देश तथा समाज पत्रिका

निर्वाचनमा सक्रिय रुपमा सहभागि हुन प्रधानमन्त्री कार्कीको आह्वान,

दीननाथ बराल पोखरा, ८ फागुन प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र सुदृढीकरण तथा सुशासनको लागि यही फागुन २१ हुने निर्वाचनमा सबै जना सक्रिय रुपमा सहभागि हुन आव्हान गर्नु भयो । पोखरा विश्वविद्यालय को २१ औँ दीक्षान्त समारोहलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै विश्वविद्यालयकी कुलपति समेत रहनु् भएको प्रधानमन्त्री कार्कीले लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्धन तथा भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि निर्वाचन अत्यन्त महत्त्वपूर्ण अवसर भएको उल्लेख गर्दै निर्वाचनमा सबै सक्रिय रुपमा सहभागि हुन आह्वान गर्नु भएको हो । प्रधानमन्त्री कार्कीले युवा पुस्तालाई भविष्यका राजनेता, नीति–निर्माता… पुरा पढौ

कुमुदिनी होम्समा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ

पोखरा, ८,फागुन पोखरा महानगपालिका वडा नं।४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले वार्षिक कार्यतालिकाअनुसार शुक्रवार अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । हरेक वर्ष विद्यालयले वार्षिक कार्यतालिकामा नै समावेश गरेर विद्यार्थीहरूमा सामान्य ज्ञानको दायरा फराकिलो होस् र विद्यालय र विद्यार्थीहरू बिचमा आपसी भाइचाराको सम्बन्ध बढोस् भन्ने मूल उद्देश्य राखेर पोखरामा रहेका विभिन्न विद्यालयहरू बिच हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । चौँथो संस्करणको प्रतियोगितामा आयोजक कुमदिनी होम्सका सक्षम गैह्रे, रिवाज लामिछाने र… पुरा पढौ

पर्यटन व्यवसायी जितु गुरुङ परिवारद्वारा कृष्ण प्रमोद प्रा.वि.मा डेढ लाखको अक्षयकोष, कम्प्युटर हस्तान्तरण

दीननाथ बराल,पोखरा, ८, फागुन, लमजुङको दोर्दी गाउँपालिका–३ स्थित मञ्जाङ लामागाउँमा रहेको कृष्ण प्रमोद प्रा.वि. लाई पोखराका पर्यटन व्यवसायी तथा वरपिपल रिसोर्टका सञ्चालक अमरजङ गुरुङ (जितु) परिवारले डेढ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुका साथै दुई थान कम्प्युटर, एक थान प्रिन्टर, खेल पोशाक हस्तान्तरण गर्नुभएको छ । विद्यालयको ५० औँ स्वर्ण जयन्ती तथा अभिभावक दिवसको अवसर पारेर गुरुङ र उहाँकी धर्मपत्नी शिला गुरुङले स्वर्गीय बुबा–आमाको स्मृतिमा रु. १ लाख ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको हो । साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा… पुरा पढौ

२५ औं आहा रारा पोखरा गोल्डकपमा इतिहास रच्ने दाउमा आयोजक सहारा र जावलाखेल (भिडियो सहित), शनिबार फाइनलमा भिड्ने

दीननाथ बराल,पोखरा, ८ फागुन २५ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को उपाधिका लागि आयोजक सहारा क्लव र जावलाखेल युथ क्लवबीच भोलि (शनिबार) दिउँसो २ बजे पोखरा रंगशालामा फाइनल खेलमा प्रतिष्प्रर्धा हुने भएको छ । १४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार सहितको उपाधि जित्दै इतिहास रच्ने दुवै टोलीले शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा दाबी गर्नु भएको हो । https://www.youtube.com/watch?v=EOLwHaJZzA0 समूह ‘ए’ बाट सहारा क्लवले सेमिफाइनलमा सर्वाधिक सफल टोली मनाङ मस्र्याङदी क्लब लाई सडेन डेथमा पराजित… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता पोखरामा सुरु

पोखरा, गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता शुक्रबारदेखि पोखरामा सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहल, पोखरा रंगशालामा आयोजित उद्घाटन कार्यक्रममा परिषदका सदस्य रविन्सन प्रजुले प्रतियोगिताको औपचारिक शुभारम्भ गरे। कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशमा खेलकुद विकासका लागि परिषद प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दशौं राष्ट्रिय खेलकुदको पूर्वतयारीका लागि यस्ता प्रतियोगिताहरूको भूमिका महत्वपूर्ण रहने बताए। प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा सम्पन्न… पुरा पढौ

