समाज

‘डुलुवा’ टोलीको पर्यटन प्रवद्र्धन पोखराबाट हुम्ला सम्म, पोखराबाट विदाइ

पोखरा, २१ कात्तिक, पर्यटकीय स्थलको लामो भ्रमण गर्दै आएको ‘डुलुवा’ टोली शुक्रबार कास्कीबाट हुम्ला प्रस्थान गरेको छ । टोली पर्वत, बाग्लुङ, रुकुमकोट, लिमी, लाप्चा ला पास पुगेर फर्किने छ । २१ सदस्यीय टोली मंसिर १ गते पोखरा आइपुग्ने योजना छ । उनीहरुलाई पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी बहादुर भट्टराइले टोलीलाई पोखरामा आयोजित समारोहमा सुखद् यात्राको कामनासहित बिदाइ गरे । उनीहरुले डुलुवाका संयोजक योगेश भट्टराईलाई पोखरा भ्रमण वर्षका व्यान हस्तान्तरण गरे । उनीहरुलाई रेवान पोखराका पुर्व अध्यक्ष नरेश भट्टराई,… पुरा पढौ

हुलाक सेवालाई समय अनुकूल बनाउन सुझाव,देशका ४५ जिल्लामा ईएमएस सेवा

दीननाथ बराल, पोखरा २१, कार्तिक, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नेपालको हुलाक सेवालाई समय अनुकूल र प्रभावकारी बनाउन सुझाव दिनुभएको छ । हुलाक सेवा विभागले शुक्रबार पोखरामा आयोजना गरेको द्रुत डाँक सेवा (ईएमएस) सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वोल्दै उहाँले नीजि क्षेत्रसंग प्रतिष्प्रर्धा हुने गरी सरकारी हुलाक सेवालाई परिकृत र परिमार्जन गरी चुस्त दुरुस्त सेवा दिन सुझाव दिनुभएको हो । उहाँले भन्नुभयो— “निजी क्षेत्रले सरकारी हुलाकको सहायतामा विश्व बजारमा सेवा दिइरहेको छ, त्यसैले सरकारी हुलाक सेवालाई अझ सबल र परिणाममुखी… पुरा पढौ

पोखरा रंगशालामा आज साँझ नेपथ्यको प्रस्तुति हुदै, टिकट नपाएर पोखरेली चिन्तित

दीननाथ बराल, पोखरा, २१ कात्तिक पोखरा रंगशालामा आज (शुक्रबार) साँझ चर्चित सांगीतिक समूह नेपथ्यले प्रस्तुति दिने भएको छ । ‘क्रिकेटका लागि नेपथ्य’ भन्ने नारासहित नेपाल प्रिमियर लिग (एनपिएल) का फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आयोजना गरेको यो कन्सर्टको लागि ६ हजार टिकट (जर्सी बुकिङ) भइसकेको आयोजकले जनाएको छ । पोखरोलीहरुले हिजोदेखि टिकट नपाएर चिन्तित हुनु भएको छ । कार्यक्रम स्थल पोखरा रंगशाला फुटबल स्टेडियममा दिउँसो ४ः०० बजेबाट प्रवेश खुला गरिनेछ भने साँझ ६ बजेबाट ८ बजेसम्म दुई घण्टाको सांगीतिक प्रस्तुति हुने… पुरा पढौ

पोखराको सिर्जना बहिरा माविमा आन्दोलन चर्कीयो, पुनः तालावन्दी

दीननाथ बराल, पोखरा २०, कार्तिक, पोखरा २६ मा रहेको सिर्जना बहिरा माविमा पुनः आन्दोलन चर्कीएको छ । बिद्यालयमा भएको अनियमितताको बिषयमा छानविन समितिले छानविन गर्न ढिलाई गरेको भन्दै बिद्याथीहरुले विहिबारदेखि आन्दोलन चर्काएको अभिभावकले पोखराक्लिकलाई बताउनु भयो । बिद्यार्थीहरुले विहिबारदेखि बिद्यालयमा अनिश्चितकालिन तालावन्दी गर्नु भएको छ । भदौं दोश्रो हप्तामा गठित छानविन समितिले दुई महिना वित्दासम्म पनि छानविन गर्न आलटाल र गोलमोटोल गर्न लागेको अभिभावक प्रविन बिसिले बताउनु भयो । बिद्यार्थीको माग बमोजिम बिद्यालयका प्रधानाध्यापक सुनिल भण्डारी सहित ५ जनाको सरुवा… पुरा पढौ

पोखरामा प्याराग्लाइडिङ प्रतियोगितालाई निरन्तरता दिन सुझाव, पोखरा आउने पर्यटक मध्य ९५ प्रतिशत साहसिक खेलकुदका गतिविधिमा रमाउछनः संयोजक भट्टराई

