देश तथा समाज पत्रिका

पोखरा स्पोर्टस् अवार्डलाइ मदन भण्डारी स्पोर्टस् एकेडमीको सहयोग

वैशाख ६, पोखरा, नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डलाई भव्य बनाउन विभिन्न संघ–संस्थाले नगद तथा प्रयोजन सहयोगको घोषणा गरिरहेको अवस्थामा मदन भण्डारी स्पोर्टस् एकेडेमीले भने १ सय टिसर्ट सहयोगको घोषणा गरेको हो । शुक्रबार एकेडेमीका अध्यक्ष ध्रुव आचार्य र मञ्चका अध्यक्ष एमबि आस्था मगर बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एकेडेमी खेल क्षेत्रको विकासमा अग्रसर रहँदै आएको र… पुरा पढौ

भिटोफ गण्डकीको दशौं साधारण सभा धिताल गाउँमा सम्पन्न

पोखरा, हरेक गाउँ पर्यटकीय ठाउँ‘ भन्ने मुल नाराका साथ गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको दशौं साधारण सभा शनिबार माछापुच्छ्रे गाउँपालिका वडा नं. ६, धितालमा सम्पन्न भयो । साधारणसभाका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले उद्घाटन गर्दै माछापुच्छ्रे गाउँपालिका पर्यटकको लागि पहिलो रोजाईमा आउनुमा पर्यटन व्यवसायीहरुको हात रहेको वताउँदै गाउँपालिकाले पर्यटकीय क्षेत्रमा व्यवसाय मैत्री वातावरणमा जोड दिएको वताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले नेपालमा ग्रामिण पर्यटनको प्रचुर सम्भावना रहेको वताउँदै पर्यटनवोर्ड व्यवसायीको साथमा रहेको… पुरा पढौ

मनुश्री भिग्नजीतमा दर्शिल र सारालाई दोहोरो उपाधी

बैशाख ६,पोखरा, पोखरामा सम्पन्न चौथो मनुश्री भिग्नजीत जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाण्डौकी सारा पन्तले दुई स्वर्ण जितेका छन् । दर्शिलले १६ वर्ष मुनिको ब्वाइज सिंगल र ब्वाइज डबल्सतर्फको उपाधी जित्दा साराले गल्र्स यु–१४ र यु–१२ दुवै इभेण्टमा प्रथम स्थान हाँसिल गरिन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा असव सम्राट हाडालाई ६–१, ६–४ को सोझो सेटमा पराजित गर्दै दर्शिलले सिंगलतर्फको उपाधी जितेको हुन् । दर्सिलले ब्वाइज डबल्सतर्फ पनि उपाधि जित्न… पुरा पढौ

पत्रकारलाई अदालती रिपोर्टिङ सम्बन्धी तालिम

पोखरा, ६ वैशाख, नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरुका लागि अदालती रिपोर्टिङ सम्बन्धी तालिम दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहयोगमा भएको तालिम शुक्रबार र शनिबार भएको थियो । तालिममा प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा अनलाइनखबर डटकमका प्रधानसम्पादक शिव गाउँले र कास्की जिल्ला अदालतका अदालत रजिष्ट्रार राजन खनालले शनिबार प्रशिक्षण दिएका थिए । पहिलो दिन शुक्रबारमुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पूर्वसचिव धर्मराज कुइकेल र प्रदेश पुस्तक तथा सञ्चार समन्वय महाशाखाका प्रमुख पार्वती लामिछानेले प्रशिक्षण दिएकी थिइन् ।… पुरा पढौ

दमौलीमा मधुमेह र थाइराइड सित्तैमा जाँच

पोखरा, ६ वैशाख, लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजनामा शनिबार दमौलीमा निःशुल्कस्वास्थ्य शिविर भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय ४१ जनाको सित्तैमा मधुमेह र थाइराइड जाँच गरिएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले गुणस्तरीय ल्याबका सेवा र विशेष विशेषता प्राप्त चिकित्सको परामर्श सित्तैमा उपलब्ध गराउने कार्य प्रशंसनीय भएको बताए । मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डा उमानाथ अधिकारीले मधुमेह आफैंमा रोग नभए पनि हेलचेक्राई गरे यसले ज्यानैसमेत जान सक्ने जोखिम हुने जनाए… पुरा पढौ

पोखरा क्लिक अनलाइनको निःशुल्क स्वास्थ्य शिविर, नेपाल कै एक मात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ पहिलो पटक पोखरामा

पोखरा ६, वैशाख नेपाल कै एकमात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ (MBBS, MD, DM, FESID) धर्मागत भट्टराईबाट गण्डकी प्रदेशमै पहिलो पटक पोखरा आउने भएका छन् । उनलाई पोखरासम्म ल्याउने जाँचोपाँजो पोखरा क्लिक अनलाइन सञ्चार गृहले जुराएको हो । पोखरा क्लिकको आयोजना, पोखरा नयाँबजारमा सञ्चालनमा आउँदै रहेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोग र पोखरा ९ वडा कार्यालयको समन्वयमा सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविर तथा परामर्शका लागि भट्टराई पोखरा आउन लागेका हुन् । प्रतिरक्षा तथा बाल बाथरोगको पहिचान गर्नमा समस्या,… पुरा पढौ

