देश तथा समाज पत्रिका

पोखराको शान्ति स्तुपा नजिकको सडकमा बस दुर्घटना, ६ जना गम्भिर घाइते, उद्धार हुदै

दीननाथ बराल, पोखरा ३१, वैशाख, पोखरा २२ को विश्व शान्ति स्तुपाः नजिकैको सडकमा आज बस दुर्घटना हुदा ६ जना गम्भिर घाइते हुनु भएको छ । शान्ति स्तुपाको पार्किङ भन्दा थोरै माथिको सडकमा ग १ ख ३८८६ नम्बरको माइक्रो बस पल्टदा ६ जना गम्भिर घाइते हुनु भएको स्थानिय राजु क्षेत्रीले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार उद्धार कार्य हाल जारी रहेको छ । २६ जना घाइते हुनु भएको बताइन्छ । यहाँकहरुको पोखरामा उपचार गर्न ल्याईदै छ । ब्रेक फेल भएर उक्त… पुरा पढौ

पुर्खाको थलो जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ, बेलायत र जापानमा पनि रिलिज हुने

पोखरा, बैसाख ३१, नेपाली चलचित्र ुपुर्खाको थलोु आगामी जेठ ३ गते शनिबार पोखरास्थित श्री कृष्ण चलचित्र मन्दिरमा प्रदर्शन हुने भएको छ। ओम प्रकाश गुरुङको लेखन, सम्पादन र निर्देशन रहेको चलचित्र मुनाल फिल्म प्रा। लिको व्यानरमा बनेको हो । मुनाल फिल्म ब्यानरको निर्माण भएको यो आठौँ चलचित्र हो। निर्देशक गुरुङले देश छाडेर बिदेसिने प्रवृत्तिले गहिरो सामाजिक परिवर्तन ल्याइरहेका बेला, त्यसको भावनात्मक प्रभाव र आफ्नो पहिचानप्रतिको सम्झनालाई समेट्दै चलचित्र निर्माण गरेको बताएका छन् । त्यसै गरि निर्मात्री कुबिना गुरुङले चलचित्रले पुर्खा–प्रेम र… पुरा पढौ

पोखरा सहित गण्डकी प्रदेशमा राइड शेयरिङ एप्सले पायो मान्यता, यात्रुबाट राइडर, कम्पनी र प्रदेश सरकारलाई बाडफाँड कसले कति पाउछन !

दीननाथ बराल,पोखरा ३१, वैशाख, सरकारले कानूनि मान्यता नदिए पनि हाल निर्वाद रुपमा संचालन भएका राइड शेयरिङ एप्स अब भने पोखरा सहित गण्डकी प्रदेशमा निश्चित मापदण्ड पूरा गरी संचालनको अनुमति पाउने भएका छन् । गण्डकी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद ९क्याविनेट० बैठकले राइड शेयरिङ एप्सको नियमावली पारित गरेसंगै अब निश्चित मापदण्ड पूरा गरी यस क्षेत्रका राइड शेयरिङ एप्सको निश्चित मापदण्ड पूरा गरी संचालनको अनुमति पाउने भएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री डा।टकराज गुरुङले पोखराक्लिकलाई बताउनु भयो । उक्त नियमावली… पुरा पढौ

कास्की माछापुच्छ्रे—२ भुर्जुङखोलामा संचालिन गण्डकी रेन्बो ट्राउट फार्मबाट बार्षिक २५ टन माछा उत्पादन (भिडियो सहित)

दीननाथ बराल, पोखरा ३०, वैशाख, कास्कीको माछापुच्छ«े गाउँपालिका—२ भुर्जुङखोलामा संचालन हुँदै आएको गण्डकी ट्राउट फार्ममा बार्षिक रुपमा २५ टन रेन्बो ट्राउट माछा उत्पादन हुने गरेको छ । विगत १६ बर्ष अघि देखि संचालन हुदै आएको उक्त फार्ममा पछिल्लो बर्षदेखि बार्षिक रुपमा २५ टन रेन्बो जातको माछा उत्पादन हुने गरेको गण्डकी ट्राउट फार्मका संचालक मध्यका एक लक्षिन गुरुङले पोखराक्लिकलाई बताउनु भयो । साना ठुला गरी करिब ६० वटा पोखरी रहेको उक्त फार्ममा यस बर्ष पनि करिब २५ टन रेन्बो ट्राउट माछा… पुरा पढौ

मानव वेचविखन सम्बन्धी मुद्दामा ३ जना पक्राउ

पोखरा, पोखरामा मानव वेचविखन सम्बन्धी मुद्दामा ३ जना पक्राउ परेका छन् । पोखराको सृजनाचोकमा रहेको मनिका रेष्टुरेण्टमा अबैध रुपमा यौनजन्य क्रियाकलापहरु भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त होटलबाट ५ जना महिलाहरुलाई उद्धार गरी सेफ हाउसमा पठाएको र उक्त होटल संचालक सहित निम्न ३ जना व्यक्तिहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । कास्की जिल्ला अदालतबाट मनव वेचविखन तथा ओसार पसार सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी… पुरा पढौ

