देश तथा समाज पत्रिका

शुक्रबार पोखरा रंगशालामा धन बहादुर गुरुङ सांगीतिक साँझ हुने

पोखरा, ६ फागुन, पोखरा रंगशालामा यही फागुन ८ गते (शुक्रबार) ‘धन बहादुर गुरुङ साँझ २०८२’ हुने भएको छ । तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशको आयोजनामा हुने कार्यक्रमको तयारी पुरा भएको आयोजकले आज (बुधबार) पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । गायक धन बहादुर गुरुङको सम्मान र ‘तमु (गुरुङ) कलाकार कल्याणकारी कोष’ स्थापनार्थ हुने कार्यक्रमको तयारी भव्य भइरहेको तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । कार्यक्रममा स्रष्टा गुरुङका वि.सं. २०४५ देखि हालसम्मका… पुरा पढौ

बागलुङमा  इटालियन प्रजातिका स्याउ फलाउने किसान देखि गण्डकी प्रदेशका ५ पालिकाका ५५ जना उद्यमी पोखरामा (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ५ फागुन “उद्यमशील गण्डकी” अभियानअन्तर्गत छनोट भएका गण्डकी प्रदेशका पाँच पालिकाका ५५ जना उत्कृष्ट ग्रामीण उद्यमी तीन दिने आवासीय नवप्रवर्तनशील नेतृत्व तथा व्यवस्थापन कार्यशालाका लागि पोखरामा भेला भएका छन् । समृद्धि उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रममार्फत ग्रामीण अर्थतन्त्रलाई रोजगारी सिर्जनाको गतिशील इन्जिन बनाउने लक्ष्यका साथ उक्त कार्यक्रम सुरु भएको हो । https://www.youtube.com/watch?v=ZPITTfJ6HfY इटालियन प्रजातिका स्याउ फलाउने किसान । कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले ग्रामीण उद्यमशीलता समावेशी आर्थिक विकासको आधार भएको उल्लेख गरे। “यी… पुरा पढौ

पोखरामा मापसे गरेर स्कुल बस चलाउने पुनः ५ जना चालक पक्राउ

पोखरा, ५ फागुन, जिल्ला प्रहरी कार्यालय, कास्कीले मादक पदार्थ सेवन ९मापसे० गरी स्कुल बस चलाउने पाँच जना चालकलाई पुनः नियन्त्रणमा लिएको छ। सोमबार अनुगमनका क्रममा पाँच चालक कारबाहीमा परेका भोलिपल्ट पुनः थप पाँच जना फरक बिद्यालयका बस चालक मापसे गरेको अवस्थामा भेटिएपछि कारबाही गरिएको प्रहरीले पोखराक्लिकलाई जनाएको छ। पोखराका विभिन्न स्थानबाट स्कुल बस चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउने गरेको जनगुनासो आएपछि आज ९मंगलबार० बिहान करिब ४ बजे ट्राफिक प्रहरीसहित संयुक्त चेकिङ टोली परिचालन गरिएको थियो। चेकजाँचका क्रममा पाँच… पुरा पढौ

रेनु दाहाल थारु बस्तीमा

चितवन चितवनको माडीमा चितवन क्षेत्र नं. ३ मा नेपाली कम्यूनिष्टको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार रेनु दाहालले थारु गाउँहरू घरदैलो तीव्र बनाएकी छिन् । रेनुसगैँ कम्यूनिष्ट पार्टीबाट समानुपातिकी उम्मेदवार बनेकी निशा न्यौपाने पनिसँगै देखिएपछि कार्यकर्ताहरु अत्यन्तै उत्साहित देखिए । मंगलबार माडी नगरपालिका वडा नं।३ को सिमरा, धोबाहा, बसन्तपुर बजार, पौहारी लगायतका गाउँठाउँमा दाहालको घरदैलो सञ्चालन भएको हो । चुनावी घरदैलोका क्रममा आएकी दाहालसहित नेताहरुलाई पञ्चेबाजा बजाउँदै नाँच्दै नेकपाका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए । ठूलो संख्यामा उपस्थित रहेका मतदाताहरुसंगै बिहान ९ बजेदेखि… पुरा पढौ

सामाजिक सञ्जालमा भाइरल भएको यात्रुलाई कुट्ने जिप चालक प्रहरी नियन्त्रणमा

काठमाडौं , जिल्ला काठमाडौंको नारायणगोपाल चोकस्थित सडक खण्डमा सार्वजनिक स्थलमै पैदलयात्रीमाथि हातपात तथा दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिप चालक प्रहरी नियन्त्रणमा परेका छन्। बा ३ च ११०३ नम्बरको निजी जिप चालक, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षीय पारस बमलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। भिडियो सार्वजनिक भएसँगै घटना सम्बन्धमा प्रहरी र ट्राफिक प्रहरीले चासो दिँदै चालकको खोजी थालेका थिए। प्रहरीका अनुसार सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको भिडियोमा चालकले सडकमा पैदलयात्रीलाई कुटपिट तथा… पुरा पढौ

