समाज

पोखरामा यूरो–६ मापदण्डका यात्रु बाहक बस भित्रिए, ‘स्वीफ्ट होलिडेज’ बाट पोखरा–काठमाडौं रुटमा सञ्चालन हुँदै(भिडियो सहित)

दीननाथ बराल, पोखरा, १२ फागुन पर्यटनको राजधानी पोखरामा यूरो–६ मापदण्डका अत्याधुनिक लक्जरी बस भित्रिएका छन् । गण्डकी प्रदेश, धौलागिरी क्षेत्र तथा चितवनका लागि बातास कमर्सियल भेईकल्स प्रालि को अधिकृत विक्रेता अटोवेज प्रालिले यूरो–६ मापदण्डको भोल्भो आइसर बी–६ लक्जरी बस गण्डकी प्रदेशमा भित्राएको हो । https://www.youtube.com/watch?v=vELuhonZ-8s उक्त ६ वटा बस स्वीफ्ट होलिडेज प्रालि ले खरिद गरिसकेको छ भने उक्त बसहरू चाँडै पोखरा–काठमाडौं रुटमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ । कार्यक्रममा अटोवेज प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले स्वीफ्ट होलिडेजका प्रबन्ध निर्देशक मिलन नेपाललाई… पुरा पढौ

जेनजी युवा नेकपामा प्रबेश, समाजलाई अघि बढाउने वा पछाडि फर्काउने भन्ने लँडाई को चुनाव हुदैछः राजकाजी गुरुङ

पोखरा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार राजकाजी गुरुङ(करण) ले आसन्न फागुन २१ गतेको निर्वाचन समाजलाई अघि बढाउने वा पछाडि फर्काउने भन्ने लँडाई को चुनाव हुने भएको बताउनु भयो । पोखरामा मंगलबार भएको क्षेत्र नं १ को युवा भेलामा उहाँले सम्बोधन गर्दै समाजलाई अघि बढाउने वा पछाडि फर्काउने भन्ने लँडाई अबको चुनाव रहेको स्पष्ट पार्नु भएको हो। उम्मेदवार करणले भन्नुभयो,“ आउने चुनाव बर्गसंघर्षको अर्को रुप हो । यो लँडाईमा जनताले जित्नेछन् । ” उहाँले तत्कालीन… पुरा पढौ

पोखराका पर्यटन व्यवसायी देवेन्द्र केसीद्वारा भूमेश्वर विद्यालयमा सहयोग, क्यान्टिन र ल्याब स्थापना गर्ने प्रतिबद्धता

दीननाथ बराल,पोखरा, १२ फागुन, पोखराका युवा पर्यटन व्यवसायी तथा सामाजिक अभियन्ता देवेन्द्र केसीले कास्कीको अन्नपूर्ण गाउँपालिका ४ सल्यान बांसखर्क स्थित भूमेश्वर आधारभूत बिद्यालयमा विभिन्न सामग्री सहयोग गर्दै क्यान्टिन र ल्याब स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विद्यालय को ६५औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमका अवसरमा मंगलबार सम्बोधन गर्दै विद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएको एवं कुटी रिसोर्टका सञ्चालक केसीले कार्यक्रमको उद्घाटन गर्दै बिद्यालयमा आवश्यक पर्ने क्यान्टिन र ल्याव स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । आफूले अध्ययन… पुरा पढौ

कास्कीको दिगो विकास, पूर्वाधार विस्तार र युवामैत्री कार्यक्रमलाई तीव्रता दिन्छौंः मन्त्री थापा

पोखरा, नेपाली काँग्रेसका नेता एवम् गण्डकी प्रदेश सरकारका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले कास्कीको दिगो विकास, पूर्वाधार विस्तार र युवामैत्री कार्यक्रमलाई तीव्रता दिने बताएका छन् । कास्कीबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका तिलक रानाभाट, माधव प्रसाद बास्तोला “मधु”, मनोज गुरुङ र समानुपातिक तर्फका उम्मेदवार आई बहादुर गुरुङका लागि मत माग्दै उनले कास्कीमा प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खेलकुद र युवा स्वरोजगारका थुप्रै योजनाहरू अघि बढाएको उल्लेख गरे । यी योजनालाई संघीय तहसँग समन्वय गरी… पुरा पढौ

तनहुँ–१ का उम्मेदवार ढकालको घरदैलो ः शिक्षा, रोजगारी र विकास मुख्य एजेन्डा

बन्दिपुर, आगामी प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढेसँगै तनहुँ क्षेत्र नम्बर १ मा चुनावी गतिविधिले तीव्रता पाएको छ । यसै क्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवार विद्या ढकालले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो र मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । मंगलबार ढकालले बन्दिपुर गाउँपालिकाका विभिन्न वडाहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् । उम्मेदवार ढकालले बन्दिपुर गाउँपालिका वडा नं. ५ र ६ का विभिन्न स्थानहरूमा पुगी मत मागे । उनले बन्दिपुरका बस्तीहरूमा पुगेर स्थानीयका समस्या सुन्नुका साथै… पुरा पढौ

