
पोखरा,
नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त हुनु भएको छ । उहाँ काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत हुनुहुन्छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई महानिरीक्षक नियुक्त गरेको नेपाल सरकारका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले बताउनु भयो ।
प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । २४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हाल्नु भएको थियो ।