अभिनेत्री माया गुरुङद्वारा सहारा एकेडेमीका बालकलाई ३० थान फुटबल बुट सहयोग

पोखरा, ८, फागुन, अभिनेत्री माया गुरुङले सहारा फुटबल एकेडेमीका बालकहरुलाई फुटबल बुट सहयोग गरेकी छन् । पोखरा रंगशालामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकप अवसरमा उनले एकेडेमीका ३० जना बालकहरुका निम्ति ३० जोडी फुटबल बुट सहयोग गरेकी हुन् । सहारा हङकङका सल्लाहकार समेत रहेकी अभिनेत्री गुरुङले यसअघि पनि एकेडेमीमा सहयोग गर्दैआएकी थिइन् । उनको निर्माण बनेको नेपाली फिल्म ‘पेन्सनपट्टा’ ले दुई साताअघि मात्र छायांकन सकाएको छ । लमजुङ लगायतमा छायाकन गरिएको यो फिल्मका निर्देशक माओत्से गुरुङ हुन् ।… पुरा पढौ

सिक्लेसको दिगो पर्यटनको लागि उम्मेदवार राजकाजी गुरुङ कटिवद्ध

पोखरा, कास्कीको पर्यटकीय गाउँको दिगो पर्यटनको लागि कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ(करण) कटिवद्ध भएको बताउनु भएको छ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवार करणको घरदैलो कार्यक्रमका क्रममा सिक्लोसीहरुसंग भेटघाट गर्दै उहाँले सिक्लेसको दिगो र पर्यापर्यटनको बिषयमा आफु गम्भिर भएको बताउनु भएको हो । उहाँले मादी गाउँपालिका वडा नम्बर १ स्थित पर्यटकीय गाउँ सिक्लेस मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । रदैलोका क्रममा सिक्लेस आमा समूहले उम्मेदवार गुरुङसहितको टोलीलाई भव्य स्वागत गर्नु भएको थियो… पुरा पढौ

कुमुदिनीमा जेनेरेटिभ एआई शिक्षण कार्यशाला

पोखरा, ७ फागुन पोखराको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आज (बिहीवार) विद्यालयका शिक्षकहरूका लागि जेनेरेटिभ एआई शिक्षणबारे एक दिने कार्यशाला गरिएको छ । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले कार्यशालाका लागि आउनु भएका दुई जना विज्ञलाई स्वागत गर्दै आधुनिक प्रविधिको विकाससँगै शिक्षकहरू पनि प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष पालिखेले अबको शिक्षा परम्परागत तरिकाले मात्र सम्भव नभएको बताउनुभयो। “हामी त्यस्तो युगमा छौँ जहाँ विद्यार्थीहरू सूचना प्रविधिसँग निकै नजिक छन्। यदि शिक्षकले समयअनुसार आफूलाई अपडेट गरेनन् भने उनीहरू विद्यार्थीभन्दा पछि पर्ने डर हुन्छ… पुरा पढौ

दोस्रो त्रिभुवन स्मृति कप सुरु, स्वास्थ्य शिविरबाट १ सय जना लाभान्वित

पोखरा, पोखरा—२२ पुम्दी भुम्दीको ठुलिबिडी सिम्लेपाखा खेलमैदानमा आज (विहिबार) देखि सुरु भएको दोस्रो त्रिभुवन स्मृति कप फाइप ए साइड फुटवल प्रतियोगिता अन्तर्गत पहिलो दिन ११ वटा खेलहरू सम्पन्न भएका छन्। प्रतियोगिताको अवसरमा पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.को सहकार्य मा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १ सय जना सेवाग्राहीहरूले प्रत्यक्ष लाभ लिएको परिवर्तन युवा क्लबका अध्यक्ष सुदिप बरालले पोखराक्लिकलाई बताए । शिविरमा सामान्य स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक औषधि वितरण गरिएको उनले जनाए । कार्यक्रमका प्रमुख अतिथि गण्डकी… पुरा पढौ

राष्ट्रिय प्रजातन्त्र दिवस एवं दशौं निर्वाचन दिवसको अवसरमा कास्की कारागारमा फलफूल वितरण, कास्की कारागारबाट अझै १ सय ४३ कैदी फरार

दीननाथ बराल, पोखरा, ७ फागुन आज फागुन ७ अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । उक्त दिवस तथा दशौं निर्वाचन दिवसको अवसरमा जिल्ला मूल समारोह समिति कास्की र प्रदेश निर्वाचन कार्यालय, पोखराको संयुक्त आयोजनामा आज (विहिबार) कास्की कारागारमा रहेका बन्दीहरूलाई फलफूल वितरण गरिएको छ । कास्की कारागारमा रहेका कैदी बन्दीहरुको बस्तु स्थिती बुझ्दै उक्त दिवसमा फलफुल वितरण गरिएको मुल समारोह समितिले पोखराक्लिकलाई जनाएको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले प्रजातन्त्रको सार्थक कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य आधार भएको उल्लेख… पुरा पढौ