देश तथा समाज पत्रिका

जरोटुप्पोले विविध कार्यक्रमका साथ १२३ औं जमजयन्ती मनाउँदै

२३ माघ, पोखरा जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले १२३ औं नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाउने भएको छ । संस्थाले नेपाली साहित्य र विशेष गरी नाट्य साहित्यका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका समको योगदानको चर्चा स्थापनाकालदेखि विविध कार्यक्रमका साथ गर्दै आएको संस्थाका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले जानकारी दिए । २०८१ सालको सम जयन्तीमा बालकृष्ण सम विमर्श, स्रष्टा सम्मान तथा रचनावाचनसहित कार्यक्रम गर्न लागेको प्रवक्ता ताराबहादुर गुरुङ बताउँछन् । यसैबीच आफ्ना बाबाआमाको स्मृतिमा छोरी सीताकुमारी जिसी, नाति-बुहारीद्वय सविन/सुमित्रा र अश्विन/कल्पना… पुरा पढौ

प्रेस चौतारी कस्कीको अध्यक्षमा अधिकारी, पत्रकार गुरुङ सम्मानित पौडेल पुरस्कृत

पोखरा २३, माघ, प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा मोतिसागर अधिकारी सर्वसम्वत रुपमा निर्वाचित हुनु भएको छ । प्रेस चौतारी नेपाल कास्की शाखाको २७ औं स्थापना दिवस तथा नवौं अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित हुनु भएको हो । त्यसै गरी उपाध्यक्षमा गिरधारी पोखरेल, उपाध्यक्ष (महिला) रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सहसचिवमा दिपक अधिकारी,सहसचिवमा (समावेशी) सुरेश सुनार, कोषाध्यक्षमा सन्दिप खनाल सर्वसम्वत रुपमा निर्वाचित हुनु भएको थियो । त्यस्तै अन्य सदस्यहरुमा सुरेश रानाभाट, संजय थापा, रचित पौडेल,आषिस पुरी, विनिता राना, मदनमणि… पुरा पढौ

आहा १ रारा पोखरा गोल्ड कपको उद्घाटन खेलमा पुलिसको विजयी सुरुवात (भिडियो सहित)

दीननाथ बराल, पोखरा २२, माघ, पोखरामा आज ९मंगलबार० देखि सुरु भएको आहा १ रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लवलाई पराजित गर्दै नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेको छ । पोखराको सहारा क्लवको आयोजनामा पोखरा रंगशालाको फुटवल मैदानमा आज भएकोे उद्घाटन खेलमा पुलिसले आयोजक सहारा क्लवलाई १—० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएको हो । सहाराले पाएका ६ भन्दा बढी अवसर सदुपयोग गर्न नसक्दा यस बर्ष पहिलो चरणबाटै बाहिरिनु परेको हो । आहा राराको… पुरा पढौ

गण्डकी प्रदेश सरकारले स्थापना दिवस मनायो, प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

पोखरा, २२ माघ, गण्डकी प्रदेश सरकारले सातौं स्थापना दिवस मनाएको छ । मंगलबार एक समारोहका बिच प्रदेश सभाको परिसरमा सरकारले आफ्नो स्थापना दिवस मनाएको हो । उक्त कार्यक्रको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत गर्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेश सभा र गण्डकी सरकारले सँयुक्त रुपमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न सरोकारवाला निकायले थप कसरत गर्नुपर्ने धारणा राख्नुभएको हो । उहाँले सो अवसरमा नेपालको संविधान, संवैधानिक… पुरा पढौ

भद्रकाली माविको ७३ औं वार्षिकोत्सव

पोखरा, २२ माघ, पोखरा महानगरपालिका वडा नं १३ कुँडहर स्थित भद्रकाली माविको ७३ औ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । वडा नं १३ का वडा अध्यक्ष किरण वरालले वार्षिकोत्सवको उद्घाटन गर्दै भद्रकाली विद्यालय र क्याम्पस एक रथका दुई पाग्रां जस्तै रहेको चर्चा गरे । १२ कक्षा सम्म विद्यालयमा अध्ययनपछि क्याम्पस एउटै परिसरमा पढ्न सजिलो वातवरण भएको अध्यक्ष वरालले भने । वडावाट गरिने सहयोगमा कुनै पनि कमि नहुने हुँदा प्रधानाध्यापकले गुणात्मक शिक्षको लागि ढुक्क भएर अगाडि बढ्न… पुरा पढौ

