देश तथा समाज पत्रिका

सहारा आधारभूत बिद्यालयमा सहारा यूके द्वारा लाईव्रेरी हस्तान्तरण

पोखरा, माघ–२९, पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सहारा यु.के ले पुस्तकालय हस्तान्तरण गरेको छ । तीन लाख रुपैयाँ बरावरको आर्थिक सहयोगमा विद्यालयमा फर्निचर र पुस्तकहरु सहितको लाइव्रेरी स्थापना गरि हस्तान्तरण गरिएको हो । सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ (कृष) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमा विद्यालयका प्रधानाध्यपाक लोचना कुमारी अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । मन्तव्यका क्रममा प्र.अ अधिकारीले विद्यालयको समग्र अवस्थिती, वर्तमान समित अध्यक्ष विक्रम थकाली को उपस्थितिले विद्यालयमा भएका सकरात्मक परिवर्तनहरु को जानकारी प्रदान… पुरा पढौ

सराङकोटमा महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव हुने तयारी

पोखरा, धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटलाई धामका रुपमा विकास गरी यसपटक विशेष धार्मिक र पर्यटन गतिविधिको केन्द्र बन्ने भएको छ। फाल्गुन १४ गते (महाशिवरात्रि पर्व) देखि फाल्गुन २१ गते सम्म श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव हुन लागेको मुल आयोजक समितिका अध्यक्ष प्रेम बहादुर जिसिले बताए । सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ देखि वृहत गुरुयोजना मार्फत विशाल शिवमन्दिर, भ्यूटावर, १०८ शिव लिङ्ग, १०८ धारा, भुमे कालिका, गणेश मन्दिर, बहुउद्देशिय भवन कार्य सम्पन्न गरीएको र सोही… पुरा पढौ

नेकपा माओबादी केन्द्र कास्कीको अधिकारी पुनः इन्चार्ज

पोखरा, नेकपा(माओवादी केन्द्र) कास्कीको इन्चार्जको जिम्मेवारी पाउनु भएको नेत्रनाथ अधिकारी(हिमाल)ले कार्यभार सम्हाल्नु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र महासचिव देव गुरुङले हालै जारी गर्नुभएको अन्तर पार्टी निर्देशनमा अधिकारीलाई कास्की इन्चार्जको जिम्मेवारी दिएसंगै उहाँले कार्यभार सम्हाल्नु भएको हो । गत २१ माघमा बसेको केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकले उक्त निर्णय गरेको थियो तर केही दिन ढिलो परिपत्र मार्फत नेता कार्यकर्तालाई पठाइएको हो । गण्डकी प्रदेशका पूर्वसभामुख समेत रहनुभएका अधिकारीले गत वर्ष केही समेत केही समय कास्की पार्टीको इन्चार्जको जिम्मेवारी… पुरा पढौ

प्रतिभा माविमा ‘सीमसार बहस’

पोखरा, माघ २८, जलवायु परिवर्तन, सीमसार क्षेत्रको संरक्षण लगायतका क्षेत्रमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविमा सोमबार सीमसार सम्बन्धित छलफल कार्यक्रम आयोजना गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का जीव विज्ञान समूहका विद्यार्थी सहभागि उक्त कार्यक्रममा विज्ञहरुले सीमसार क्षेत्रको संरक्षणमा युवापुस्ताको भूमिकाबारे प्रस्ट पारेका थिए । हरेक वर्ष विश्व सीमसार दिवस फेब्रुअरी २ मा मनाईन्छ । सीमसार दिवसका अवसरमा यसअघि विद्यालयमा सीमसारसँग सम्बन्धित चित्रकला तयार पारिएको थियो । सीमसार दिवसकै छेको पारेर सोमबार… पुरा पढौ

अन्तिम एक मिनेट सम्हालिन नसक्दा डिफेण्डिङ च्याम्पियन आर्मी चर्च ब्वाईज यूनाइटेडसंग पराजित

दीननाथ बराल,पोखरा २८, माघ, अन्तिम एक मिनेट सम्हालिन नसक्दा डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लव चर्च ब्वाईज यूनाइटेडसंग पराजित भएको छ । खेलमा एक मिनेटको कति महत्व हुन्छ भन्ने कुरा पोखरामा जारी २४ औं सस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८१ को तेश्रो क्वाटरफाइनल खेलमा चर्च ब्याइज र आर्मी बिचको खेलले प्रष्ट्याएको छ । चर्च ब्वाईज यूनाइटेड पोखरा रंगशालाको फुटवल मैदानमा आज (सोमबार) भएको तेश्रो क्वाटरफाइनल खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई खेलको अन्तिम एक मिनेट भित्र अर्थाक केही… पुरा पढौ

