समाज

पोखरा महोत्सव पुष २९ देखि

पोखरा , युनाइटेड क्लब पोखराले आयोजना गर्ने १४ औं संस्करणको पोखरा महोत्सव आगामी पुषको २९ देखि माघको ११ गते सम्म हुने भएको छ । युनाइटेड क्लब पोखराको १६ औं साधारण सभाले १४ औं संस्करणको पोखरा महोत्सव आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने गरि मिति तोकेको हो । हालै सम्पन्न साधारण सभामा वोल्दै युनाइटेड क्लब पोखराका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले सामाजिक कामका लागि पोखरा महोत्सवलाई निरन्तरता दिदै आइरहेको र आगामी १४ औं… पुरा पढौ

मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध

मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरिएको छ । मुस्ताङ प्रशासनले यहाँस्थित पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई सूचना जारी गर्दै आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङले जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने उल्लेख गरेसंगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न पर्यटक सहित स्थानियलाई आग्रह गरेको हो । अहिलेको अबस्थामा मौसम परिवर्तन हुन लागेकोले यो अबस्थामा पदयात्रा नगर्नु÷नगराउनुहुन अनुरोध गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जनाए । बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा… पुरा पढौ

साम्बाको उत्कृष्ट प्रदर्शनले नेपालले भारतलाई पराजित गर्यो

पोखरा, १० कार्तिक ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पराजित गरेको छ। भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा)को दुई गोलको मद्दतमा नेपालले भारतलाई २–१ ले पराजित गर्न सफल भएको हो । खेलको दोस्रो मिनेटमै विमला विकको लामो पासमा सावित्राले भारतीय डिफेन्डरलाई पछि पार्दै पहिलो गोल गर्न सफल भईन् । खेलमा दोस्रो हाफको ६२औं मिनेटमा सावित्राले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। भारतका लागि करिष्मा श्रीरभोइकारले खेलको ८१औं… पुरा पढौ

पोखरामा अत्याधुनिक फाइभ–डी अल्ट्रासाउन्ड सेवा सुरु

पोखरा, ११ कार्तिक, पोखराको न्यूरोडमा अत्याधुनिक प्रविधि सहितको ५डी (फाइभ–डी) अल्ट्रासाउन्ड सेवा सुरु गरिएको छ। पोखरा फाइभ—डी अल्ट्रासाउड क्लिनिकले मातृ–शिशु स्वास्थ्य क्षेत्रमा नयाँ अध्यायको सुरुवात गर्दै यो सेवा सञ्चालनमा ल्याएको हो। क्लिनिकले दक्ष स्वास्थ्यकर्मी, आधुनिक उपकरण र वैज्ञानिक दृष्टिकोण सहित सुलभ, सुरक्षित तथा विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेको संचालक एवं रेडियोलोजिस्ट डा. सागर खड्काले बताउनु भयो । उक्त क्लिनिकको प्राविधिक तथा चिकित्सकीय नेतृत्व अनुभवी रेडियोलोजिस्ट डा.खड्काले गर्दै हुनुहुन्छ । ५डी प्रविधिसहितको यो मेसिन गण्डकी प्रदेशमै पहिलो भएको बताइएको… पुरा पढौ

पोखराबाट गल्याङसम्म धार्मिक कार ¥याली आयोजना हुने

पोखरा, १० कार्तिक, उत्तर गण्डकी महामेला तथा दामोदर धर्मोत्सव–२०८२ को अवसरमा पोखराबाट स्याङजाको गल्याङसम्म बृहत् धार्मिक कार ¥याली आयोजना गरिने भएको छ। महोत्सव असोज २१ गतेदेखि कार्तिक १९ गतेसम्म स्याङ्जाको गल्याङ–१ मालुङ्गामा भव्य रूपमा सञ्चालन हुँदैछ भने उक्त अवसरमा यही कार्तिक १४ गते बिहान ७ बजे पोखरा–१७ बराल फिडबाट सुरु हुने ¥याली गल्याङस्थित कार्यक्रम स्थलसम्म पुग्ने आयोजकले जनाएका छन्। कार्यक्रममा सहभागिताको लागि सम्पूर्ण पोखरेली सहित कस्केली जनतामा आग्रह गरिएको महोत्सवका गण्डकी संयोजक, उद्योगपत्ति एवं समाजसेवी चन्द्रकान्त बरालले बताउनु भयो । पुरा पढौ

पोखरामा मंगलबार महानायक राजेश हमाल, सुविन भट्टराई र डा.नवराज केसी घुम्ती साहित्य उत्सवमा सहभागी हुने