आमाबाट पनि नागरिकता पाउनु पर्छ, छिट्टै कानून आउछः गृहमन्त्री लेखक (भिडियो सहित)

दीननाथ बराल, पोखरा, ६, वैैशाख, नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले आमाको नामबाट समेत नागरिकता उपलब्ध गराउन कानून आउन लागेको बताउनु भयो । नेपाल प्रेस यूनियन कास्कीले आज (शनिबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले अब छिट्टै आमाको नामबाटै नागरिकता दिने कानूनि व्यबस्था मिलाउने जनाउनु भएको हो । आमाको नामबाट नागरिकता दिने प्रकृया अघि बढे पनि कानूनि झनझटले गर्दा नसकिएको उहाँले बताउनु भयो । https://www.youtube.com/watch?v=5uuFkPoyEPg पूर्व राजाबादीको नाममा वा अन्य कुनैको नाममा देशमा संविधानको व्यबस्था नै बदल्ने गरी हिंसात्मक… पुरा पढौ

गण्डकी कोटिहोम महायज्ञ उपयुक्त स्थानमा भएको छ,सबै मिलेर सफल पारौंः वडा अध्यक्ष दिवशमान प्रधानाङ्गा

पोखरा महानगरपालिका वडा नं। १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को पूर्वसन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचनको कार्यक्रममा अहिले स्थानिय भक्तजन लगायत अन्य साधुसन्त र स्थानिय लब्धप्रतिष्ठित संगै राजनेताहरुको उपस्थिती बड्दै गएको छ । यसैविच सनिवार देवी प्रतिभाले कथा प्रवचन सुरु गरेको पहिलो दिन प्रमुख अतिथीको रुपमा पोखरा महानगरपलिका वाड नं। २ का वडा अध्यक्ष दिवशमान प्रधानाङ्गाको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी भएका वडा अध्यक्ष दिवशमान प्रधानाङ्गाले पोखराको कोटिहोम महायज्ञ उपयुक्त स्थानमा सञ्चालन भएको बताएका छन्… पुरा पढौ

उत्प्रेरणा साँगीतिक मञ्चमा बालबालिकाको प्रतिभा प्रस्फुटन

पोखरा, पोखराको रानीपौवामा रहेको जोजिजू म्युजिक सेन्टरले यहाँ उत्प्रेरणा साँगीतिक मञ्च २०८२ कार्यक्रम आयोजना गर्यो । बिद्यार्थीहरुको बिदाको समयको सदुपयोग गर्दै गीत तथा सङ्गीत सिकेका बाबुनानीलाई मञ्च प्रदान गर्नको लागि उक्त कार्यक्रमको आयोजना गरिएको सेन्टरका प्रबन्ध निर्देशक एवं गायक विनीत जोजिजूले बताउनु भयो । पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा बिहीबार भएको कार्यक्रमले वार्षिक परीक्षा दिएपछिको खाली समयको सदुपयोग गरेका बालबालिकाहरूले गीतसङ्गीत र बाद्यवादन सम्बन्धी कला प्रतिभा प्रष्फुटन गरिएको उहाँले जनाउनु भयो । ग्लोबल कलेजियट स्कुलका संस्थापक प्राचार्य बाबुराम पन्तको प्रमुख… पुरा पढौ

गण्डकी कोटिहोम उत्सवको रौनक

पोखरा, ५ वैशाख, पोखरा १७ स्थित विरौटामा हाल सञ्चालनमा रहेको ऐतिहासिक गण्डकी कोटिहोम महायज्ञ धार्मिक मात्र होइन, सामाजिक, सांस्कृतिक र जनस्तरसम्मको सहभागिताको महाउत्सव बनेको छ। महायज्ञको एक विशेष दिनमा तीनवटा महत्वपूर्ण शुभकार्य सम्पन्न हुनुका साथै, कार्यक्रममा जनप्रतिनिधिहरू र विशिष्ट व्यक्तित्वहरूको झुल्का र सहभागिताले महायज्ञलाई अझै उल्लासमय बनेको छ । महायज्ञको प्रारम्भिक तयारीस्वरूप केही महिना अगाडि पोखरा–६ लेकसाइडमा भूमिपूजन गरिएको भए पनि विविध कारणले महायज्ञको स्थान परिवर्तन गर्दै पोखरा–१७ को विरौटा क्षेत्रमा स्थानान्तरण गरिएको हो । नयाँ स्थानमा समारोहको विधिपूर्वक पुनः… पुरा पढौ