देश तथा समाज पत्रिका

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ ः ईश्वर पोखरेल

पोखरा, ३० चैत, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उहाँलाई कारबाही गरिने बताउनुभएको छ । कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताउनुभयो । ‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु,’ उहाँले भन्नुभयो । अराजकताबादलाई सघाउने र मलजल… पुरा पढौ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी गीतहरु

पोखरा, चैत ३०, नेपाली सांगीतिक क्षेत्रका नक्षत्रहरु स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीप्रति शनिबार पोखरामा पोखरेली कलाकारहरु ट्रिब्यूट दिएका छन् । एभरेस्ट एफएम ९३ मेगाहर्जले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँगको सहकार्यमा शनिबार पोखरामा आयोजना गरेको अरुणा लामा–तारादेवी स्मृति साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले स्वर किन्नरी द्वय अरुणा लामा र तारादेवीप्रति ट्रिब्यूट दिदै कालजयी गीतहरु गुञ्जाएका हुन् । कला, साहित्यका अध्येता, अन्वेषक प्रकाश सायमीले स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीका जीवनका अनेक आरोह अवरोहसँगै विभिन्न गीतसँग सम्बन्धित अनटोल्ड स्टोरीहरु… पुरा पढौ

पोखरामा सुरु भयो फेवा नव वर्ष महोत्सव, पोखरा नेचर, कल्चर एड्भेञ्चर तिनै हिसावले उत्कृष्ट छः मेयर आचार्य

पोखरा, ३० चैत, पोखराको लेकसाइडमा २० औं फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार अम्बोटमा आयोजित सभामा महोत्सवको उद्घाटन गरे । होटल संघ पोखरा नेपालले आयोजना गरेको महोत्सव वैशाख १ गते सम्म चल्ने छ । यसअघि खहरे र ड्यामसाइडबाट निकालिएका आमा समूहसहितका विशाल झाँकीसहितका र्याली सभास्थलमा पुगेका थिए । निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव तिनै दुई स्थल विचको सडकमा संचालन हुने छ । पंचैवाजा, भजन र रत्यौली जस्ता नेपाली मौलिक बाजा र… पुरा पढौ

कुमुदिनीमा शिक्षकका लागि एक दिने कार्यशाला

पोखरा, ३० चैत्र, नयाँ शैक्षिक सत्र सुरुवातको पूर्व अवसरमा पोखराको कुमुदिनी होम्स मा.वि.ले विद्यालयका शिक्षकहरुको लागि शैक्षिक तालिम दिन थालेको छ । यो वर्षको पहिलो तालिम पाकिस्तानी नागरिक, दुवैबाट पोखरा आएका शिक्षा विज्ञ उमर फारुकले दिएका छन् । फारुक डाटावर्कस् एजुकेशनल रिसर्च एण्ड सटेप अप लर्निङ विज्ञ हुन् । उनले एन इन्टरएक्टिभ प्रोग्राम अन द पावर अफ वेल क्राफ्टेड एण्ड वेल टट लेसन शिर्षकमा तालिम दिएका हुन् । गुणस्तरीय शिक्षाका लागि विद्यालय आउने जाने, पढ्ने कार्यले मात्रै पुग्दैन । त्यसरी… पुरा पढौ

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा.तिवारी नियुक्त

पोखरा, गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा. इन्द्रप्रसाद तिवारी नियुक्त हुनु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा महानगरपालिका–३१ का प्रा.डा. तिवारीलाई कुलपतिमा नियुक्त गर्नु भएको हो । प्रा.डा. तिवारी पोखरा विश्वविद्यालयमा डिन तथा उपकुलपतिसमेत भइसक्नु भएको कुलपतिमा ५ वर्ष कार्यकाल रहनेछ । विश्वविद्यालय न्याषिक परिषद्ले प्राडा तिवारीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस गर्नु भएको थियो । परिषद् अध्यक्ष तथा कुलपति छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र… पुरा पढौ

१० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले गण्डकी कोटिहोममा कथा प्रवचन गर्न सुरु

