देश तथा समाज पत्रिका

१७ औं हिसान स्पोर्टस मिटमा प्रतिभा च्याम्यिन, रनिङ्ग शिल्ड माथि पनि कब्जा

पोखरा १४, मंसिर, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीकोआयोजनामा पोखरामा शुक्रबार १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ सम्पन्नभएको छ । पोखरा रंगशालामा सम्पन्न १७ औं हिसान स्पोर्टस मिटमा प्रतिभा मावि च्याम्पियनभएको छ । १७ औं हिसान स्पोर्टस मिटमा समावेश चार खेलमा नै प्रतिभाले आफ्नोदह्रो उपस्थिती जनाउँदै सम्पन्न प्रतियोगिताको छात्र–छात्रा बास्केटबलमा प्रथमहुँदै ७–७ अब्क, छात्र भलिबलमा प्रथम स्थान प्राप्त गरी ७ अब्क, ब्यामिन्टन रटेबुल टेनिसमा समग्रमा दोस्रो स्थानमा रहि ५–५ अब्क प्राप्त गर्दै कुल ३१अब्कका साथ प्रतिभा… पुरा पढौ

मंसिर २९ गते पोखरामा पुनमगर समाजको दोश्रो राष्ट्रिय अधिवेशन हुने

पोखरा १३, मंसिर, नेपाल पुनमगर समाज केन्द्रिय समिती पोखरा कास्कीको दोस्रो राष्ट्रिय अधिवेशन आगाामी मंसिर २९ गते पोखरामा हुने भएको छ । पोखरा सभागृहमा संचालन हुने उक्त कार्यक्रमको पूर्व सन्ध्यामा बिहान ११ः०० बजे मानव अधिकारचोकबाट झाँकी सहितको र्याली पोखरामा प्रर्दशन गरिने भएको संस्थाका अध्यक्ष हर्क बहादुर पुनमगरले बताउनु भयो ।“मगरखाम मातृभाषा, संस्कार, संस्कृति र भेषभुषा हाम्रो जातिय पहिचान ! सम्पूर्ण मगर एकताको पक्षमा नेपाल पुनमगर समाजको दोस्रो राष्ट्रिय महाधिवेशन !!” भन्ने मुल नाराका साथ उक्त कार्यक्रम हुने तयारी गरिएको उहाँले… पुरा पढौ

टिकटकले पर्यटन र शिक्षा क्षेत्रमा योगदान दिने

पोखरा ,१३ मंसिर, पछिल्लो समयमा चर्चीत सामाजिक संजाल टिकटकले नेपालको पर्यटन र शिक्षाको क्षेत्रमा योगदान दिने भएको छ । पर्यटन क्षेत्रमा पर्यटन प्रर्बद्धन गर्ने र शिक्षा क्षेत्रमा शिक्षा मुलक समाग्रिहरु प्रस्तुतः सहित कठिन बिषयहरु समेत टिकटकमा अध्ययन गर्ने गराउने वातावरण सृजना गर्न लागिएको नेपाल सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनु भयो । सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल सिंहदरबार काठमाण्डौंको आयोजनामा बुधबार पोखरामा आयोजित गण्डकी प्रदेशसंग समावेशी प्रसारण सम्बन्धमा मन्त्री गुरुङसंगको समाचार तथा कार्यक्रम… पुरा पढौ

काँग्रेस – एमाले संयन्त्रको बैठक

पोखरा, १३ मंसिर नेपाली काँग्रेस कास्की र नेकपा एमाले कास्कीको दुई दलीय संयन्त्रको बैठक विहीबार बसेको छ । कास्की काँग्रेसका सभापति किशोरदक्त बरालको अध्यक्षतामा बसेको बैठकले विभिन्न दुई वटा निर्णय गरेको छ । बैठकले ंदुई दलीय सयन्त्रले प्रधानमन्त्री के.पी शर्मा ओलीसँग भेटघाट गरी पोखराको विकास निर्माण बारे जानकारी गराइएको विषय उपलब्धमूलक भएको निष्कर्ष सहित समय उपलब्ध गराउने प्रधानमन्त्री प्रति हार्दिक आभार व्यक्त गरेको छ । त्यस्तै पोखरा महानगरपालिकाका विविध समस्या समाधानका लागि पहल र सहजिकरण गर्ने पनि निर्णय गरेको बैठकमा… पुरा पढौ

स्पेनिस खुला च्याम्पियनशिप क्योकुशिन कराँतेको मुख्य रेफ्रि नेपाली प्रशिक्षक रुम्बा

