
पोखरा,
पोखरा रत्न एवं अग्रज उद्योगपति चन्द्रकृष्ण कर्माचार्यलाई मातृशोक परेको छ । लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष एवं पोखरा रत्न कर्माचार्यकी माता सानुमाया कर्माचार्यको आज (बुधबार) बिहान १ः ४४ बजे पोखराको फिस्टेल हस्पिटलमा ९६ वर्षको उमेरमा निधन भएको उहाँका आफन्तले पाखराक्लिकलाई जनाउनु भएको छ ।
उहाँको आज बिहान ९ः३० बजे निवास पोखराको विजयपुरदेखि शवयात्रा हुने भएको हो । पोखराको रामघाटको पूर्वपट्टीको क्षेत्रमा दाहसंस्कार गरिने भएको छ । सानुमायाका चन्द्रकृष्ण सहित गोविन्द र हरि प्रसाद कर्मचारी ३ छोरा रहनु भएको उहाँका आफन्त पोखराका व्यवसायी माइकल कर्माचार्यले बताउनु भयो । कर्माचार्य परिवारमा परेको शोकप्रति पोखराका उद्योगी ,व्यवसायी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले दुख व्यक्त गर्नु भएको छ ।



