देश तथा समाज पत्रिका

पोखरा भ्रमण बर्षमा २० लाख पर्यटक भित्राउने उद्धेश्य सहित बर्ष भरी विभिन्न पर्यटन प्याकेज र प्रबद्र्धन कार्यक्रम हुने

दीननाथ बराल,पोखरा १, फागुन, पोखरामा २० लाख पर्यटक भित्राउने उद्धेश्य सहित पोखरा भ्रमण बर्ष २०२५ को घोषणा हुने भएको छ । नेपाल सरकारका उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलको विशेष उपस्थितिमा भव्य समारोहका बिच पोखरा भ्रमण वर्षको घोषणा गर्ने तयारी गरिएको पोखराका मेयर धनराज आचार्यले विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताए । भ्रमण वर्ष घोषणाको पुर्वसन्ध्यामा पोखराका ३३ वटै वडाहरूबाट पहिचान सहितका झाँकी ¥याली पोखरा प्रदर्शनी केन्द्रसम्म गरिने भएको छ । पोखरालाई गत वर्ष मात्रै पर्यटन राजधानी सहर… पुरा पढौ

उज्विकिस्तानको ब्ल्याक बुल्स र थ्रि स्टार क्लव फाइनल यात्राको लागि आज भिड्दै

दीननाथ बराल, पोखरा १, फागुन, पोखरामा जारी २४ औं सस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८१ अन्र्तगत आज (विहिबार) दोश्रो सेमिफाइनल खेलमा उज्विकिस्तानको ब्ल्याक बुल्स फुटवल क्लव र थ्रि स्टार क्लव बिच खेल हुने भएको छ । आज दिउसो २ः०० बजे पछि उक्त खेल हुने भएको प्रतियोगिताका संयोजक पूर्ण बहादुर गुरुङले बताउनु भयो ।आजको बिजेताले नेपाल पुलिससंग उपाधिको लागि फागुन ३ गते शनिबार फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएको छ । यसैबिच बुधबार भएको खेलमा नेपाल पुलिस क्लवले जितहासिल… पुरा पढौ

नेकपा (माओवादी केन्द्र) बागलुङ पोखरा सम्पर्क समन्वय समितिको अध्यक्षमा शर्मा

पोखरा २९, माघ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङ पोखरा सम्पर्क समन्वय समितिको प्रथम अधिवेशन मंगलबार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले कुलचन्द्र शर्माको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा छमकुमारी बस्नेत, प्रेमबहादुर रोका, रन्जना राई, सचिवमा कुलबहादुर बुढा (प्रेम), कोषाध्यक्षमा पवित्रा थापा र सहसचिवमा रविन कुमार विश्वकर्मा रहेका छन् । साथै सदस्यहरुमा रिम पुन, होमनाथ शर्मा, नन्दलाल शर्मा, लक्ष्मी प्रसाद आचार्य, देवान श्रीस, काशिराम पौडेल, निरज कँडेल, विष्णु बस्नेत, कुलचन्द्र थापा खिम,… पुरा पढौ

पार्टीले जनतासंग जोडिएका मुद्धामा एक भई अघि बढ्ने कास्की इन्चार्ज अधिकारीको भनाई

पोखरा २९, माघ. नेकपा माओवादी (केन्द्र) पार्टीले जनतासंग जोडिएका मुद्धामा एक भई अघि बढ्ने पार्टीका कास्की इन्चार्ज नेत्रनाथ अधिकारी (हिमाल) ले बताउनु भयो । गण्डकी प्रदेशसभाका पुर्व सभामुख समेत रहनु भएको अधिकारी र पर्वत जिल्ला इन्चार्जको जिम्मेवारी प्राप्त गर्नुभएका केन्द्रीय सदस्य सुदिप कुँवर (अजय)लाई आज नेकपा (माओवादी केन्द्र) पर्वत पोखरा सम्पर्क समन्वय समितिले एक कार्यक्रमका बिच बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको छ । हालै सम्पन्न नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समितिको बैठकले गरेको कार्यबिभाजन अनुसार कास्की जिल्ला… पुरा पढौ

विरेन स्मृति कपमा ‘गन्नी एफसी’ च्याम्पियन, विकास परियार बने सर्वोत्कृष्ट

पोखरा, २९ माघ, पोखरा महानगरपालिका–१ टुंडिखेलमा सम्पन्न आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ । ‘हामी एक हौं’ भन्ने नारासहित सामाजिक क्षेत्रमा क्रियाशिल बुद्धटोल युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा रामघाटलाई १–० गोल अन्तरले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बनेको हो । गन्नीको जीतमा विकास परियारको गोलनै निर्णायक बन्यो ।च्याम्पियन बनेको गन्नी एफसीले नगद रु १ लाख ८१ हजार १ सय ११, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त… पुरा पढौ

