देश तथा समाज पत्रिका

पोखरामा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको पोखरा महानगरको दाबी

पोखरा, २६ माघ, पोखरा महानगरपालिका क्षेत्रमा कोटीहोम महायज्ञ सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले जनाएको छ । महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम महायज्ञ सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्न लेखी पठाउने निर्णय गरेको महानगरले जनाएको छ । नेपाल ट्रस्टले कोटी होमका लागि उपलब्ध गराएको भनिएको लेकसाइड स्थित जग्गा सहरको अति व्यस्त स्थान, आन्तरिक तथा बाह्य पर्यटकहरू आवतजावत÷घुमफिर गर्ने मुख्य पर्यटकीय… पुरा पढौ

हिमालयन बोर्डिङ स्कुललाई वडा अध्यक्ष कप फुटवलको उपाधि

पोखरा २६, माघ, पोखराको हिमालयन बोर्डिङ स्कुलले शनिबार पोखरामा सम्पन्न भएको चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ को उपाधि जितेको छ । पोखराको ड्याम साइड क्लवको आयोजनामा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा हिमालयनले एल.पी. देवकोटा मेमोरियल स्कुललाई २—० को गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो । हिमालयनको जितमा रितेस आले र म्यान अफ दी म्याच घोषित संगम गुरुङले एक÷एक गोलको योगदान दिनुभयो ।तेश्रो स्थानको लागि… पुरा पढौ

‘व्याक टु नाइन्टिज’ ले आज पोखरा तताउने

पोखरा, माघ २६, सांगीतिक विरासत फर्काउन पोखरामा आज (शनिबार) ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा आज यो कार्यक्रम गर्न लागेको हो । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता एवम् गण्डकी प्रदेश सरकारका संस्कृति तथा प्रविधि मन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष आतिथ्यतामा हुने कार्यक्रम आज शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म उक्त कार्यक्रममले… पुरा पढौ

कुमुदिनी होम्समा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ

पोखरा २६, माघ पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले शुक्रवार तेस्रो कुमुदिनीअन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता २०८१ सम्पन्न गरेको छ । विद्यार्थीहरूमा रहेको बौद्धिक क्षमता मार्फत् विद्यार्थी र विद्यालय बिचको असल सम्बन्ध कायम राख्ने उद्देश्यले हरेक वर्ष यस्तो कार्यक्रमको आयोजना गरिँदै आएको विद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो। विद्यालयका सह–प्राचार्य मन बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेट्रोपोलिटन एकेडेमीका अनुब्रत तिमिल्सिना, कृतिका तिमिल्सिना र सनिज बसौलाको समूह चौँथो स्थान हाँसिल गरी नगद रुपियाँ ३००० सहित प्रमाणपत्र प्राप्त गर्न सफल भएको… पुरा पढौ

२ संकरणको विजेता संकटालाई पराजित गर्दै भारत सिक्किमको थन्डर बोल्ट आहा रारा पोखरा गोल्ड कपको क्वार्टरफाइनलमा प्रबेश

दीननाथ बराल,पोखरा २५, माघ, नियमित रुपमा पोखरामा संचालन हुदै आएको आहा रारा पोखरा गोल्ड कपको २ संकरणको विजेता संकटा क्लवले पाहुना टोली भारत सिक्किमको थन्डर बोल्ट नर्थ यूनाइटेड क्लवसंग सामना गर्न सकेन् । पोखरा रंगशालाको फुटवल मैदानमा आज (शुक्रबार) भएको अन्तिम प्रि—क्वाटरफाइनल खेल्लमा संकटा क्लवलाई ३—१ को गोल अन्तरले पराजित गर्दै थन्डर बोल्ट पोखरामा जारी २४ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८१ को क्वाटरफाइनलमा प्रबेश गरेको छ । आउँदो माघ २९ गते थन्डर बोल्टले उज्विकिस्तानको ब्याक… पुरा पढौ

हिमालयन बोर्डिङ स्कुल र एल.पी.देवकोटा वडा अध्यक्ष कप फुटवलको फाइनलमा प्रतिष्प्रर्धा गर्ने

