देश तथा समाज पत्रिका

पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता जारी, भोलि सेमिफाइनलका खेल हुने, गण्डकी र रामपुर बाहिरिए

दीननाथ बराल,पोखरा २९, जेठ, पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ अन्र्तगत भोलि (शुक्रबार) सेमिफाइनलका दुई खेल हुने भएको छ । न्यु डायमण्ड र एपिएफ र अर्को खेलमा पुलिस बिरुद्ध एभेरेष्ट क्लव बिच सेमिफाइनलको खेल हुने भएको नेशनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दिपक कोइरालाले पोखराक्लिकलाई बताउनु भयो । यसैबिच, विभागीय टोली शसस्त्र प्रहरी वलको एपिएफ क्लब र एभरेस्ट भलिबल क्लब ले विहिबारको खेलमा जित हासिल गरेसंगै सेमिफाइनलमा प्रवेश गरेका हुन् । पोखरा रंगशालाको कभर्डहलमा आज (बिहीबार) भएको समुह ‘ए’… पुरा पढौ

एयर इन्डिया उडान दुर्घटना, लण्डन जाँदै गरेको विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त

अहमदाबाद, भारत, आज ( बिहीबार ) दिउँसो भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको लण्डन ग्याटविक तर्फ उडिरहेको विमान दुर्घटना भएको छ । दुर्घटनाग्रस्त विमान बोइङ ७८७–८ ड्रीमलाइनर हो, जसको पञ्जिकरणरहेको थियो। लण्डन ग्याटविकका लागि उडेको करिब ५ मिनेटमै ‘मेघानी नगर’ आवासीय क्षेत्रमा दुर्घटना भएको भारतीय समाचार एजेन्सिहरुले जनाए । उक्त विमानमा जम्मा २४२ जना सवार थिए भने २३० यात्री र १२ चालक दलका सदस्य रहेका थिए । १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक ७ जना पोर्चुगिज नागरिक, १ जना… पुरा पढौ

नेपाल पत्रकार महासंघ कास्कीमा मल्टिमिडिया पत्रकारिता तालिम सुरु

पोखरा, २९ जेठ, नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा तीन दिने मल्टिमिडिया पत्रकारिता तालिम आजदेखि पोखरामा सुरु भएको छ। तालिमको उद्घाटन गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले गरे। उद्घाटन कार्यक्रममा बोल्दै सभामुख धितालले समाजलाई सचेत, सुशुचित र सक्रिय बनाउने मुख्य जिम्मेवारी पत्रकारिताको भएको उल्लेख गर्दै प्रविधिको प्रयोगमार्फत पत्रकारले राजनीतिक नेतृत्वलाई पनि सचेत गराउनुपर्ने आवश्यकता औंल्याए। उनले पत्रकारिताको माध्यमबाट सामाजिक रूपान्तरण सम्भव हुने बताए। कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संचार क्षेत्रमा हाल आर्थिक मन्दीको… पुरा पढौ

गुणस्तरिय प्राविधिक शिक्षाका लागि विभिन्न मोडेलमा मूल्यांकन, उद्यमशीलता तालिम र व्यवसायमा लगानीको प्रतिबद्धता

पोखरा, जेठ २८ – प्राविधिक शिक्षाको गुणस्तर सुनिश्चित गर्नका लागि सीटीईभीटी गण्डकी प्रदेश कार्यालयले शिक्षालयहरूलाई विभिन्न मोडेलमा आधारित भएर मूल्यांकनको प्रक्रियामा सामेल गराउने भएको छ। पोखरामा आयोजित एक अभिमुखीकरण कार्यक्रममा गुणस्तर मापन, स्वमूल्याङ्कन, डकुमेन्टेशन, तथा सार्वजनिक सूचना प्रकाशनको आवश्यकता उल्लेख गर्दै गुणस्तरको आधारमा संस्थागत सुधार गर्ने योजना सार्वजनिक गरिएको हो। सीटीईभीटी क्वालिटी प्रोजेक्टका निर्देशक प्रमोदभक्त आचार्यले विभिन्न मोडेल अन्तर्गत शुसासन तथा व्यवस्थापन, भौतिक पूर्वाधार, मानव स्रोत, शिक्षण सिकाइ, श्रम बजारसँगको समन्वय, विद्यार्थी सहयोग, र अनुसन्धान लगायतका पक्षको मूल्यांकन गरिने बताए।… पुरा पढौ

कास्की प्रहरी परिसरमा नयाँ बहुउद्देश्यीय भवनको उद्घाटन, स्थानीय सहयोगमा सम्पन्न

पोखरा, जेठ २८, जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरमा नवनिर्मित दुईतले बहुउद्देश्यीय भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी दिनेशकुमार आचार्यले सोमबार आयोजित एक समारोहबीच उक्त भवनको उद्घाटन गरेका हुन्। पोखरा महानगरपालिका तथा स्थानीय नागरिकहरूको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो। ३२ लाख ७४ हजार रुपैयाँको लागतमा सम्पन्न भवनको निर्माणका लागि पूर्वतयारीदेखि नै विशेष समिति गठन गरिएको थियो। समारोहमा भवन निर्माण समितिका अध्यक्ष शंकरप्रसाद बास्तोला, नेपाल प्रहरी प्रधान कार्यालयका डिआइजी ओमबहादुर राना, कास्कीका सहायक प्रमुख जिल्ला… पुरा पढौ

