राइड शेयरिङ नियमावली खारेज नगरे जेठ १५ देखि गण्डकी क्षेत्रका सार्वजनिक यातायात घर ग्यारेज गर्ने चेतावनी

-


     पोखरा क्लिक     
     जेठ ८ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ८, जेठ,

गण्डकी प्रदेश सरकारले हालै ल्याएको राइड शेयरिङ नियमावली खारेज नगरे यही जेठ १५ देखि गण्डकी प्रदेशका सार्वजनिक यातायातका सवारी साधनहरु घर ग्यारेज गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् । पोखरामा आज आयोजित बिरोध कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले आफुहरुको माग यही जेठ १४ गते भित्र पूरा नभए जेठ १५ देखि गण्डकी प्रदेशमा महासंघमा आबद्ध सार्वजनिक यातायातका सवारी साधनहरु संचालन नगरी घर ग्यारेज गर्ने चेतावनी दिनु भएको हो ।

यदि आफुहरुको माग सम्बोधन गर्ने बिषयमा प्रदेश सरकार गम्भिर नभए जेठ १६ गते देखि देश व्यापी रुपमा महासंघ केन्द्रको समेत समन्वयमा यातायात सेवा प्रभावित हुने महासंघ गण्डकीका सचिव योगेन्द्र बहादुर केसीले पोखराक्लिकलाई बताए ।
आफुहरुको मागको बिषयमा महासंघ केन्द्रले समेत संघिय सरकारलाई समेत ध्यानाकर्षण पत्र बुझाएको माग पूरा नभएसम्म अब आफुहरु आन्दोलनमा उत्र्रिनुको विकल्प नभएको उनले जनाए । आफुहरुले अबौं लगानी गरेको यातायात क्षेत्रमा कमिसन र बिचौलियाको भरमा यात्रुलाई उच्च जोखिममा पार्दै प्रदेश सरकारले ल्याएको उक्त नियमावली खारेजी नभएसम्म आफहरुको आन्दोलन जारी रहने महासंघ गण्डकीले जनाएको छ ।



This will close in 20 seconds