समाज

“मायामा मायामा” गीत सार्वजनिक : पोखराबाट बनेको प्रेमिल कथा

पोखरा, डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । प्रेमिल भावनामा आधारित यस गीतका गीतकार जसपाल पाख्रिन तामाङ र अनिता पौडेल हुन् भने संगीत सन्तोष बस्यालले दिएका छन् । गीतमा सुबिन सेन्चुरीको संगीत संयोजन र नेत्र गुरुङको निर्देशन रहेको म्युजिक भिडियोलाई उच्च स्तरको सिनेमेटिक ढंगमा प्रस्तुत गरिएको छ । भिडियोमा कलाकार सुशन पाख्रिन तामाङ र बीनु मगरले अभिनय गरेका छन् । लमजुङको… पुरा पढौ

आर्वामा तेस्रो संस्करणको ‘पोखरा एन्ड्युरो रेस’ हुने ९ देशका खेलाडी सहभागि हुदै

पोखरा, १७ कार्तिक, पोखरा महानगरपालिका–१३ आर्वामा यस बर्ष तेस्रो संस्करणको ‘पोखरा एन्ड्युरो साईक्लिङ रेस’ हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगिता कार्तिक २७ गतेदेखि सुरु हुने भएको आयोजक डाउनहिल डष्क प्रालिले पोखराक्लिकलाई जनाएको छ । डाउनहिल डष्क प्रालिको आयोजनामा हुने यो प्रतियोगितामा ८ देशका साईक्लिष्टले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा अष्ट्रेलिया, सिंगापुर, क्यानडा, जर्मनी, अमेरिका, ओमान, जापान र श्रीलंकाका खेलाडीले नाम दर्ता गराइसकेका छन्। ओमानको राष्ट्रिय टोली समेत सहभागी हुने प्रालिले जनाएको छ । प्रालिका प्रबन्धक तथा रेस… पुरा पढौ

आरएस पोखरा फुटबल क्लब झापामा सघन प्रशिक्षणमा

पोखरा, नेपालकै सर्वाधिक राशिको महिला फुटबल प्रतियोगिता ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२’ मा उपाधिको बलियो दाबेदारीका रूपमा रहेको आरएस पोखरा फुटबल क्लब झापामा सघन प्रशिक्षणमा रहेको छ। पोखराको महिला टोली हाल झापाको दमकमा करिब १० दिनदेखि ‘क्लोज क्याम्प’ अर्थात् बन्द प्रशिक्षणमा व्यस्त रहेको हो। सोमबार (कात्तिक १७ गते) बाट शिवसताक्षीस्थित दुधे रंगशालामा सुरु हुने गोल्डकपका लागि टोलीको तयारीलाई अत्यन्त अर्थपूर्ण रूपमा हेरिएको छ। आरएस पोखराले प्रतियोगिताको पहिलो खेलमा कात्तिक २० गते विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग भिड्नेछ। त्यसअघि टोलीले… पुरा पढौ

पोखरामा पनि हरि बोधनी एकादशी धुमधामका साथ मनाईयो(भिडियो सहित)

दीननाथ बराल, पोखरा १५, कात्तिक, पोखरामा पनि आज (शनिबार) हरिबोधनी एकादशी पर्व धुमधामका साथ मनाइएको छ । भगवान बिष्णुका भक्तहरुले भजनकृतनको साथमा पोखरा रामघाटको तुल्सीघाटमा सेतीनदीमा स्नान सहित फुल तारेर, तुल्सीघाट किनारामा तुल्सी रोपेर पुजा आज गरी यो पर्व धुमधामका साथ मनाउनु भएको हो । https://www.youtube.com/watch?v=qh_o24Ryz-s पोखराको रामघाट तथा तुल्सीघाटमा भक्तजनहरुको विहानै देखि भिडभाड भएको नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिले पोखराक्लिकलाई जनाएको छ । तुल्सीघाट जाने बाटोमा शिव लिङहरु हालै निर्माण भएकोले बिष्णुका भक्तहरुले दुध समेत चढाउनु भएको छ… पुरा पढौ

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान

पोखरा, कार्तिक १५, गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो । समितिका उपाध्याक्षमा लाल कार्की ‘अन्जान’, सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा आदर्श पोखरेल र सहसचिवमा बिर्सना बस्नेत चयन भए । यस्तै सदस्यहरूमा राजाराम पौडेल, सुरज उपाध्याय, रेशम रचक, जमुना पौडेल बराल र गणेशराज सदाशङ्कर चयन भएका छन् । प्रतिष्ठानका अध्यक्ष शीतल गिरीको अध्यक्षतामा भएको साधारण सभाबाट प्रगति प्रतिवेदन… पुरा पढौ

राजश्व चुहावट नियन्त्रणबारे पोखरामा छलफल, भन्सार छलेका र चोरीका सामान बिक्री–वितरण रोक्न व्यवसायायीको माग