पाहुना टोली थन्डर नर्थलाई पराजित गर्दै उज्विकिस्तानको ब्ल्याक बुल्स क्लव आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा

दीननाथ बराल, पोखरा २९, माघ, पाहुना टोली उज्विकिस्तानको ब्ल्याक बुल्स फुटवल क्लव पोखरामा जारी २४ औं सस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटवल मैदानमा आज (मंगलबार) भएको अन्तिम तथा चौथोे क्वाटरफाइनल खेलमा पाहुना टोली भारत सिक्किमको थन्डर नर्थ यूनाइटेड फुटवल क्लवलाई ३—० को गोल अन्तरले पराजित गर्दै ब्ल्याक बुल्स सेमिफाइनलमा यात्रा तय गरेको हो । ब्ल्याक बुल्सको जितमा इस्लोम्जोम अब्दुकोडिरोभ, सइदजामोल दवलतजोनोभ र शभकात्जोन सत्तोरोभले एक÷एक गोलको योगदान दिनुभयो… पुरा पढौ

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थाल्न मन्त्री थापाको निर्देशन

पोखरा प्रदेश खेलकुद परिषदको दशौं पूर्ण बैठक पोखरामा मंगलबार सम्पन्न भएको छ । बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, आसन्न प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि आवश्य अपुग रकम प्रदेश सरकार संग आग्रह गर्ने लगायतका निर्णय गरेको छ भने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गर्न जिल्ला खेलकुद विकास समितिहरुलाई परिचालन गर्ने निर्णय गरेको छ । बैठकको अध्यक्षता गरेका गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थाल्न निर्देशन दिए । उनले विगतको शाखलाई… पुरा पढौ

माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

माघ २९, हेमजा, कास्की माछापुच्छ्रे गाउँपालिका वडा न(९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता – २०८१,को सम्पुर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष सुक ब। तामाङले बताए । सिधिङ युनाईटेडले क्लबको वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो । माछापुच्छ्रे गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा न(९, का अध्यक्ष हरि ब। क्षेत्रीले स्थानियमा उत्साह उमंग देखिएको छ, त्यसैले प्रतियोगिताले समग्र माछापुच्छ्रे« गा।पाको खेलकुद क्षेत्रको विकास सँगै कला, संस्कार र संकृतिको जगेर्ना… पुरा पढौ

आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा

पोखरा, पोखराको मुस्ताङचोकमा नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । स्थापनाको १३ औं बर्षको उपलक्ष्यमा सो नवनिर्मित अत्याधुनिक भवन संचालनमा ल्याइएको हो । करिब १८ करोडको लगानी रहेको सो अस्पतालमा इमर्जेन्सी लगायत २५ शय्या रहेका छन् । यस अगाडि पोखरा–१७ बिरौटामा रहेर सेवा दिइरहेको थियो । पेट, छाती, मुटु, हाडजोर्नी, नशा, बाथ, जोर्नी प्रत्यारोपण, स्पोर्टस इन्जुरी, स्त्री तथा प्रसुति, निसन्तान (बाझोपन), बालरोग लगायतका विशेषज्ञ सेवाहरु रहेका छन् । अस्पतालमा आईसियुको आवश्यकतालाई महसुस गरी अस्पतालले ६… पुरा पढौ

एशिया कपका लागि ट्राईयाथलन टोलीलाई बिदाई

भरतको चेन्नाई सहरमा आयोजना हुने एशिया ट्राइयाथलन कपमा सहभागी हुन जाने नेपाली ट्राइयाथलन टोलीलाई आज बिदाई गरियो । संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र महासचिव युवराज सुनुवारले टोलीलाई बिदाई गरेका हुन् । चेन्नाई जाने टोलीमा पुरुष तर्फ मौलिक महजैन र यजु महर्जन तथा महिला तर्फ युस्का महर्जन रहेका छन् । यस्तै टिम ब्यवस्थापकमा मिकेन महर्जन र निर्णायकहरुमा शुभ श्रेष्ठ र बिनोद तण्डुकार रहेका छन् । फागुण ४ ९१६ फेबु्रअरी०मा आयोजना हुने एशिया कपमा सहभागी हुन मौलिक महर्जन र युस्का महर्जन… पुरा पढौ