पोखरा १३, मंसिर, स्पेनमा हालै आयोजित १० औं (ल्क्ष्ल्त्ब्क्ष्) कप स्पेनिस खुला च्याम्पियनशिप क्योकुशिन कराँते प्रतियोगिता २०२४ मा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक एवं रेफ्री अशोक रुम्बा तामाङ मुख्य रेफ्रिको भूमिका निभाउनु भएको छ । स्पेन जस्तो देशमका आयोजना भएको प्रतियोगितामा मुख्य रेफ्रीको भूमिकामा निभाउने अवसर प्राप्त गर्नु समग्र नेपाल र कराँते खेलको समेत इज्जत बढेको रुम्बाले स्पेनबाट बताउनु भयो । उहाँले भन्नुभयो“ मलाई स्पेनमा विश्वास गरेर मुख्य रेफ्रिको भूमिका दिइएको थियो, जसलाई मैले मेरो वलबुताले भ्याएसम्म सहि न्याय दिने… पुरा पढौ

१७ औं हिसान स्पोर्टस मिटको समापन शुक्रबार हुँदै ः भलिबल र बास्केटबलका फाइनल खेल भोली हुँदै

पोखरा १३, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ को समापनसहित पुरस्कार वितरण कार्यक्रम शुक्रबार हुने भएको छ । स्पोर्टस मिट अन्तर्गत बिहिबार सम्पन्न प्लस टु (कक्षा ११–१२) छात्रा–छात्रा र विश्वविद्यालय विङतर्फका ब्याडमिन्टनका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत ब्याडमिन्टन प्लस टुतर्फ मदरल्याण्डले बाजी मारेको छ । समग्रमा मदरल्याण्डले माविले ७ अङ्क प्राप्त गर्दा प्रतिभा मावि दोस्रो हुँदै ५ र कास्की मोर्डनाइज्ड तेस्रो हुँदै ३ अङ्क… पुरा पढौ

निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधारः मन्त्री पाठक प्राविधिक जनशक्तिको सम्मानजनक व्यवस्थापन गर्नु राज्यको कर्तव्य

पोखरा, १३ मंसिर, गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन् । यस क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको भन्दै उनले निजी क्षेत्रसँगको सम्बन्धलाई गाढा बनाउँदै मिलेर काम गर्न आफूले चाहेको उल्लेख गरे । चरक इस्टिच्यूट अफ हेल्थ साइन्सले विहीबार आयोजना गरेको नयाँ विद्यार्थी स्वागत कार्यक्रममा उनले निजी क्षेत्रले अफ्ठ्यारा ठानेका विषयलाई हल गर्दै लगानीमैत्री वातावरण बनाउन आफूले ध्यान दिने पनि बताए। ‘मेडिकल कलेजहरूले उत्पादन गरेको प्राविधिक जनशक्तिलाई सहज र सम्मानजनक व्यवस्थापन गर्नु राज्यको… पुरा पढौ

भारतबाट पोखरामा पहिलो चार्टर्ड उडान

दीननाथ बराल,पोखरा १३, मंसिर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज मित्र राष्ट्र भारतबाट पहिलो चार्टर्ड उडान भएको छ । भारतको दिल्लीबाट पोखराको लागि विहिबार साँझ ५ः५० बजे जेल एयरको सानो जहाज पोखरामा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसुधा सुवेदीले बताउनु भयो । क्रु सहित ४ जना यात्रु लिएर आएको बिमान भोलि दिउँसो ४ः४० बजे बंगलादेशका लागि उडान हुने भएको उहाँले जनाउनु भयो । ३५ हजार तौल भएको पाइभेट सिंगल इन्जिन जेट बिमान भाराट पोखरामा पहिलो पटक आएको हो ।पोखरा विमानस्थल संचालन… पुरा पढौ

तनहुँको यातायात र पूर्वाधार कार्यालयमा भौतिकमन्त्रीको निरीक्षण

पोखरा, १३ मंसिर, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय, डुम्रे र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा। महेन्द्र बानियासहितको टोली निरीक्षणमा पुगेको हो । मन्त्री केसीले यातायात कार्यालयका निमित्त प्रमुख गोपाल ओली र पूर्वाधार कार्यालयका निमित्त प्रमुख रविन्द्र तिवारीसँग कामकारबाहीको ब्रिफिङ लिए । निमित्त प्रमुख ओलीले कर्मचारी अभाव भएकाले निकै प्रेसरमा काम गर्नुपरेको सुनाए । ट्रायल… पुरा पढौ

पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग, एयरपोर्टमा प्राविधिक समस्या छैन ः प्राधिकरण

पोखरा,१३ मंसिर नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न कुनै समस्या नभएको बताएका छन् । पोखराको नयाँ विमानस्थल साना विमान ९न्यारो बडी०को उडान–अतवरण हुने खालेको भएको बताउँदै उनीहरुले ठूला ९वाइड बडी० जहाज भने यहाँ नआउने पनि प्रष्ट पारे । बोइङ ७३७ र एयरबस ३२० जस्ता न्यारो बडी विमानमा सामान्यतयाः १८० सिट हुन्छ । उद्घाटन भएको लामो समयसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान नभएपछि त्यसको कारण खोज्न तथा उडान सुनिश्चितताका लागि पोखरा उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको अन्तक्र्रिया… पुरा पढौ