पोखरा, राजश्व अनुसन्धान कार्यालय,बुटवलका प्रमुख अनुसन्धान अधिकृत सुवास श्रेष्ठले राजश्व चुहाहट रोक्नका लागि नागरिककै तर्फबाट सहयोग हुनुपर्नेमा जोड दिएका छन् । उनले कानूनको परिपालना गर्नु र गराउनु नागरिकको कर्तव्य भएको स्मरण गराउँदै कर चुहावट रोक्नु पनि त्यही कर्तव्यअन्तर्गत रहेको बताए । राजश्व अनुसन्धान कार्यालय बुटवलले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा शुक्रबार पोखरामा आयोजना गरेको राजश्व चुहावट नियन्त्रणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने,‘राज्यले लागू गरेका नीति नियम पालना गर्नु नागरिकको कर्तव्य हो । कर छली अपराध हो र राज्यले त्यस्ता व्यक्तिलाई… पुरा पढौ

जेनजी आन्दोलन पछि प्रदेश सरकारको भूमिका खासै नदेखिएको अध्यक्ष कार्कीको गुनासो, मुख्यमन्त्री पाण्डेद्धारा राहत प्याकेज ल्याउने आश्वासन (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १४ कार्तिक गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डे समक्ष पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले जेनजी आन्दोलन पछि प्रदेश सरकारकोे उपस्थिती नदेखेको गुनासो गर्नु भएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले आज( शुक्रबार) पोखरामा आयोजना गरेको ‘विद्युत उपभोक्ताको अधिकार र हालको कानुनी व्यवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि मुख्यमन्त्री पाण्डे सहित प्रदेशका प्रमुख सचिव समेतको सहभागिता रहेको कार्यक्रममै अध्यक्ष कार्कीले आन्दोलनको क्रममा विदेश हुनु भएको मुख्यमन्त्री स्वदेश आए पछि पिर मार्कामा परेका व्यवसाय र आगजनीबाट सेवा दिन… पुरा पढौ

रुम्बा बाबु–छोरा गृह जिल्ला मकवानपुरमा सम्मानित

मकवानपुर, १४ कात्तिक, मकवानपुर जिल्ला खेलकुद विकास समितिले बिहीबार हेटौंडामा आयोजित एक विशेष समारोहका बीच खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ। जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघ मकवानपुरले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी तथा प्रशिक्षकलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो। समारोहमा स्पेनमा रहेर अन्तर्राष्ट्रिय कराँते प्रशिक्षकका रूपमा योगदान दिँदै आएका अशोक लामा रुम्बा र उनका छोरा आमेथ लामा रुम्बालाई गृह जिल्लामा विशेष सम्मान गरिएको हो।… पुरा पढौ

वर्षा र हिमपातको सम्भावना रहेकोले अत्यावश्यक बाहेक घर बाहिर यात्रा नगर्न र पद मार्गमा नजान प्रशासनको आग्रह

दीननाथ बराल, पोखरा, १३ कार्तिक, अहिलेको अबस्थामा वर्षा र हिमपातको सम्भावना रहेकोले अत्यावश्यक बाहेक घर बाहिर यात्रा नगर्न र पद मार्गमा नजान कास्की प्रशासनले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार गण्डकी प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै प्रतिकुल मौसममा अत्यावश्यक बाहेक घर बाहिर यात्रा नगर्न र पद मार्गमा नजान आग्रह गरेको हो । प्रशासनले बिहीबार विज्ञप्ति जारी… पुरा पढौ

सहारा एकेडेमीको सहयोगार्थ शुक्रबार च्यारिटी डिनर नाइट तथा सांस्कृतिक कार्यक्रम हुने,कार्यक्रमलाई सफल पार्न विदेशबाट सहयोग संकलन

दीननाथ बराल, पोखरा १३, कार्तिक, सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीको सहयोगार्थ सहारा क्लब पोखराले आयोजना गर्न लागेको च्यारिटी डिनर नाइट तथा सांस्कृतिक कार्यक्रममा सहारा यूकेसहित विदशेमा रहेका खेलकुकर्मी एवं समाजसेवीले सहयोग गर्नु भएको छ । क्लवको उक्त अभियानलाई सफल पार्न विदेशी र स्वदेशबाट व्यक्ति देखि विभिन्न संघ संस्थाहरुले आर्थिक सहयोग गरेको केहीले कार्यक्रममा घोषणा गर्ने भएको क्लबका अध्यक्ष केशव बहादुर थापाले पोखरा क्लिकलाई बताउनु भयो । पोखरा उपमहानगरपालिका १२ माटेपानीस्थित एसआरकेसी ब्याङ्वेटमा कात्तिक १४ गते(शुक्रबार) साँझ ५ देखि… पुरा पढौ