । सोहि क्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रतिवद्दता गरेअनुसार विद्यालयलाई रु।१ लाख रुपैँयाको आफ्नो स्वर्गीय छोरा देवेन्द्र थापाको स्मृतिमा अक्षयकोष मार्फत छात्रबृत्ति प्रयोजनका लागि चेक प्राप्‍त भएको विद्यालयका… पुरा पढौ

एभरेष्ट महिला भलिबल लिगको ट्रफी पोखरामा अनावरण

दीननाथ बराल,पोखरा १८, भदौं, एभरेष्ट महिला भलिबल लिगको ट्रफी पोखरामा अनावरण गरिएको छ । यही भदौ २० देखि २८ गते सम्म पोखरामा नै हुन लागेको उक्त प्रतियोगिताको पूर्व अवसरमा पोखराको होम टिम पोखरा निन्जाजले ट्रफी अनावरण संगै ट्रफी टुर कार्यक्रम आयोजना गरेको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ट्रफी अनावरण गर्दै पोखरामा भलिबल खेलको धेरै क्रेज र सम्भावना रहेको बताउनु भयो । उक्त खेलले भलिवल खेलको विकाससंगै महिला सशक्तीकरणमा यसले उल्लेखनीय योगदान पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । मेयर… पुरा पढौ

पोखरामा दोस्रो नेपाल खुला स्नूकर प्रतियोगिता जारी

दीननाथ बराल,पोखरा १८, भदौ, पर्यटनको राजधानी पोखरामा दोस्रो संस्करणका नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ जारी रहेको छ । प्रतियोगिताको आज बुधबार दोश्रो दिन पहिलो चरणका केही खेल सम्पन्न भएकाछन् । बुधबारको खेलमा मनेश महर्जन (ब्रेक प्वाइन्ट) ले अशोक पुन (पोखरा) लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्नुभयो । कमल लामा (रातो त्रिकोण) ले सुरज सुनार (देविज–पोखरा) लाई हपराजित गर्दा सुरेश राना मगर (बगरकोट) ले सन्तोष धिताल (हेटौंडा) लाई पन्छाउनु भयो । अर्को खेलमा पुरुषोत्तम द्योला (ब्रेक प्वाइन्ट) ले सुरेन्द्र खड्का –चाउथे,पोखरा)… पुरा पढौ

प्रधान सेनापति ट्रफी–२०८२ अन्तरगत पोखरामा बक्सिड्ग प्रतियोगिता सम्पन्न

दीननाथ बराल,पोखरा १८, भदौं, नेपाली सेनाले आयोजना गर्दै आएको प्रधान सेनापति ट्रफी–२०८२ अन्तरगत पोखरामा बक्सिड्ग प्रतियोगिता सम्पन्न भएको छ ।पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा मंगलबार सम्पन्न भएको प्रतियोगितबाट ४ स्वर्ण १ रजत र ३ कास्य पदक प्राप्त गरी नं १६ बाहिनीले प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यसै गरी प्रतियोगितामा २ स्वर्ण ४ रजत र ३ कास्य पदक प्राप्त गरी नं उपत्यका पृतनाले दोश्रो स्थान हासिल गर्न सफल भयो भने २ स्वर्ण ३ रजत र ४ कास्य पदक… पुरा पढौ

छात्रतर्फ सेमिफाइनल समिकरण पुरा, छात्रातर्फ भोलि लिगको अन्तिम खेल

पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ सेमीफाइनल समिकरण सकिएको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु१४ विद्यालयस्तरीय छात्र÷छात्रा फुटबलको छात्रतर्फ शिशु कल्याण, शैनिक आवासिय, सोसल पब्लिक र गण्डकी बोर्डिङ सेमिफाइनलमा प्रवेश गरेको हो । बुधबार भएको क्वाटरफाइनल खेलमा शिशु कल्याण माविले फिस्टेल एकेडेमीलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । शिशुकल्याणको जितमा विक्रम गुरुङले ह्याट्रिक गर्दै नायक बने । उनी खेलको प्लेयर अफ दि म्याच घोषित भए । यस्तै सुमन घर्ति… पुरा पढौ

पोखरामा पहिलो पटक आर्म रेस्लिङ्ग प्रतियोगिता हुने, भदौं २० गतेबाट सुरु हुने प्रतियोगिताकोे विजेतालाई १ लाख पुरस्कार

दीननाथ बराल, पोखरा, १८ भदौ, पोखरामा पहिलोे पटक आयोजना हुने आर्म रेस्लिङ्ग प्रतियोगिताको विजेताले एक लाख पुरस्कार प्राप्त गर्ने भएको छ । आर्म रेस्लिङ्ग संघ, कास्कीले पटक प्रथम पोखरा राष्ट्रिय आर्म रेस्लिङ्ग प्रतियोगिता–२०८२ गर्न लागेको प्रतियोगिताका संयोजक खली थापाले पोखराक्लिकलाई बताउनु भयो । पोखरा लेकसाइडमा रहेको आइभिवाई क्लवमा यही भदौं २० र २१ गते उक्त प्रतियोगिता संचालन हुने उहाँले बताउनु भयो । चार वटा तौल समुहमा प्रतिष्प्रर्धा गराइने भएको छ । ६० केजी तौल समुह मुनि, ७० केजी मुनि, ८०… पुरा पढौ

कालिका माविको अध्यक्षमा मोहन थापा

पोखरा, भदौ १८, पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोहनबहादुर थापा सर्वसम्मत चयन भएका छन् । गत भदौ ६ गते निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षता, शिक्षा महाशाखाका शाखा अधिकृत रामप्रसाद तिवारीको प्रमुख आतिथ्य र वडा सदस्य दुर्गादेवी केसी थापाको विशेष उपस्थितिमा सम्पन्न अभिभावक भेला र वडा शिक्षा समितिबाट मनोनित भई आएका सदस्यहरूको बुधवार सम्पन्न बैठकबाट थापा सर्वसम्मत चयन अध्यक्ष भएका हुन् । समितिका सदस्यहरूमा खिमबहादुर खत्री, कृष्णकुमार श्रेष्ठ, ज्योति गुरुङ, अस्मिता नेपाली र सीता विक… पुरा पढौ

पोखराबाट भुटानका लागि असोज १२ गते देखि चार्टर्ड फ्लाइट सुरु हुने (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १८ भदौ, पर्यटनको राजधानि पोखराबाट भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि भुटान एयरलाइन्सले आउँदो असोज १२ गते (सेप्टेमबर २८ तारिख) देखि चार्टर्ड फ्लाइट सुरु गर्ने भएको छ । युनिभर्सल टुर्स एन्ड ट्राभल्स (युटिटि) को पहलमा पहिलो चरणमा ४ वटा उडान हुने जानकारी मंगलबार साँझ पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गराइएको हो । https://www.youtube.com/watch?v=VWdHLb_VJIE युटिटिका कार्यवाहक अध्यक्ष परासर प्रसाईले आफ्नो ५० वर्ष पुरानो कम्पनीले पोखराको पर्यटन सम्भावना देखेर सुरुमा ४ उडान गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले माग र व्यवसायीको… पुरा पढौ