दीननाथ बराल, पोखरा २०, कार्तिक, कोभिड १९ देखि स्थगित भएको खुल्ला नेपाल प्याराग्लाईडिङ प्रतियोगितालाई पुनः निरन्तर रुपमा संचालन गर्न विहिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्तहरुले जोड दिनु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को विहिबार पोखरामा सम्पन्न भएको २२ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा वोल्ने वक्ताहरुले करिब ६ बर्ष अघि देखि स्थगित भएको उक्त प्रतियोगितलाई निरन्तर रुपमा संचालन गर्न ना लाई आग्रह गर्नु भएको हो । साहसिक खेलकुदको मुख्य गतिविधि चलायमान बनाएको यस खेललाई अझ अन्तराष्ट्रिय स्तरमा… पुरा पढौ

९ दल सम्मिलित नेपाली कम्युनिस्ट पार्टी घोषणा, संयोजक दाहाल र सहसंयोजक नेपाल

काठमाडौं, विभिन्न नौ वामपन्थी दलहरू एकीकृत भई नयाँ नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आज (बुधबार) आयोजित विशेष समारोह मार्फत एकता घोषणा गरिएको हो । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा(माओवादी समाजवादी), नेकपा (साम्यवादी) लगायत नौ दल यस एकतामा सहभागी भएका छन् । नवगठित पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल रहने निर्णय गरेको छ ।घोषणा सभामा पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरिएको छ, जसमा संविधानको रक्षा,… पुरा पढौ

पटक–पटक स्थगित हुँदै आएको दशौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

पोखरा, १९ कात्तिक, पटक–पटक मिति सारिँदै अनिश्चित बनेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्ततः आगामी फागुन १ गतेदेखि ७ गतेसम्म हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आज (बुधबार) बसेको १२३ औं बोर्ड बैठकले प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन गर्ने निर्णय गरेको हो । खेलकुद मन्त्रीको रूपमा नियुक्त भएपछि बब्लु गुप्ताले पहिलो बैठकबाटै दशौं राष्ट्रिय खेलकुदको मिति तोक्नुभएको हो । यसअघि २०७९ सालमा पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशले दशौं संस्करणको झण्डा ग्रहण गरेको थियो ।दुई वर्षमा एक… पुरा पढौ

अर्थमन्त्री र भूमि व्यवस्थामन्त्रीसँग पोउवा संघको प्रतिनिधिमण्डलको भेटघाट निजी क्षेत्रका माग प्रति दुवै मन्त्री सकारात्मक

पोखरा,१९ कात्तिक, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाल र भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हासमक्ष व्यावसायिक वातावरण निर्माण एवं अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न सुझावहरु पेश गरेको छ । अध्यक्ष कार्कीका अनुसार दुवै मन्त्रीसमक्ष जेन–जी आन्दोलनको क्रममा भौतिक र मानशिक क्षति व्यहोरेका व्यवसायीका निम्ति घोषित राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन, आन्दोलनको क्रममा आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन विशेष जोड दिएको थियो । ‘हामीले विशेष गरी आन्दोलनपछिको परिस्थिति, व्यवसायीहरुको गिरेको मनोवल,लगानी पलायनको… पुरा पढौ

पोखरामा प्रहरीको कार्यालयमा रहेको मोसा सहित स्कुटर चोरी गर्ने ६ जना प्रहरीको नियन्त्रणमा

दीननाथ बराल,पोखरा १९, कार्तिक पोखरामा प्रहरीको कार्यालयमा रहेको मोटरसाइकल (मोसा) सहित स्कुटर चोरी गर्ने ६ जना प्रहरीले नियन्त्रणमा लिएको छ । तीन वटा स्कुटर र एउटा मोटरसाइकल सहित ६ जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ । ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले चोरी भएका ग ९ प ८७६१ र ग १५ प ५२३७ नं.का स्कुटर सहित चार जनालाई पक्राउ गरेको हो भने वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको अर्को टोलीले ग ४ प ७६८४ नं.को चोरी भएको स्कुटर सहित… पुरा पढौ

पोखरामा सहकारी ठगीमा संलग्न ७ जना पक्राउ

दीननाथ बराल,पोखरा, १९ कात्तिक, पोखरामा सहकारी ठगी प्रकरणमा संलग्न व्यक्तिहरू पक्राउ पर्नेको क्रम रोकिएको छैन। पछिल्लो घटनामा पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्रबहादुर गोदार सहित सात जनालाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको हो। उनीहरूलाई सहकारीको झण्डै ८८ करोड ७० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ । पक्राउ पर्नेहरूमा अध्यक्ष गोदारसँगै कोषाध्यक्ष हिरामणि दाहाल, सचिव दिलबहादुर केसी, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाप गुरुङ, सुपरभाइजर मार्केट प्रमुख बेदी प्रसाद सुवेदी र सञ्चालक इन्द्रप्रसाद… पुरा पढौ