पोखरामा ‘विरेन स्मृति बिटी कप’ सुरु, राजनीतिकर्मीहरुले खेलकुदबाट अनुशासन सिक्न आवश्यक गृहमन्त्री लेखक

पोखरा, २२ माघ, पोखरामा आजदेखि आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा पोखराको टुँडिखेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरे । उद्घाटन खेलमा आयोजक बुद्धटोल युवा क्लबले क्याफे अमेरिकानो बारिष्टा ट्रेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक दोस्रो चरणमा प्रवेश गरेको क्लबका अध्यक्ष आशिम थापाले जानकारी दिए । उनका अनुसार बुद्धटोलको जीतमा विपिन मगर र रिनिस तामाङले समान… पुरा पढौ

पोखरामा अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता जारी, मंगलबार ४ खेल सम्पन्न

पोखरा २२, माघ, पोखराको ड्याम साइड क्लवको आयोजनामा पोखरामा जारी चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ अन्र्तगत मंगलबार ४ खेल सम्पन्न भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा संचालन भएकोे प्रतियोगितामा मंगलबारको खेलबाट फिस्टेल एकेडेमी, हिमालयन बोर्डिङ स्कुल, शिशु निकेतन र ढुंगेसाँघु बोर्डिङ स्कुल विजयी भएका छन्। गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा मंगलबार भएको पहिलो खेलमा फिस्टेल एकेडेमीले न्यू मिलिनियम एकेडेमीलाई ४—१ को गोल अन्तरले पराजित गर्यो । फिस्टेलको जितमा विश्वास… पुरा पढौ

प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले

पोखरा २२, माघ, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको तेस्रो अधिवेशनबाट स्याङजाका अर्जुन काफ्ले पुनः अध्यक्षमा निर्वाचित हुनु भएको छ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको आज सम्पन्न तेस्रो प्रदेश अधिवेशनले काफ्ले नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्वत रुपमा निर्वाचित गरेको निर्वाचन कमिटिका संयोजक कोमलनाथ बरालले बताउनु भयो । त्यसै गरी खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यमा सन्देश श्रेष्ठ, महिला उपाध्यक्षमा सबिना राना, महासचिवमा गुणराज रोका, खुल्ला सचिबमा अग्निधर लुइँटेल (अर्जुन अविरल), सुरेश अधिकारी, सचिव (महिला) कृष्णमाया पोखरेल (शान्ति), सचिब (दलित) सानेबहादुर… पुरा पढौ

पुलिस र आयोजक सहारा बिच मंगलबार उद्घाटन खेल हुने, सहारा क्लबद्वारा सनिषलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

पोखरा, २१ माघ सहारा क्लब पोखराद्वारा यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सनिष श्रेष्ठले पाएका छन् । प्रतिभा छनोट समितिको बैठकले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका हुन् । पुरस्कार राशि नगद ५० हजार ५५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । उक्त पुरस्कार वापत्को रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले गर्दै आएका छन् । तनहुँको पुर्कोटका सनिष श्रेष्ठ विगत ७ वर्षदेखि फुटबल खेलिरहेका छन् । नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत क्लबले… पुरा पढौ

अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलः ब्रदरहुड, युके मास्टर्स र बानेश्वर भेट्रान्स च्याम्पियन

पोखरा, २१ माघ ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा बगर भाइखलकद्वारा आयोजित १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । तिन वटा उमेर समूहमा ९४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि० भएको प्रतियोगिताको ४० वर्षतर्फ ब्रदरहुड काठमाडौं च्याम्पियन बनेको छ ।फाइनल खेलमा गार्डेन एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै ब्रदरहुड च्याम्पियन बनेको हो । उपाधि जितेको ब्रदरहुडले नगद रु २ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।… पुरा पढौ