
दीननाथ बराल,
पोखरा, २४ कास्की,
जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हातहतियार लुटपाट गर्ने घटनामा संलग्न एक जना बालकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–४ स्थित डेरामा बस्दै आउनु भएको १६ वर्षका एक किशोर (नाम गोप्य) लाई प्रहरीले पोस्तोल सहित नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
बालकको साथबाट चाइनिज पेस्तोल (टाइप–५४, म्यागजिन नभएको) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले बताउनु भयो । उक्त घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान र अनुसन्धान जारी रहेको थियो । सोही क्रममा कात्तिक २३ गते बालकलाई नियन्त्रणमा लिएको उहाँले जनाउनु भयो ।
पक्राउ परेका किशोरलाई कास्की जिल्ला अदालतबाट “आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूर” अन्तर्गत पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयबाटै मोटरसाइकल चोेर्ने देखि विभिन्न सरकारी कार्यालय तथा नीजि सम्पत्ति माथि आगजनी, तोडफोड गर्नेहरु प्रहरीले पक्राउ गर्न सुरु गरि सकेको छ । केही व्यत्तिलहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।



