समाज

चौथो हिसान फुटसल जारी, बाराही, चिल्ड्रेन, स्टेप बाई स्टेप र डायमण्ड सेकेन्डरी स्कूल अन्तिम चारमा

पोखरा, पोखरामा जारी चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता २०८२ अन्तर्गत सेमीफाइनल चरणको समिकरण पूरा भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकीको आयोजना तथा सविन मेमोरियल क्लबको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन भइरहेको प्रतियोगिताको दोस्रो दिन शनिबारका खेल सम्पन्न भएसँगै अन्तिम चार टोलीको टुंगो लागेको हो । सविन मेमोरियल क्लबका अध्यक्ष सञ्जय लिगलका अनुसार प्लस–२ तर्फ बाराही आवासीय माध्यमिक विद्यालय, चिल्ड्रेन लाइफ बोर्डिङ स्कूल, स्टेप बाई स्टेप सेकेन्डरी स्कूल तथा डायमण्ड सेकेन्डरी स्कूल सेमीफाइनलमा प्रवेश… पुरा पढौ

एमाले र रास्वपा लक्षित कटाक्ष गर्दै काँगेंस सभापति गगन थापा भन्छन अबको चुनावमा दुई अतिवादले स्थान पाउन सक्ने खतरा छ !

दीननाथ बराल, पोखरा, १५ फागुन नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एमाले र रास्वपा लक्षित कटाक्ष गर्दै यही फागुन २१ गते हुने निर्वाचनमा दुई अतिवादले स्थान पाउन सक्ने खतरा रहेको बताउनु भयो । पोखरामा आज (शुक्रबार) आयोजित बिशाल चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भदौ २३ र २४ का घटनालाई लिएर चरम ध्रुवीकरण हुन सक्ने दाबी गर्दै निर्वाचनमा देशमा दुई प्रकारका अतिवादले स्थान पाउन सक्ने खतरा रहेको दाबी गर्नु भएको हो । “एउटा अतिवाद २३ भदौमा केही भएको हैन, भएन भन्ने खालको… पुरा पढौ

कास्कीमा शुक्रबार राति १२ बजेदेखि अन्तिम मतपरिणाम नआउँदासम्म मदिरा बिक्री–वितरण र ओसारपसारमा रोक, अवज्ञा गरे कारबाही हुने प्रशासनको चेतावनी

दीननाथ बराल,पोखरा, १५ फागुन, यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न कास्की जिल्लाभर शुक्रबार राति १२ बजेदेखि अन्तिम मतपरिणाम सार्वजनिक नहुञ्जेलसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण, ओसारपसार तथा सेवनमा पूर्ण रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले आज जारी गरेको जरूरी सूचनाअनुसार निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका–२०७८, निर्वाचन आयोग, नेपालको मिति २०८२÷११÷१३ को प्रेस विज्ञप्ति तथा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम उक्त निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ । प्रशासनले होटल व्यवसायी, मदिरा… पुरा पढौ

एन.आर.एन जापानले हेमजाका सामुदायिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण

१४ फागुन, पोखरा, पोखरा महानगरपालिका–२५ हेमजामा सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी ३३ हजार बराबरको विभिन्न स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । २५ न. वडा कार्यालय हेमजाको आयोजना, वडा शिक्षा समिति पोखरा–२५ हेमजाको व्यवस्थापन तथा एन।आर।एन जापान को विशेष सहयोगमा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै एन।आर।एन का पूर्व अध्यक्ष एवं संरक्षक शिवप्रसाद पौडेलले सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउने उद्देश्यले वडा कार्यालयको रोहबरमा करिब ३ लाख… पुरा पढौ

चौथो संस्करणको हिसान गण्डकी फुटसल प्रतियोगिता पोखरामा सुरु, उद्घाटन खेलमा स्टेप वाई स्टेपको विजयी सुरुवात

पोखरा चौथो संस्करणको हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजना तथा सविन मेमोरियल क्लबको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताअन्तर्गत पहिलो दिन प्लस–२ तर्फका ८ खेल सम्पन्न भएका छन् । उद्घाटन खेलमा स्टेप बाई स्टेप सेकेन्डरी स्कूलले गुरुकुल विद्या सदनलाई ३–२ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ । निर्धारित ३० मिनेटको खेलमा स्टेप बाई स्टेपले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो… पुरा पढौ

चौथो हिसान गण्डकी प्रदेश स्तरीय फुटसल प्रतियोगिता शुक्रबार देखी, टाइसिट सार्वजनीक

