समाज

पोखरामा सोमबार धुमधामका साथ छठ पर्व मनाउने तयारी

दीननाथ बराल, पोखरा, ९ कार्तिक, पोखरामा भोलि (आइतबार) छठ पर्व धुमधामका साथ मनाइने तयारी गरिएकोे छ । तराई–मधेश समुदायका श्रद्धालुहरूले पोखरामै सहज रूपमा सूर्य उपासना गर्न सकून् भन्ने उद्देश्यले यस वर्ष पनि चार प्रमुख स्थानमा विशेष छठको पूजा गर्ने गरी तयारी गरिएको हो । छठ पर्व मनाउन पोखराको लेकसाइडस्थित बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), रिठ्ठाघाट त्रिवेणीधाम (कालिखोला), सेतीनदी किनार र कमलपोखरी (भद्रकाली मन्दिर परिसर तल) गरी चार स्थानलाई विशेष रूपमा सजाइएका छन्। यी स्थानहरूमा शनिबारदेखि सरसफाइ, बत्ती सजावट… पुरा पढौ

तेस्रो पटक मन्त्रिपरिषद्‌ विस्तार, दुई मन्त्रीले शपथ ग्रहण

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्रिपरिषद्‌को तेस्रो विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिनुभयो। आज बिहान चार मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा दुई जनाको मात्र शपथ भएको हो। प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आजै दुवैजनालाई नियुक्त गर्नुभएको थियो। डा. गौतम स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव हुनुहुन्छ भने गुप्ता ‘जेनजी आन्दोलन’का… पुरा पढौ

तिहारमा पोखराका उपभोक्ता फूलमा ठगिए, ६ गुणा बढी मूल्य तिर्न बाध्य

दीननाथ बराल,पोखरा, ८ कार्तिक, तिहारको रौनकमा पोखराका उपभोक्ता सयपत्री फूल र मालामा ठगिएका छन्। पोखरा महानगरपालिका, कृषि सञ्जाल र फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) कास्कीले फूलको मूल्य निर्धारण र बिक्री केन्द्र तोके पनि बजारमा तोकिएको मूल्यभन्दा ६ गुणा बढीमा फूल बिक्री भएको पाइएको छ। महानगरले तोकेको दरअनुसार ‘ए’ ग्रेडको सयपत्री मालाको खुद्रा मूल्य अधिकतम १५० रुपैयाँ थियो। तर तिहार नजिकिँदै गर्दा सोही माला ९ सयदेखि १ हजार रुपैयाँसम्ममा बिक्री हुँदा उपभोक्ता आक्रोशित बनेका छन्। पोखराकी उपभोक्ता विमला भण्डारीले दुई माला खरिद… पुरा पढौ

गण्डकीकी सुस्मीताले भारतकी स्टार फाइटर सोनमसँग भिड्दै

पोखरा, तेक्वान्दो पछि मुवाथाईमा चम्किरहेकी गण्डकीकी फाइटर सुस्मिता थापा मगरले भारतको स्टार फाइटर सोनम जोम्बासँग भिड्ने भएकी छन् । नोभेम्बर ६ मा भारतको अरुणाचलमा हुने अन्तर्राष्ट्रिय फाइट च्याम्पियनसिपको मेन इभेन्टमा सुस्मिताले सोनमको सामना गर्ने भएकी हुन् । सुस्मिताको लागि यो फाइन करियरकै ठूलो फाइटको रुपमा रहेको छ । भारतको चर्चित एमएमए (मिक्स मार्सलआर्ट) स्टार तथा एमएफएन (म्याट्रिक फाइट नाइट) च्याम्पियन सोनम जोम्बासँग किक बक्सिङमा भिड्ने छिन । यि दुई बिच प्रतिस्पर्धा हुने हालैमात्र घोषणा भएको हो सुस्मिताका प्रशिक्षक खगेन्द्र क्षेत्रीले… पुरा पढौ

पोेखरामा चक्कु प्रहारबाट एक युवाको हत्या

पोखरा, ८ कार्तिक, पोखरामा चक्कु प्रहारबाट एक युवाको हत्या भएकोे छ । पोखरा महानगरपालिका–५, पस्र्याङका ४५ वर्षीय अनिल पराजुलीको शनिबार बिहान चक्कु प्रहारबाट हत्या भएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २२ वर्षीय किशोर तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले पक्राउ गरेको हो । शुक्रबार राति पस्र्याङस्थित एक रेष्टुरेन्टमा सँगै बसेर रक्सी सेवन गर्ने क्रममा दुवै बीच विवाद भएको बताइन्छ । राति साढे २ बजेदेखि ३ बजेतिर वादविवाद बढ्दै गएपछि पराजुलीले तिमिल्सिनालाई दुई थप्पड… पुरा पढौ