गण्डकीमा द्वन्द्वपीडितहरू आन्दोलनको तयारीमा, आयोग बहिष्कार गर्ने चेतावनी

दीननाथ बराल, पोखरा २८, जेठ, गण्डकी प्रदेशका ९ जिल्लाका द्वन्द्व पीडितहरूको भेलाले हाल पुनर्र गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई पूर्ण रूपमा अवैध, अपारदर्शी र दलीय भागबण्डामा आधारित भन्दै ती आयोगहरूलाई बहिष्कार गर्ने चेतावनी दिएका छन् । संकटग्रस्त सङ्क्रमणकालीन न्याय प्रकृयाः अबको बाटो अवधारणाः सरकारलाई खबरदार बिषयक बुधबार पोखरामा आयोजित छलफल कार्यक्रममा सहभागि गण्डकी प्रदेशका ९ जिल्लाका द्वन्द्व पीडितहरूले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई पूर्ण रूपमा अवैध, अपारदर्शी र दलीय भागबण्डामा आधारित… पुरा पढौ

पोखराको फेवातालमा प्याराग्लाइडिङ दुर्घटनाः दुई पर्यटक सहित ४ जनाको उद्धार

दीननाथ बराल,पोखरा २८, जेठ, पोखराको फेवातालमा आज(बुधबार) दिउँसो प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जना भारतीय पर्यटक सहित ४ जनाको सकुसल उद्धार गरिएको छ । बुधबार दिउँसो करिब ३ः२० बजेको समयमा हावाको गति तिव्र भएको कारण दुई वटा प्याराग्लाईडिङले तालमा फोर्स ल्याण्डिङ गर्दा दुई जना पर्यटक सहित ४ जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका अन्तर्गतको फेवा रेस्क्यु टावरमा खटिएको टोलीले पोखराक्लिकलाई जनाएको छ । फेवा रेस्क्यु सहित महावीर गण (रेन्जर) र नं. १ विपद् व्यवस्थापन… पुरा पढौ

कोटिहोममा आज सम्म ८ हजार जल सहित कलश वितरण

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा ८ हजार कलश वितरण गरिएको छ । गत सोमबार यज्ञको पूर्णाहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनलाई वितरण गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार अव केही जल सहितको कलश रहेको हुनाले सचिवालयमा सम्पर्क गरेर भक्तजनले लैजान सक्नेछन् । धेरैजसो भक्तजनले पहिले नै कलश बुकिङ गरेका थिए भने कतिपय भक्तजनले हवन समापन पछि पैसा तिरेर जल सहितको कलश लिएर गएका हुन् ।  एउटा… पुरा पढौ

पुलिस र न्यु डायमण्ड पोखरामा जारी प्रचण्ड कप भलिवल प्रतियोगिताको सेमिफाइनलमा

दीननाथ बराल,पोखरा २८, जेठ, राष्ट्रिय खेलाडीले भरिएको विभागिय टोली नेपाल पुलिस क्लव र न्यु डायमण्ड स्पोट्र्स क्लव पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०८२ को सेमिफाइनलमा प्रबेश गरेका छन् । पोखरा रंगशालाको कभर्डहलमा आज (बुधबार) सम्पन्न खेलमा दुबै टोलीले शान्दार जित हासिल गर्दै अन्तिम चारमा यात्रा तय गरेका हुन् । समुह ‘ए’ को दोस्रो खेलमा पुलिसले रामपुरलाई र अर्को खेलमा न्यु डायमण्डले घरेलु टिम गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।पुलिसले स्टेप रामपुरलाई… पुरा पढौ

प्रेस सेन्टर कास्की र समाजबादी प्रेस संगठनको स्थानिय तह स्थलगत रिपोर्टिङ सम्बन्धि दुई दिने तालिम सम्पन्न

पोखरा, जेठ २७, प्रेस सेन्टर कास्की र समाजवादी प्रेस संगठन कास्कीको संयुक्त आयोजनामा पोखरामा स्थानिय तह स्थलगत रिपोर्टिङ सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको सहयोगमा सोमबारदेखि पोखरामा संचालन भएको तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा नयाँ पत्रिका दैनिकका बरिष्ठ सम्वाददाता शिवहरी घिमिरेले स्थानिय तहका अधिकार, तिनले गर्ने काम, कन्टेन्ट राईटिङसँगै स्थलगत रिपोर्टिङबारे सहजीकरण गरेका थिए । त्यस्तै, फोटो पत्रकार राम गुरुङले फोटो पत्रकारिता सम्बन्धि सहजीकरण गरेको प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।… पुरा पढौ