देश तथा समाज पत्रिका

१३ औं पोखरा महोत्सव शुरु

पोखरा २५, पुष, १३ औं संस्करणको पोखरा महोत्सव शुरु भएको छ । युनाईटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा शुरु भएको पोखरा महोत्सवको सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले गरेको सामाजिक कामको प्रसंशा गर्दै पोखरामा खुल्ला चिडियाखाना निर्माणको थालनी गरेको र उक्त कार्य सरकारले अपनत्व लिएको बताए । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले पर्यटनको राजधानी घोषणा भइसकेको पोखरामा धेरैभन्दा धेरै पूर्वाधार बन्नुपर्नेमा जोड… पुरा पढौ

गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

पोखरा, २५ पुस, पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण सम्पन्न भएको छ । कार्यक्रमको आज विद्यालयमा आयोजित विशेष समारोहका बीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुुभयो । कार्यक्रममा महानगर प्रमुख आचार्यले गुणस्तरीय शिक्षाका लागि विद्यालयले निरन्तर मिहिनेत गरिरहेको बताउँदै विद्यालयले आगामी दिनमा अझै उत्कृष्ट बन्ने गरी लाग्ने विश्वास व्यक्त गर्नुुभयो । सरकारले विद्यालय शिक्षालाई निशुल्क र अनिवार्य भनेपनि त्यसको व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताउँदै उहाँले अब आउने… पुरा पढौ

किनबेचको थलो बन्यो लेखनाथ महोत्सव

लेखनाथ, २५ पुस, कास्कीको लेखनाथमा पुसको १८ गते देखि जारी २० औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सवस्थल ब्यापारीक केन्द बिन्दु बनेको हो । महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष ध्रुववावु भटराईको दावी रहेको छ… पुरा पढौ

‘गण्डकीका धुनहरू’ कार्यक्रमको सम्पूर्ण तयारी पुरा, ४० कलाकारले प्रस्तुती राख्ने

पोखरा २५ पौष, पोखरामा पौष २७ गते शनिबार आयोजना हुन लागेको मौलिक लोक भाकाहरूको प्रस्तुती गण्डकीका धुनहरू ९अर्केष्ट्रा० कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले पोखरा साँगीतिक कलाकार संघ नेपालसँगको सहकार्यमा यो ऐतिहासिक कार्यक्रम गर्न लागेको हो । बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार काठमाडौँ र गण्डकीका बरिष्ठ वाद्यवादकहरू सम्मिलित यस कार्यक्रम मार्फत नेपाली मौलिक बाजाहरूबाट निस्कने धुनको शक्ति प्रत्यक्ष अनुभूत गर्न पाइनेछ । राष्ट्रिय एकता दिवसको सन्दर्भमा गण्डकीमा पहिलो पटक ४० जना कलाकारहरूको सामूहिक… पुरा पढौ

विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण

पोखरा २५, पुष, पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ । विद्यालयको ७८ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद सप्ताह अन्तर्गत विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट हुन सफल विद्यार्थीलाई विहीवार पुरस्कार वितरण गरिएको खेलकुद संयोजक निर्मल भण्डारीले जानकारी दिनुभयो । विजयी विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथी पुर्व मन्त्री कुमार खड्का, प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य मेहरमान नेपाली, विमला अधिकारी, ईन्दु भट्टराई लगायतकाले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।कार्यक्रममा पुर्व मन्त्री खड्काले… पुरा पढौ

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपित रवि लामिछाने सहित ७ जना धरौटिमा रिहा

दीननाथ बराल,पोखरा २५, पुष, पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपित रास्वपा सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहित ७ जना धरौटिमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । प्रतिवादीहरुको बहस सकिएसंगै पुरक अभियोजन भई थुनछेक बहस पछि आज थुनछेक आदेश प्राप्त भएको जिल्ला अदालत कास्कीका श्रेष्तदार(उपसचिव) राजन खनालले बताउनु भयो । https://www.youtube.com/watch?v=dxsmVWiRluA उहाँका अनुसार अदालतले लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ । सहकारी… पुरा पढौ

खेलकुदकर्मी एवं सामाजिक व्यक्तित्व शंकरमान उदास अस्ताए

डि.एन.बी.,पोखरा २४, पुष, पोखरामा शारीरिक सुगठन खेलको विकास र विस्तारसंगै राष्ट्रिय देखि अन्तर्राष्ट्रिय निर्णायकको भूमिका खेलेको व्यक्ति आज हाम्रो सामु भौतिक रुपमा नरहे पनि उहाँले गरेको कामलाई हामी सधंै स्मरण गर्ने छौं । शालिन स्वाभावका ६१ बर्षीय वकिलमान तुलाधर उदास (शंकरमान उदास) आफुले गरेको कर्मलाई हामी माझ छाडेर सधैका लागि अस्ताएका छन्। पोखरामा भएका प्रायः व्यायामशालाहरू उहाँबाट नै प्रशिक्षार्थी मै प्रेरणा पाएर संचालनमा रहेका व्यामशालाहरू छन भने केही यहाँको पोखरा ३ नदीपुरमा रहेको रत्नश्री जीमका प्रशिक्षार्थी खेलाडीहरूले राष्ट्रीय अन्तर्राष्ट्रीय क्षेत्रमा… पुरा पढौ

२४ औं आहा ! रारा पोखरा गोल्ड कप माघ तेश्रो साता देखि हुने

दीननाथ बराल, पोखरा २४, पुष, २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ को आउँदो माघ महिनाको तेश्रो साता देखि हुने भएको छ । मोफसलको चर्चित सहारा क्लब पोखराले आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता संचालन गर्ने तयारी गरेकोे क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो । १२ दिन चल्ने प्रतियोगितामा ए डिभिजनका क्लव, विभागिय टिम, आयोजक सहित केही विदेशी टिम गरी १२ टिम सहभागी गराउने तयारी भएको उहाँले जनाउनु भयो । ‘आत्मा… पुरा पढौ

कृषकको पनि बन्यो लेखनाथ महोत्सव

लेखनाथ, २४ पुस कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सवमा कृषक र कृषि उत्पादनले राम्रो स्थान पाउन सफल भएको छ । पुस १८ गतेदेखी जारी महोत्सवमा कुल ३ सय ३६ स्टलहरुमध्ये कृषि उत्पादनका मात्रै २४ स्टलहरु रहेका छन । त्यतिमात्रै हैन महोत्सवमा बृहत कृषि मेला प्रर्दशनीको पनि व्यबस्था मिलाईएको छ । जहाँ पोखरा महानगरपालिका भित्रका ३३ वटै वडाका ७२ भन्दा वढि किसानहरुले विभिन्न किसिमका कृषि उपजहरु प्रर्दशनीमा राखेका छन ।पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र आयोजकको समन्वयमा… पुरा पढौ

पोखरा उपत्यकाका तालहरूमा ५३ प्रजातिका जलपंछी

पोखरा, २४ पुस, तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा तालमा गरिएको जलपंछी गणनामा ५३ प्रजातिका जलपंछी फेला परेका छन् । टाइगर माउण्टेन पोखरा लज र पोखरा पंछी समाजको अगुवाईमा ४३ जना स्वयंसेवक गणकहरूबाट यही पुस २२ र २३ गते विभिन्न १२ वटा टोलीमा विभाजित भई गरिएको गणनामा ५३ प्रजाति अभिलेख गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष एवम् क्षेत्रीय संयोजक मनशान्त घिमिरेले जानकारी दिनुुभयो । सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरूको वितरण, तिनीहरूको अवस्थाको… पुरा पढौ