पोखरा, बालविदूषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम कोटिहोम महायज्ञमा आज देखी कथा प्रवचन गर्न सुरु गरेकी छन् । विश्वकै कान्छि भागवत कथा वाचक पाण्डेयले आज देखी सुरु गरेकी हुन् । उनले २०८२ बैशाख ५ गते सम्म कथा प्रवचन गर्ने छिन् । कोटिहोम महायज्ञका प्रमुख कार्यक्रमहरु बैशाख १७ गतेदेखि सञ्चालन हुने भएतापनि अहिले कोटिहोम महायज्ञका विविध प्रचार प्रसारका कामहरु अगाडी बढेका छन । पोखरामा हुन लागेको कोटीहोम महायज्ञमा नेपाल र भारतका प्रख्यात धर्मगुरुहरु आएर कथाबाचन गर्ने एबम कोटीहोमका भक्तजनलाई आशिर्बचन दिने… पुरा पढौ

प्रभावकारी सेवा प्रवाहमा लाग्न प्रमुख सचिव विष्टको आग्रह

पोखरा २९, चैत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गण्डकी प्रदेशका प्रमुख सचिब रघुराम बिष्टले प्रभावकारी सेवा प्रवाहमा लाग्न कर्मचारीलाई आग्रह गर्नू भएको छ । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन जिल्ला समिति, कास्कीले नव वर्ष २०८२ सालको अवसरमा प्रकाशित सूचनामुलक टेबल क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम बोल्दै उहाँले कर्मचारीलाई प्रभावकारी रुपमा सेवा प्रवाहमा लाग्न आग्रह गर्नु भएको हो । प्रमुख सचिव बिष्टले नेपाल सरकार प्रदेश सरकार र स्थानीय तह तिनै तहमा कार्यरत निजामती कर्मचारीहरू रहने यस जिल्ला संगठनले आफ्नो सृजनशीलता… पुरा पढौ

केपी ओली कप टी २० क्रिकेट ःगत वर्षको च्याम्पियन मधेशलाई कर्णालीले हरायो

पोखरा, पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी – २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन मधेश प्रदेश कर्णाली सामु निरीह बनेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘सी’ तर्फको पहिलो खेलमा कर्णाली एकेडेमीले मधेश प्रदेश क्रिकेटलाई १५ रनले हराएको हो । प्रतिकुल मौसमका कारण ओभर घटाएर १७ मा झारिएको थियो । १४६ रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेशले कुल १७ ओभरमा ६ विकेट गुमाउँदै १३० रनमा समेटियो । मधेशका लागि दिपेश… पुरा पढौ

कुमुदिनी होम्स प्रथम एसइई कप ः फुटसलमा एसओएस, बास्केटबलमा दीपशिखा र विन्द्यश्वरीलाई उपाधि

पोखरा, २९ चैत्र, पोखरा महानगरपालिका वडा नं ४, गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा चैत्र २५ गतेदेखि सञ्चान गरिएको कुमुदिनी होम्स प्रथम इसइई कप २०८१ शुक्रबार सकिएको छ । गण्डकी प्रदेश तथा गण्डकी प्रदेश बाहिरका ७१ विद्याललयका विद्यार्थीहरु फुटसलमा, ४३ विद्यालय विद्यालयका बास्केटबल र ११ विद्यालयका महिला विद्यार्थी बास्केटबल प्रतियोगितामा सहभागि भएका थएि । फुटसल तर्फको प्रतियोगितामा एसओएस हर्मन माईनर स्कुल नयाँगाउँ १५ प्रथम भएको छ । उक्त विद्यालयबाट लोकेन्द्र मल्लको नेतृत्वमा टोली सहभागि भएको थियो । सन्तोष श्रेष्ठको व्यवस्थापनमा… पुरा पढौ

पोखरामा प्रथम एलिट भलिबल कप सुरु

पोखरा, पोखरामा प्रथम एलिट भलिबल कप सुरु भएको छ। एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा पोखरा(३ नदिपुरमा उक्त प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले गरे । पहिलो दिन पुरुषतर्फ आयोजक एलिट एकेडेमी र महिलातर्फ पिएन क्याम्पसको टोली विजयी भए । एलिट एकेडेमीले श्रीकृष्ण दल गणलाई ३(२ को सेटले पराजित गर्न सफल भयो ।महिलातर्फ महेन्द्र माध्यमिक विद्यालयको टोलीलाई ३(० को सोझो सेटमा पराजित गर्दै पिएन क्याम्पस सेमिफाइनलमा प्रवेश गर्‍यो । प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल… पुरा पढौ