कास्की क्रिकेट लिगः अरण्यज्योति र कास्की विजयी

पोखरा, माघ २८, माछापुच्छ«े क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै कास्की क्रिकेट क्लब कास्की टी–२० क्रिकेट लिगमा अपराजित यात्रा कायमै राखेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धामा माछापुच्छ«े क्रिकेट क्लबले दिएको ८४ रनको लक्ष्यलाई कास्कीले तीन विकेटको क्षतिमा पुरा गर्दै आफनो जितलाई निरन्तरता दियो । टस जितेर व्याटिङ गरेको माछापुच्छ«ेले अभिषेक थापाको ३० रनको योगदानमा ८४ रनको योगफल तयार पार्यो । अन्य व्याटरले भने दोहोरो अंकको रनफल तयार पार्न सकेनन् । अनुप पौडेल, विश्वास… पुरा पढौ

एफडी मोटर्सको नयाँ शोरुम पोखरामा, सिमित समयको लागि अफर

पोखरा, २८ माघ, एफडी मोटर्सको नयाँ शोरुम पोखराको नयाँबजार पिके टावरमा खुलेको छ । एफ डि मोर्टसको नेपालका लागि आधिकारीक बिक्रेता ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा।लि।ले आफ्नो पाँचौ तथा पोखराका लागि पहिलो शोरुम आज ९सोमबार० एक कार्यक्रमका विच संचालनमा ल्याएको हो । नेपाली बजारमा उत्कृष्ट ईलेक्ट्रिक स्कुटरको रुपमा स्थापीत भएको एफडीका स्कुटर पोखराका ग्राहले पनि सहज रुपमा खरिद गर्न पाउने छन् । पोखराका ग्राहले काठमाडौँ शोरुमबाट स्कुटर खरिद गरिरहेको र ग्राहकलाई सहजै उपलब्ध हुने गरी पोखरामा शोरुम विस्तार गरिएको कम्पनीका सिइओ… पुरा पढौ

सहाराका ६ जना खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

पोखरा, २८ माघ, सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा अनुबन्धित भएका छन् । क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा तेस्रो ब्याचका खेलाडीहरुमध्ये ६ जना सोमबार ब्रिगेड ब्वाइजमा अनुबन्धित भएका हुन् । क्लब अध्यक्ष केशवराज बरालले खेलाडीहरु विशाल नेपाली, मुकुन्दकुमार निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई ब्रिगेड ब्वाइजको जिम्मा लगाएका हुन् । यसैबीच, ब्रिगेड ब्वाइजले सहारा फुटबल एकेडेमीमा रहेका खेलाडीको उत्थानको लागि… पुरा पढौ

गण्डकी धौलागिरी पेट्रोलियममा सुवेदी

पोखरा २७, माघ, गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनको शनिवार सम्पन्न २७ औं साधारण सभा तथा चौधौं अधिवेसनले मोहन सुवेदीको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ । सुवेदी अर्का प्रत्यासी सुरेन्द्ररमण पराजुलीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्ष बाहेक अन्य पदहरुमा सर्वसम्मत भएको थियो । समितिको उपाध्यक्षमा जय मोहन भट्टराई, महासचिवमा सुजन बराल, उपमहासचिवमा नवराज पौडेल र कोषाध्यक्षमा सुमन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा भुगोल गुरुङ, सन्तोष बराल, विप्लब हमाल, बिजय अर्याल र इश्वर पौडेल निर्वाचित… पुरा पढौ

पोखरामा फोहोरको दुर्गन्ध, सडक भरी फोहोरका थुप्रा

दीननाथ बराल,पोखरा २७, माघ, पोखरामा केही दिन देखि फोहोर उठ्न नसके पछि हाल पोखराका सडक भरी फोहोरका थु्रपा रहेका छन्। महानगरले हाल फोहोर व्यबस्थापन गर्दै आएको पोखरा महानगरपालिका ३२ को लाहामेआलमा केही दिन देखि फोहोर व्यबस्थापन गर्न समय लाग्ने भएकोले पोखरा क्षेत्रमा हाल फोहोर नउठ्दा पोखराका सडक छेउमा फोहोरका थ्रुप्रा रहेका छन्। पोखरामा फोहोर थुप्रिएसंगै पोखरामा दुर्गन्ध समेत फैलिन थालेको स्थानियले गुनासो गर्नु भएको छ । पोखरा महानगरपालिकाले पोखरा ३२ को लाहामेआलमा व्यबस्थापन गर्दै आएको उक्त स्थानमा केही दिन अझै… पुरा पढौ