मनाङ र आयोजक सहारा क्लव बुधबार सेमिफाइनलमा भिड्ने, उज्वेकिस्तानको आबा फुटवल क्लव आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा, प्रशिक्षको भनाई (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ५ फागुन, पाहुना टोली उज्वेकिस्तानको आबा फुटवल क्लव २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को सेमिफाइनलमा यात्रा तय गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज (मंगलबार) भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली आबा फुटवल क्लवले युवा खेलाडीले भरिएको प्लानिङ व्वाईज यूनाइटेडलाई १—० को झिनो गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा यात्रा तय गरेको हो । https://www.youtube.com/watch?v=QAVgutbtoqQ आबा फुटवल क्लवको जितमा उमिदजोन करिलोभले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ५६ औं मिनेटबाट करिब… पुरा पढौ

एमाले कास्की–२ को प्रतिबद्धता पत्र सार्वजनिक (भिडियो सहित)

पोखरा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की निर्वाचन क्षेत्र नम्बर २ ले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, एमालेका केन्द्रीय सदस्य प्रभा कोईराला, एमालेका पूर्व केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, प्रतिनिधिसभा सदस्य उम्मेदवार रश्मी आचार्य, समानुपातिक तर्फका उम्मेदवार दिपक पौडेल, एमाले कास्कीका कार्यवाहाक अध्यक्ष भेषराज बरालसहितले सो प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । https://www.youtube.com/watch?v=gtjQMhWpzHM मंगलबार सार्वजनिक प्रतिबद्धता पत्रमार्फत एमालेले सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्ध कास्की निर्माणको विस्तृत खाका अघि… पुरा पढौ

पोखराका केही विद्यालय बस चालक नै मापसेमा परे, पोखरा महानगरको चासो

दीननाथ बराल, पोखरा, ४ फागुन, पोखराका केही विद्यालय बस चालकहरू नै मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने गरेका छन् । ट्राफिक प्रहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको चेकिङमा पोखराका केही स्कुल बसका चालकहरुले नै मापसे गरेर बस संचालन गरेको पुष्टि भएको हो । स्कुल बस चालकहरूले मादक पदार्थ सेवन (मा.प.से.) गरी सवारी साधन चलाउने गरेको गुनासो व्यापक आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले चेकिङ गर्ने अभियान सुरु गरेको हो । आज (सोमबार) बिहान करिब ९ः३० बजे जिल्ला प्रहरी… पुरा पढौ

क्रियापुत्री भवन बनाउन आमा समूहको सहयोग

पोखरा, ४ फागुन, पोखरा महानगरपालिका वडा नम्बर ५, ६, ७ र १८ को संगमस्थल बासेको पधेरोमा निर्माणाधीन आवासीय क्रियापुत्री भवनका लागि आमा समूहबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको छ। जरेवर उज्वल दिदी बहिनी समूहले भवन निर्माणका लागि ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो । समूहकी अध्यक्ष शान्ति पौडेलले क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष ठाकुरप्रसाद बराललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी छन् । आवासीय क्रियापुत्री भवन अभावका कारण विभिन्न जिल्लाबाट पोखरामा आएर व्यापार, व्यवसाय गर्दै… पुरा पढौ

कास्की १ का उम्मेदवार राजकाजि गुरुङ करण मादी गाउँपालिकामा मतदातासँग भेटघाटमा व्यस्त

पोखरा, प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार राजकाजि गुरुङले मादी गाउँपालिकामा मतदातासँग घरदैलो कार्यक्रम तीव्र पारेका छन्। कार्यक्रम वडा नंं. ५ को ठुलोस्वाँराबाट सुरु भई चित्रे मगरगाउँ, भैसे, वडा नं. ४ तारकाङ–माझाहाटी, वडा नं. ३ याङ्जाकोट–देउराली तथा वडा नं. २ को घाम्राङ र ताङतिङ लगायतका स्थानमा सम्पन्न भएको छ। घरदैलोका क्रममा ठुलोस्वाँराका भीम गुरुङले २०६४ सालमा तत्कालीन नेकपा माओवादीका उम्मेदवार देव गुरुङलाई मतदान गरेर विजयी बनाएको स्मरण गर्दै यसपटक पनि गुरुङ समुदायका छोरा राजकाजि गुरुङ उम्मेदवार बन्नु सबैका लागि… पुरा पढौ