
दीननाथ बराल,
पोखरा २९, असार,
केही साता अघि पोखराको दिप सागर होटलमा आयोजना भएको कार्यक्रममा बोल्दै पत्रकार माथि खरो रुपमा उत्र्रिनु भएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आइतबार संसदीय पत्रकार मञ्च गण्डकीको साधारण सभामा बोल्दै पत्रकारहरु प्रति आफु पूर्ण रुपमा सन्तुष्टि भएको बताउनु भएको छ । संसदीय पत्रकार मञ्च गण्डकीको छैटौं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनको आईतबार पोखरामा उद्घघाटन गर्दै उहाँले सरकारका बारेमा पछिल्लो पटक धेरै समाचार आएकोेले यस प्रति आफु पूर्ण रुपमा सन्तुष्टि भएको बताउनु भएको हो ।
राईड शेयरिङ एपको बिषयमा धेरै मिडिया कभरेज भएको मुख्यमन्त्री पाण्डेले दाबी गर्नुभयो । लोक कल्याणकारि विज्ञापनमा आउदो बर्ष ४० लाख प्रयाप्त नभएमा आवश्यक बजेट व्याबस्था गर्ने मुख्यमन्त्री पाण्डेले वचन दिनु भयो । चालुु बर्षमा लोककल्याण विज्ञापनको लागि ६० लाख बिनियोजन गरेको थियो । सरकारले चाहेर मात्र नहुने, स्थानिय रूपमा समेत बजेट माग भएकोले प्रोजेक्ट बैकबाट मात्र योजनाहरूलाई धेरै प्रथामिकता दिन नसकेको उहाँको भनाई थियो ।
मुख्यमन्त्री पाण्डेले यस बर्ष भौतिक पूर्वाधारमा ५० लाख भन्दा कम न हालेको बताउनु भयो । २० लख भन्दा माथिका योजना टेण्डरबाट अघि बढाएको मुख्यमन्त्री पाण्डेले बताउनु भयो । सरकारको वास्तविक बजेट २२र२३ अर्ब नै भएको बताउदै सरकारले यस बर्ष पनि वास्तविकतामा बजेट ल्याउदा अघिल्लो बर्षको तुलनामा करिब एक अर्ब घटेको जनाउनु भयो ।
वित्तिय समानिकरण बजेट नआएको कारण भुत्तानीमा समस्या भएको उहाँले गुनासो गर्नुभयो । पुरानो दाहित्व १७ अर्ब रहेको जनाउदै मुख्यमन्त्री पाण्डेले प्रदेशका आम्दानीका श्रोत बढाउन सरकारले काम गरेको जनाउनु भयो । सरकारको प्रशासनिक खर्च घटाउन लागेको उहाँको भनाई थियो ।
समाज नकरात्मक सोचबाट केही पनि भएन भन्ने भाष्य खडा गरिएको यस बिषयमा सोच्न मुख्यमन्त्री पाण्डेले पत्रकारहरूलाई आग्रह गर्नुभयो । जनताको खर्च गर्न सक्ने क्षमता बढाउन नसकिएको उहाँले बताउनु भयो । नेकपा एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले पत्रकारले पनि पत्रकारितासंगै स्व अध्ययन पनि गर्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितिको सभापति नेकपा ९माओवादी केन्द्र०की सांसद दमयन्ती रुचालले संघिय लोकतान्त्रिक सुदृण पार्न पत्रकारलाई आग्रह गर्नुभयो ।
राप्रपा संसदीय दला नेता पन्चराम गुरूङले नक्कली पत्रकारले सक्कली पत्रकार गुमनाम हुने शंकेत देखिएको बताउनु भयो ।
पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसीले संघियताको मर्म भावना प्रदेश सरकार भएकोले प्रदेश सरकारले नागरिकको मन जित्ने गरि प्रभावकारी ढंगले काम गर्न सुझाव दिनु भयो । मञ्च अध्यक्ष भरत कोईरालाले २२ जनाबाट सुरू गरिएको मञ्चमा गत बर्ष १७ जना नयाँ सदस्य थप गरि हाल ३६ जना सदस्य आबद्ध हुनु भएको बताउनु भयो । केही सदस्य विदेशीएको यहाँले बताउनु भयो । कार्यालय व्याबस्थापन, परिचयपत्र , अन्तरप्रदेश भ्रमण, संसदीय पत्रकारसंग छलफल गर्ने लगायतका कार्यक्रम गर्ने योजना रहेको अध्यक्ष कोईरालाले जनाउनु भयो ।
नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, उपाध्यक्ष कन्चन थापा कोईराला, मञ्च गण्डकी उपाध्यक्ष विशन क्षेत्री, कोषाध्यक्ष उमा आले लगायतले वोल्नु भएको थियो ।
उक्त अधिवेशनले दुई बर्षीय कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्ने भएको छ ।