पोखरामा छठ पर्व मनाउन सुरु, चार मुख्य घाटमा तयारी तीव्र

दीननाथ बराल,पोखरा, ८ कार्तिक पोखरामा यस वर्षको छठ पर्व चार मुख्य घाटमा धुमधामका साथ मनाइने तयारी भइरहेको छ। मधेश–तराई समुदायलाई पोखरामै सूर्य उपासना गर्न सहज होस् भन्ने उद्देश्यले तयारी तीव्र पारिएको छठ पूजा समितिहरुले पोखराक्लिकलाई बताएका छन् । छठ पर्व फेवाताल किनारको केदारेश्वर महादेवमणि मन्दिर परिसर, रिठ्ठाघाट त्रिवेणी धाम (कालिखोला), सेतीनदी किनार, र कमलपोखरी (भद्रकाली मन्दिर तल) गरी चार स्थानमा मनाइँदै छ। नारायणथान मन्दिर संरक्षण समितिका उपाध्यक्ष विनोद गुप्ताका अनुसार शनिबारदेखि नै सबै पूजास्थलमा सरसफाई र झिलिमिली बत्तीको सजावट सुरु… पुरा पढौ

वरिष्ठ कृषि अधिकृत लम्सालको निधन

स्याङ्जा ८, कार्तिक स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ मा शुक्रबार एक वरिष्ठ कृषि अधिकृतको निधन भएको छ। मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कास्कीका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । लम्साल स्याङ्जा जिल्लाकै पुतलीबजार–१४, लामागे लम्सालथरका ४५ वर्षीय स्थानीय हुन्। प्रहरीका अनुसार, लु ५९ प ३७९७ नम्बरको बुलेट मोटरसाइकलमा सवार लम्साल सतौंबाट लामागेतर्फ आउँदै गर्दा आमडाँडास्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई करिब एक सय मिटर तल खसेका थिए।… पुरा पढौ

पोखराको कम्पनी प्रचार नेपालले किन्यो ‘जेरी अन टप’ चलचित्रको क्यानडा वितरणको अधिकार

पोखरा, विदेशमा नेपाली चलचित्र प्रदर्शन र विभिन्न इभेन्ट आयोजना गर्दै आएको प्रचारले नेपालमा प्रदर्शन भइरहेको चलचित्र जेरी अन टपको क्यानडा वितरणको अधिकार पाएको छ । प्रचार नेपाल प्रालिका संचालक आशिष पुरी र चलचित्रका निर्माता विवेक थापाले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । दर्शकको मागबमोजिम क्यानडामा उक्त चलचित्रको वितरण अधिकार किनिएको प्रचारका संचालक पुरीले बताए । उनले क्यानडामा बुकिङ खुला भइसकेको जानकारी दिए । प्रचारले यसअघि क्यानडामा पूर्णबहादुरको सारंगी, तेल भिसा, छक्का पञ्जा ५ र ह्रस्व दीर्घ जस्ता चलचित्रहरु प्रदर्शन… पुरा पढौ

आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्ने गायिका नितु पौडेलको निधन

काठमाडौं, कात्तिक ७, आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ। कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे ८ बजे उनको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। गत शनिबार दिउँसो अनामनगरस्थित एक रेकर्डिङ स्टुडियोमा पौडेलले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्। गम्भीर रूपमा जलेकी उनलाई तत्कालै उद्धार गरी उपचारका लागि कीर्तिपुर वर्न अस्पताल लगिएको थियो।यस घटनापछि प्रहरीले गायक तथा संगीतकार बाबुल गिरीलाई सोधपुछका लागि बोलाएको थियो।… पुरा पढौ

१५ देशका एक सय पर्यटकलाई सप्तरंगी टिका लगाउदै पोखरामा भाइटिका महोत्सव मनाइयो (भिडियो सहित)

पोखरा ६ कात्तिक, पर्यटनको राजधानि पोखरामा होटल संघ पोखरा नेपालले विहीबार आयोजना गरेको १८ औं भाइटिका महोत्सवमा २०८२ एक सय भन्दा बढी पर्यटकलाई नेपाली परम्परा अनुसार सप्तरंगी टिका लगाउदै भाईटिका महोत्सव निकै हर्स र उल्लाहासका साथ मनाएको छ । https://www.youtube.com/watch?v=UP5vyXnr48o महोत्सवमा पर्यटकको उत्साहजनक सहभागिता रहेको र विभिन्न १५ भन्दा बढी देशका पर्यटकले भाइटिका लगाएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले दाबी गरे । संघले पोखरा र सिंगो नेपालको पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षणको लागि विविध महोत्सव आयोजना गर्दै आएको स्मरण गराउँदै… पुरा पढौ