पिइए इन्जियिरिङ एण्ड आईटी क्वीजमा मदरल्याण्ड प्रथम

पोखरा, १२ फागुन, मदरल्याण्ड बोर्डिङ स्कुल पिइए इन्जियिरिङ एण्ड आईटी क्वीज–२०८२ अन्तर्गत गण्डकी प्रदेशस्तरमा प्रथम भएको छ । पिइए एसोसिएसन प्रालिले कक्षा ११ र १२ मा विज्ञान विषय लिई अध्ययन गरेका विद्यार्थीबीच इन्जिनियरिङ र आइटी सम्बन्धित रहेर बर्सेनि यसप्रकारको प्रतियोगिता गर्दै आएको छ । पोखरामा भएको सो प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न विद्यालयबाट ९६ टिमले भाग लिएका थिए । जसमा मदरल्याण्डका मिजल पराजुली र कस्मित खनालको जोडी प्रथम भएको हो । उत्कृष्ट आठमध्ये मदरल्याण्ड प्रथमसहित चौथो, छैटौं र सातौं भएको छ… पुरा पढौ

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली पहिचान बनाएका सेफ राज सिल्वाल अनुभव सुनाउदै पोखरा

पोखरा, १२ फागुन अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली पहिचान बनाएका सेफ राज सिल्वालले पोखरामा आफ्नो अनुभव सुनाएका छन् । पोखराको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका विद्यार्थीहरुलाई आफ्नो अनुभन सुनाए । नेपाली खानाको स्वादलाई अन्तर्राष्ट्रियमा प्रचार प्रसार उनी लागेका छन् । कतारको दोहा स्थित प्रतिष्ठित लक्जरी होटल राफलमा प्रमुख शेफका रुपमा काम गर्दै आएका छन् । उनकै नेतृत्वमा होटलले विश्व प्रसिद्ध मिशेलिन स्टार १ पाएका छ । विश्वस्तरीय किचेनमा काम गर्दै आएका उनले नेपाली स्वाद र आधुनिक पाक–प्रविधिबीच सन्तुलन गर्दै नेपाली खानालाई… पुरा पढौ

साइबर सुरक्षा सम्बन्धीे तालिम

पोखरा,१२ फागुन नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको तिन दिने साइबर सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको प्राविधिक सहयोगमा फागुन १० गते देखि सुरु भएको उक्त तालिम सम्पन्न भएको हो । तालिमको समापन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्माले पत्रकारहरुलाई लक्षित गरि डिजिटल युगमा साइबर जन्य अपराधका घटना चुनौतीको रुपमा रहेको बताउनु भयो । उहाँले पत्रकार स्वयम् साइबर जन्य अपराधबाट बच्न र आम नागरिकलाई समेत सचेत गराउन… पुरा पढौ

उपचारका लागि सहयोग रोक्न फुटवलर साम्बाको आग्रह, २४ घण्टामै एक करोड भन्दा बढी सहयोग संकलन,

दीननाथ बरालपोखरा १२, फागुन चोटका कारण लामो समयदेखि मैदान बाहिर रहेकी नेपाली राष्ट्रिय महिला टोलीका कप्तान सावित्रा भण्डारी (साम्बा)  को उपचारका लागि अभूतपूर्व आर्थिक तथा नैतिक सहयोग प्राप्त भएको बताएकी छन् । उनले पछिल्लो २४ घण्टामै प्राप्त साथ, विश्वास र सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अब सहयोग रकम रोक्न आग्रह गरिन् । उनले सामाजिक सञ्जाल मार्फत भावुक सन्देश जारी गर्दै उपचारका लागि आवश्यक रकम पर्याप्त संकलन भइसकेको जानकारी दिएकी हुन् । उनका अनुसार नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी तथा… पुरा पढौ

भायानेटले दियो फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई लाइफ ज्याकेट

पोखरा, इन्टरनेट तथा टिभीसेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिले फेवा डुंगा व्यवसायी संगठन र वडा प्रहरी कार्यालय बैदामलाई लाइफ ज्याकेट प्रदान गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै दुई संस्थालाई गरी २ सय वटा लाइफ ज्याकेट वितरण गरेको हो । मंगलबार पोखराको पर्यटकीय केन्द्र फेवाताल किनार बाराहीघाटमा आयोजित कार्यक्रममा ज्याकेट प्रदान गरिएको हो । भायानेटका वित्त प्रमुख अरुण कार्कीले फेवा डुंगा व्यवसायी संगठनका कार्यवाहाक अध्यक्ष रुद्र भुजेल र वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक शिशीर भट्टराईलाई ज्याकेट हस्तान्तरण गरेका… पुरा पढौ

This will close in 20 seconds