
कास्की,
नेपालले आफ्नो सत्रौँ स्थापना दिवस विशेष कार्यक्रम यही श्रावण ४ गते सम्पन्न गरेको छ । विभिन्न विद्यार्थी र शिक्षक केन्द्रित कार्यक्रम गर्दै आएको परिषद्ले यसपालि समाजसेवा र मानवसेवामा आफूलाई समर्पित गराउँदै पोखरा महानगरपालिका – २५ हेमजामा अवस्थित मानव सेवा आश्रममा खाद्यान्न तथा फलफूल वितरण कार्यक्रम गर्यो ।
परिषद्का अध्यक्ष सूर्यप्रसाद लम्सालको अध्यक्षतामा भएको आौपचारिक कार्यक्रममा परिषद्का कार्यसमितिका सदस्यहरू , सल्लाहकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै परिषद्का सल्लाहकार लोकचन्द्र खनालले भाषा शिक्षण र शिक्षण क्रियाकलापमा महत्त्वपूर्ण कार्य गर्दै आइरहेको परिषद्ले मानवसेवामा पनि आफूलाई अगाडि बढाएकामा खुसी व्यक्त गर्नुभयो र यस्ता कार्यक्रममा पनि जोड दिन आग्रह गर्नुभयो ।
परिषदका महासचिव शिवहरि सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य विक्रम पौडेलले राख्नुभएको थियोे भने कार्यक्रमको संयोजन इन्दिरा सापकोटाले गर्नुभएको थियोे ।