पोखरा २५, माघ, पोखरामा जारी चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ अन्र्तगत भोलि (शनिबार) उपाधिको लागि फाइनल खेलमा हिमालयन बोर्डिङ स्कुल र एल.पी. देवकोटा स्कुल बिच प्रतिष्प्रर्धा हुने भएको छ । आज(शुक्रबार) को सेमिफाइनलमा जित हासिल गर्दै दुबै बिद्यालयले उपाधिको लागि फाइनलमा यात्रा तय गरेका हुन् । पोखराको ड्याम साइड क्लवको आयोजनामा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा शनिबार फाइनल खेल मध्यान्हः १२ः०० बजे पछि हुने तयारी गरिएको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताउनु भयो… पुरा पढौ

नेपाल आएसँगै गायक तथा संगीतकार सागरको नयाँ गीत

भारतको मेघालयमा जन्म भई लमजुङको मध्यनेपाल पुर्ख्यौली थलो रहेका गायक तथा संगीतकार सागर घरदेश फर्केसँगै नयाँ गीत संगीतको यात्रामा लागेका छन् । २०५२ सालमा सिञ्जा व्यान्डको पहिलो गीतका रूपमा ‘धौलागिरी फेदमा हिऊँ प¥यो’ गीत सिम्फोनिक डिजिटल रेर्कडिङ स्टुडियो काठमाडौँमा रेकर्ड गराएर सांगीतिक यात्रामा लागेका थिए । यसपटकको नयाँ गीत भने शाहले पोखरामै रेकर्ड गराएर सांगीतिक यात्रालाई अगाडि बढाएका छन् । कुनै संयोग अर्थपूर्ण हुने सन्दर्भ सागरको गायन यात्राले देखाएको छ । रोजीरोटीका लागि परदेश रहेका उनी घरदेश आउँदै गर्दा पोखरा… पुरा पढौ

जरोटुप्पोमा सम जयन्ती र सम्मान

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले १२३ औं नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच गीतकार हरिहर खनियालाई इन्द्र–हुमा वाङ्मय सम्मान अर्पण गरेको छ । वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानिया, डा. नारायणप्रसाद अधिकारी, कोष संस्थापक सीता जिसी, पूर्व सम्मानित प्रतिभा डा. पुष्पा केसी भण्डारीले उक्त सम्मान अर्पण गरे । वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानियाले पूर्वीय र पाश्चात्य साहित्यको ज्वारतका रूपमा नाट्यसम्राट समका सिर्जनालाई चित्रण गर्दै भने, 'अक्षरको व्यवसाय गर्नेहरू अहिले हाहाकारमा रहे तापनि पुस्तक नपढ्ने मान्छेले पनि… पुरा पढौ

चर्च ब्वाइज युनाइटेड आहा रारा पोखरा गोल्ड कपको क्वार्टरफाइनलमा

दीननाथ बराल,पोखरा २४, माघ, चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालामा आज (बिहिबार) भएको तेश्रो प्रि—क्वाटरफाइनल खेलमा चर्च ब्वइजले एनआरटीलाई सडन डेथमा ६–५ ले पराजित गरी क्वाटरफाइनलमा यात्रा तय गरेको हो । ९० मिनेटको निर्धारितमा दुवै टोलीबाट १–१ गोल र ३० मिनेटको अतिरिक्त समयमा गोल रहित बराबरीमा टुंगिए पछि टाईब्रेकरमा पनि दुबै तर्फ ४—४ गोल भए पछि खेल अन्तिम विकल्प सडन डेथमा पुगेको थियो ।… पुरा पढौ

खेलाडीको मनोवल उच्च हुने गरी यस बर्षको बजेट बनाउर्छौंः मन्त्री थापा, जिल्ला खेलकुदले पोखरा रंगशालाको आय व्यय सार्वजनीक गर्यो

दीननाथ बराल, पोखरा २४, माघ, जिल्ला खेलकुद विकास समिति कास्कीले सम्भवत पहिलो पटक पोखरा रंगशालाको आम्दानी र खर्च लगायतको बिषयमा आय व्यय सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा र पोखराका मेयर धनराज आचार्य, केही खेल संघ तथा केही पत्रकार माझ विहिबार समितिले वार्षिक आर्थिक प्रतिवेदन, समिक्षा एवम् अन्तरक्रिया कार्यक्रम सहित रंगशालाको आय तथा व्यय सार्वजनीक गरेको हो । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँले आफुहरुको कार्यकाल सकिन लागेकोले… पुरा पढौ