
पोखरा,
पोखरा बसपर्क शिवटोलमा रहेको सहारा बाल आधारभूत विद्यालयमा लायन्स क्लब पोखरा फिस्टेल सिटि स्टारले १ थान सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरेको छ । विद्यालयका निवर्तमान संयोजक तथा वडा नं ९ का जनप्रतिनिधि नन्दराम गिरिको समन्वयमा लायन ठाकुर प्रसाद अधिकारीमार्फत उक्त कार्यक्रम आयोजना भएको थियो ।
सोहि क्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रतिवद्दता गरेअनुसार विद्यालयलाई रु।१ लाख रुपैँयाको आफ्नो स्वर्गीय छोरा देवेन्द्र थापाको स्मृतिमा अक्षयकोष मार्फत छात्रबृत्ति प्रयोजनका लागि चेक प्राप्त भएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले बताए।त्यसैगरि, समाजसेवी ताथा बाबा फाउणडेसनका संस्थापक दिलिप राज श्रेष्ठ मार्फत बालबालिका तथा पर्यावरणको क्षेत्रमा कार्य गर्ने बाबा फाउण्डेसनले उक्त कार्यक्रमा ४ थान डस्टविन सौजन्य स्वरुप प्रदान गरेको थियो ।
कार्यक्रममा वोल्दै विद्यालयका अध्यक्ष विक्रम थकालीले प्रदान गरिएको सामाग्री सहि रुपमा प्रयोग गर्ने आशा व्यक्त गर्दै अक्षयकोष दाता मन्त्री विन्दु कुमार थापा सहित सयोगदाताहरुलाई धन्यवाद व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथी पोखरा वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले हरेको क्षेत्रमा स्थानीय तह सहयोग र सहकार्य गर्न तत्पर हुने पर्ने बताउँदै सहयोगी दाताहरुलाई यहाँहरुको सहयोगमा वडाले पनि आवश्यक अवस्थामा सहकर्य गर्न सदैत तत्पर रहेको बताए ।
लायन्स क्लब फिस्टेल सिटि स्टारका प्रमुख सवनम अधिकारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गोपाल बहादुर अधिकारी, लायन्स फस्ट लेडि विष्णु बराल त्यसैगरी पूर्व जनप्रतिनिधी किशोर बरालले कार्यक्रममा मन्तव्य राखेका थिए । द्दद्धण् विद्यार्थी अध्ययन गर्ने विद्यालय कक्षा नर्सरी देखि ड सम्म सञ्चालित रहेको छ । सो क्लबका सचिव लायन सविता शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराल, विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी, व्यवस्थापन समितिका पदाधिकारी, सल्लाहकारहरु, लायन्स क्लब फिस्टेल सिटि स्टारका पदाधिकारीहरु, शिक्षक, विद्यार्थीहरु लगाएत अभिभावकहरुको उपस्थिति रहेको थियो ।





