
पोखरा, असार २८,
पोखरा–२२ मा क्रियाशील परिवर्तन युवा क्लबको नवौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले सुदिप बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरा २२ (पुम्दी भुम्दी) मा शनिबार सम्पन्न भएको उक्त अधिवेशनले उपाध्यक्षमा सरस्वती बराल, सचिवमा दक्षिणा बराल, कोषाध्यक्षमा श्रद्धा, वरिष्ठ सदस्यः दिपेन्द्र बराल र अन्य सदस्यहरुमा सदस्यहरूमा कमल पौडेल, तुलसी अधिकारी, प्रेरणा ढकाल र अभिषेक बराल चयन हुनु भएको हो ।
अध्यक्ष कमल बरालको नेतृत्वमा क्लबले अघिल्ला वर्षहरूमा विभिन्न सामाजिक, शैक्षिक तथा युवामुखी कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा २२ का वडा सदस्य सञ्जीव गुरुङ रहेका थिए । कार्यक्रममा नेकपा एमाले–२२ का अध्यक्ष राजेन्द्र बराल, नेकपा माओवादी केन्द्र–२२ का उपाध्यक्ष सनत कुमार बराल, नेकपा समाजवादीका सचिव तथा वडा युवा परिषद्–२२ का अध्यक्ष दिनेश बराल, सिर्जनशील आमा समूहकी अध्यक्ष समुद्र बस्नेत केसी लगायत स्थानीय समाजसेवी र युवाहरूको उपस्थिति रहेको थियो।
वक्ताहरूले नवगठित कार्यसमितिलाई शुभकामना दिँदै सामाजिक रूपान्तरणमा क्लबको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे। क्लवले यस बर्ष पनि खेलकुद सहित सामाजिक कार्य गर्ने भएको अध्यक्ष बरालले जनाए ।