पोखरा,१० कार्तिक नेपालका महानायक राजेश हमाल, लोकप्रिय लेखक सुविन भट्टराई र चर्चित लेखक डा.नवराज केसी मंगलबार पोखरा आउँदै हुनुहुन्छ। फाइनप्रिन्ट फिभरद्वारा आयोजित ‘घुम्ती साहित्य उत्सव’मा सहभागी हुन तीनैजना साहित्य तथा मनोरञ्जनका जगतका चर्चित व्यक्तित्व पोखरा आउन लाग्नु भएको हो । हालै आफ्नो आत्मकथा ‘युगदेखि युगसम्म’ सार्वजनिक गर्नुभएको हमालले कार्यक्रममा आफ्नो नवीनतम् कृति ‘चमेलीको फूल, बैजन्ती रूमाल’ को बारेमा पनि विचार साझा गर्नुहुने भएको छ । युवाहरूबीच अत्यधिक लोकप्रिय ८‘समर लभ’८का लेखक सुविन भट्टराई र ‘शून्यको मूल्य’ तथा ‘स्वस्पर्श’ का लेखक… पुरा पढौ

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीद्वारा ६६ युनिट रंक्त संकलन

पोखरा, लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले सोमबार पोखरामा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ६६ युनिट रंक्त संकलन भएको छ। लगातार परेका चाडपर्व र बिदाका कारण पोखरामा रगतको आपूर्ति घटेको अवस्थालाई मध्यनजर गर्दै महेन्द्रपुलमा आयोजना गरिएको रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पिडिजी लायन राम बसेलले पहिलो रक्तदाता, क्लबका पूर्व अध्यक्ष लायन दयाशंकर तौतमलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे। सो अवसरमा प्रमुख अतिथि बसेलले लायन्स क्लबका सदस्यहरू सधैं अग्रपंक्तिमा रही सामाजिक सेवामा समर्पित रहेको उल्लेख… पुरा पढौ

पोखरामा अस्ताउदो सुर्यलाई अर्घ दिई छठ पर्व धुमधामका साथ मनाइदै (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १० कार्तिक पोखरामा आज (सोमबार) अस्ताउदो सुर्यलाई अर्घ दिदै छठ पर्व धुमधामका साथ मनाइदै छ । सुर्यका भक्तहरु फेवातालदेखि सेतीनदी हुँदै मन्दिर र पोखरीसम्म धार्मिक उल्लासका साथ अस्ताउदो सुर्यलाई अर्घ सहितको फलफुल चढाउदै छठ पर्व मनाउदै गरेका हुन् । छठ पर्वको मुख्य दिन आज पोखराका मुख्य ४ स्थानमा धुमघामका साथ छर्ठ पर्व मनाउन सुरु भएको हो । https://www.youtube.com/watch?v=iwZ2GllNip8 भोलि(मंगलबार) बिहान उदाउदो सुर्यलाई अर्घ दिएसंगै यस बर्षको छठ पूजा विधिवत रुपमा समापन हुने भएको हो । तराई–मधेश समुदायका… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय कराँते प्रशिक्षक अशोक लामा रुम्बालाई सम्मान (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १०, कार्तिक, पोखरामा अन्तर्राष्ट्रिय क्योकुशिन कराँतेका प्रशिक्षक तथा खेलाडी अशोक लामा रुम्बालाई स्वागत सहित सम्मान गरिएको छ । क्योकुशिन कान कराँते संघ कास्कीले सोमबार पोखरा रंगशालामा विशेष समारोह बीच रुम्बालाई स्वागत सहित सम्मान गरेको हो । रोजगारको शिलशिलामा हाल स्पेनमा रहँदै आउनु भएको रुम्बा गत नोभेम्बर २३ र २४ मा स्पेनमा सम्पन्न १० औं ( NINTAI )कप स्पेनिस ओपन क्योकुशिन कराँते च्याम्पियनशिपमा प्रमुख प्रशिक्षका रुपमा उहाँले निभाउनु भएको भूमिकाको उच्च कदर गर्दै संघले सम्मान गरेको नेपाल फुल कन्याक… पुरा पढौ

पोखरा महानगरपालिकाले राष्ट्रिय वाणिज्य बैंकको भवन भाडामा लिएर एकिकृत रुपमा सेवा दिने

दीननाथ बराल, पोखरा–९, कार्तिक, पोखरा महानगरपालिकाको कार्यालय भवन जेनजी आन्दोलनका क्रममा जलेपछि अब नयाँ स्थानबाट एकीकृत रूपमा सेवा संचालन हुने भएको छ । महानगरको कार्तिक २ गते बसेको कार्यपालिका बैठकले नयाँ भवन तयार नहुँदासम्मका लागि नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको भवन भाडामा लिएर अस्थायी कार्यालय सञ्चालन गर्ने निर्णय गरेको महानगरले पोखराक्लिकलाई जनाएको छ । बैंकको भवनमा भुई तलामा बैंक संचालनमा आएको छ भने पहिलो तला र दोश्रो तला गरी दुई तल्लामा करिब २० हजार वर्गफुट क्षेत्रफलमा रहेको छ, जहाँ विभिन्न महाशाखाहरूलाई… पुरा पढौ