गण्डकी प्रदेशमा पुनः बिशाल जनसभा हुने, रुपान्तरण माओबादी नेतृत्वबाट मात्र सम्भव भएको अध्यक्ष प्रचण्डको दाबी

-


     पोखरा क्लिक     
     जेठ १० गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १०, जेठ,

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसमविद र गुगोलले दिएको सूचना गलत हुँदा सार्वजनिक रुपमा खुल्ला स्थान पोखराको चिप्लेढुंगामा हुने भनेको कार्यक्रम सभाहलमा गर्नु पर्दा उहाँहरुबाट आफुहरु ठगिनु परेको गुनासो गरे । पोखरामा शनिबार आयोजित बिशाल जनसभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शनिबार उक्त कार्यक्रम सार्वजनिक स्थलमा गर्न नपाए पछि पुन अर्को कुनै दिनमा बिशाल जनसभा आयोजना हुने बताए ।

पानी परेर सभाहलमा कार्यक्रम गर्ने भनिए पनि प्रचण्ड घर्मीका कारण सभाहलमा आए जस्तो भएको उनको भनाई थियो । आजको कार्यक्रम भने संक्षिप्त मात्र भएको उनले जनाए । आज बिहान देखि परेको पानीले गर्दा मर्डिङवाकमा जानको लागि बिहान ५ः०० बजे देखि तयारी अबस्थामा रहे पनि पानी परेकोले स्थगित भएको अध्यक्ष प्रचण्डले बताए ।

आर्थिक समृद्धि र सुशासनको लागि रुपान्तरणको अभियान माओबादीले मात्र गर्न सक्ने उहाँको तर्क थियो । समाजबादी क्रान्तिको भिजन सहितको अभियानमा माओबादी अघि बढेको बताउदै अध्यक्ष प्रचण्डले राजनीतिक स्थायित्व नहुँदा देशमा अन्यौलताको अबस्था सृजना भएको दाबी गरे । मध्य पहाडी लोकमार्ग अभियानको पहिलो चरणको कार्यक्रम शनिबार पोखरामा सम्पन्न गर्दै अध्यक्ष प्रचण्डले कागं्रेस र एमाले नेतृत्वको सरकारमा धेरै ठुला ठुला भ्रष्टचार भएकोले उनीहरुको नेतृत्वमा सरकारले सामाजिक न्याय सहित आर्थिक समृद्धि र सुशासनको लागि रुपान्तरण गर्न नसक्ने जिकिर गरे । आफ्नो पालमा सुरु गरेको भ्रष्टचार बिरोधी भण्डाफोर अभियान अहिलेको सरकारले ढाकछोप र त्यस बिषयमा मौन रहेको उनले गुनासो गर्रे ।

राजनीतिक स्थायित्व गर्न प्रत्यक्ष राष्ट्रपति प्रणाली लागु गर्नुपर्ने उनले बताए । आफुहरुले उक्त प्रणाली लागु गर्न माग गर्दा एमाले कागेंले अबरोध गरेको अध्यक्ष प्रचण्डले आरोप लगाए । मध्य पहाडी लोक मार्ग अभियानमा केही दिन हिड्दा जनतामा देखिएको उत्साहले आफुहरुलाई थप उर्जा प्राप्त भएको बताउदै अध्यक्ष प्रचण्डले देश यतिवेला माओबादीमय हुदै आएको तर्क गरे ।

संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र यसको मर्म र भावना अनुसार अघि बढाउन माओबादी नेतृत्वको सरकार आवश्यक भएको बताउदै त्यसमा आफुहरु नयाँ म्याण्डेड अनुसार २०८४ मा देशकै एक नम्बर पार्टी हुने उल्लेख गरे । युवाहरुको तमाम समस्याको समाधान गर्ने उपाय आफुहरुसंग रहेको समेत उनले जनाए । पोखराको चिप्लेढुंगामा आयोजना हुने भनिएको उक्त जनसभा बिहानै देखि बर्षा भएका कारण प्रतिकुल मौसमका कारण एसआर क्याटरिङमा आयोजना गरिएको पार्टीका कास्की इन्चार्ज नेत्रनाथ अधिकारीले बताए । अध्यक्ष प्रचण्डसंग गण्डकी प्रदेशका यातायात व्यवसायी, पर्यटन व्यवसायी, व्यपक्ता, जनआन्दोलन घाइते शहिद परिवार, नेता तथा कार्यकर्ताले भेटघाट समेत गर्नु भएको पार्टीका कास्की संयोजक विश्वप्रकाश लामिछानेले बताए । नेकपा माओबादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ लगायतले बोलेका थिए ।