पोखरा, १४ फागुन, उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने चौथो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको खेलको खेलतालिका सार्वजनीक भएको छ । उद्घाटन खेलमा गुरुकुल विद्यासदन र स्टेप बाई स्टेप सेकेन्डरी स्कुल बिच हुनेछ । शुक्रबार देखी हुने प्रतियोगितामा प्लस टु तर्फ १६ टिमको सहभागीता रहेको छ भने कलेज फुटसल तर्फ ८ टिमको सहभागीता रहेको छ । फागुन १५ देखी १७ गते सम्म पोखरा रंगशालाको कर्भडहलमा प्रयियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीता… पुरा पढौ

रामचन्द्र/उमादेवि गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान (भिडियो सहित)

दीननाथ बराल,पोखरा १४, फागुन सहारा क्लबका संस्थापक कोषाध्यक्ष तथा सहारा यूकेका संस्थापक महासचिव रामचन्द्र गुरुङ र पूर्व कोषाध्यक्ष एवं उहाँकी धर्मपत्नी उमादेवी गुरुङको सहयोगमा सूर्यबहादुर केसी स्मृति आवासीय फुटबल एकेडेमीमा मिनि फ्लडलाइट जडान गरिएको छ । एकेडेमीमा रहेका बालकहरूको फुटबल खेल विकास तथा रात्रिकालीन अभ्यासलाई सहज बनाउन उक्त सहयोग गरिएको गुरुङ दम्पत्तिले पोखराक्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=JX04AWaFQ-0 छ वटा पोलमा ३ हजार वाट क्षमताको फ्लडलाइटको औपचारिक शुभारम्भ बुधबार साँझ गुरुङ दम्पत्तिले स्विच अन गर्दै गर्नु भएको थियो । पूर्व अध्यक्ष… पुरा पढौ

संरक्षण क्षेत्र भित्रका व्यवसायलाई वैधानिकता दिन पहल गर्छुः उम्मेदवार मनोज, गुरुङ‘संरक्षण क्षेत्र नियमावली समयसापेक्ष संशोधन गर्न आवश्यक

पोखरा, पछिल्लो समयमा निकै चर्चामा रहेका मर्दी हिमाल ट्रेक तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भित्र सञ्चालनमा रहेका होटल–रेष्टुरेण्ट लगायतका व्यवसायलाई वैधानिकता दिनुपर्ने माग पुनः चर्किएको छ। संरक्षण क्षेत्रभित्र पुर्खौंदेखि भोगचलन गर्दै आएका स्थानमा स्थानीयले गोठको संरचनाबाट विस्तार गर्दै व्यवसाय सञ्चालन गरिरहेका छन्। तर कानुनी जटिलताका कारण उनीहरू अझै अन्योलमा छन्। यही सन्दर्भमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३, कास्कीका उम्मेदवार मनोज गुरुङले संरक्षण क्षेत्रभित्रका व्यवसायलाई कानुनी मान्यता दिलाउन आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन्। मत माग्ने क्रममा घरदैलो अभियानमा रहेका… पुरा पढौ

कास्की कांग्रेसले शुक्रबार पोखरामा शक्ति प्रदर्शन गर्ने(भिडियो) एक सय बसमा कार्यकर्ता उतार्ने

पोखरा, १३ फागुन, नेपाली काँग्रेस कास्कीले यही फागुन १५ गते शुक्रबार पोखरामा आयोजना गर्न लागेको चुनावी सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार सह–संयोजक दीपक गुरुङ (माइला) ले सभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार अमरसिंह चौर मा हुने चुनावी सभामा करिब १५ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ। https://www.youtube.com/watch?v=cR2HIS37Trk कास्की कांग्रेसले उक्त सभालाई शक्ति प्रदर्शनका रूपमा लिँदै एक सय बस बुकिङ गरी नेता तथा कार्यकर्तालाई पोखरामा उतार्ने तयारी गरेको जनाएको… पुरा पढौ

पोखरा रत्न एवं अग्रज उद्योगपति चन्द्रकृष्ण कर्माचार्यलाई मातृशोक, आज बिहान शव यात्रा हुने

पोखरा, पोखरा रत्न एवं अग्रज उद्योगपति चन्द्रकृष्ण कर्माचार्यलाई मातृशोक परेको छ । लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष एवं पोखरा रत्न कर्माचार्यकी माता सानुमाया कर्माचार्यको आज (बुधबार) बिहान १ः ४४ बजे पोखराको फिस्टेल हस्पिटलमा ९६ वर्षको उमेरमा निधन भएको उहाँका आफन्तले पाखराक्लिकलाई जनाउनु भएको छ । उहाँको आज बिहान ९ः३० बजे निवास पोखराको विजयपुरदेखि शवयात्रा हुने भएको हो । पोखराको रामघाटको पूर्वपट्टीको क्षेत्रमा दाहसंस्कार गरिने भएको छ । सानुमायाका चन्द्रकृष्ण सहित गोविन्द र हरि प्रसाद कर्मचारी ३ छोरा रहनु भएको… पुरा पढौ

This will close in 20 seconds