दीननाथ बराल, पोखरा, २४ कात्तिक, देशमा उत्पन्न पछिल्लो घटनाक्रम जेनजी आन्दोलनका कारण गण्डकी प्रदेश सभा बैठक प्रभावित हुँदै आएको अवस्थामा आज(सोमबार) भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बैठक सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विगत केही महिनादेखि देशमा देखिएको राजनीतिक अस्थिरता, जनआन्दोलन र त्यसबाट उत्पन्न क्षतिको समीक्षा गर्दै शान्ति, स्थायित्व र पुनर्निर्माणतर्फ एकजुट हुन सबै पक्षसँग आग्रह गर्नुभयो। मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “देशको पछिल्लो परिवेश यहाँहरू सबैलाई थाहा छ। जेनजी आन्दोलनका क्रममा ठूलो जनधनको क्षति…
पुरा पढौ