ल्यान्डमार्क नारायणी भरतपुर र देवघाटको ल्याडमार्क फार्म हाउस संचालनमा

३० वैशाख, भरतपुर पोखराबाट सुरु भएको ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले आजदेखि चितवनको भरतपुरमा ल्यान्डमार्क नारायणी र देवघाटमा ल्यान्डमार्क फार्म हाउसको नाममा सेवा विस्तार गरेको छ । आइतबार भरतपुरको ल्याण्डमार्क नारायणीमा पत्रकार सम्मेलन गर्दै ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका कर्पोरेट अपरेशन निर्देशक सम्राट पाण्डेले लिजिङ गरेर रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी र देवघाटको फार्म हाउसलाई ल्यान्डमार्क फार्म हाउस बनाएर नयाँ व्यवस्थापन सहित सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । भरतपुर हाइटमा रहेको ल्याडमार्क नारायणीले ७० कोठाको होटलबाट सेवा सुरू गरेको छ । व्यापारिक र… पुरा पढौ

कास्कीको अन्नपुर्ण र पर्वतको जलजलमा कार्यक्रम गर्दै मुस्ताङ पुग्यो लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिटको टोली

पोखरा, २९ वैशाख, नेपाल पे्रस युनियनको आयोजनामा सुरु भएको लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिटको तस्रो दिन कास्कीको अन्नपुर्ण गाउँपालिका र पर्वतको जलजला गाउँपालिकामा कार्यक्रम गर्दै मुस्ताङको मार्फा पुगेको छ । पोखराको अन्नपुर्ण केवलकार मार्फत फेवातालको मनोरम दृश्य अवलोकन गर्दै सराङकोट पुगेर यात्रा सुरु भएको थियो । समिटमा सहभागी राष्ट्रिय तथा अन्तरराष्ट्रिय संचार क्षेत्रमा आवद्ध व्यक्तित्वहरुलाई अन्नपुर्ण गाउँपालिकामा बाजा गाजा सहित स्वगत गरिएको थियो । अन्नपुर्ण गाउँपालिका प्र∙णमा आयोजित कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष विष्णु बहादुर केसीले कृषि, पर्यटन र उर्जामा गाउँपालिकाको विकासलाई… पुरा पढौ

गण्डकी प्रदेशकै ठुलो चार्जीङ हव बनाउने अभियानमा वाई.यू.के. पोखराको सेतीबगरमा चार्जिङ स्टेसन, वासिङ र पार्किङ एवं लज सहितको सुविधा

दीननाथ बराल, पोखरा २९, वैशाख, पोखरा १८ को सेदी बगरमा गण्डकी प्रदेशको विद्युतीय सवारी साधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको हव बनाउने अभियान सुरु भएको छ । वाई यू.के.सुपर मार्केटले पोखराको सेतीबगरमा प्रदेशकै चार्जिङ स्टेसनको हव बनाउने अभियान अन्र्तगत केही महिना देखि फास्ट चार्जिङ स्टेसनको रुपमा संचालनमा ल्याएको हो । पछिल्लो समयमा धेरै विद्युतीय सवारी साधन सडकमा गुडन थालेसंगै आवश्यक पर्ने चार्जिङको लागि आफुहरुले प्रदेशकै चार्जिङ स्टेनको हवको रुपमा विकास गर्न खोजिएको वाई यू के सुपर मार्केट प्रा.लि.का अध्यक्ष युवा व्यवसायी… पुरा पढौ

नेपाल पर्यटन वोर्डको सदस्यमा पोखराको प्रतिनिधित्व सुनिश्चित्तताको लागि पोखरा पर्यटन परिषदको आग्रह

दीननाथ बराल,पोखरा २९, वैशाख, पोखराको पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले रिक्त रहेको नेपाल पर्यटन वोर्डको कार्यकारी सदस्यमा पोखराको प्रतिनिधित्व सुनिश्चित्तताको लागि आग्रह गरेको छ । परिषदका अध्यक्ष तारानाथ पहारीले हस्ताक्षर गरेको अनुरोध पत्रमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई सम्बोधन गर्दै नेपाल पर्यटन वोर्डको रिक्त रहेको उक्त कार्यकारी सदस्य पदमा पोखराकै प्रतिनिधित्व सुनिश्चित्तताको लागि पहल गर्न अनुरोध गरिएको छ । पर्यटनको राजधानि घोषणा भई सकेको अबस्थामा ६ खर्ब भन्दा वढि निजि क्षेत्रवाट लगानी… पुरा पढौ

सन्दर्भः २५६९ औं बुद्ध जयन्तीः कुमुदिनी होम्समा धर्मदेशना र नैतिक शिक्षाका कुरा..

पोखरा, २८ वैशाख, पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले २५६९ औं बुद्ध जयन्तीको अवसरमा विद्यालयमा धर्मदेशना र नैतिक शिक्षाका कुराहरु समेटिएका विशेष कार्यक्रम आयोजना गर्यो । बुद्धले आफ्नो जीवनकालमा मानवजातिलाई “सके राम्रो गर, नसके नराम्रो नगर” भनेर सन्देश दिएर जानुभयो । जो अहिले पनि र भोलिका लागि पनि उत्तिकै शिरोपर र मनन् गर्नुपर्ने कुरा हो । धर्मदेशनाका लागि भिक्षु धज्जवन्तोले विद्यार्थीहरुलाई सफलता मात्रे नभई उत्कृष्टता हासिल गर्नका लागि, पढाईमा अब्बल बन्नका लागि एकाग्रता हुनुपर्ने, चञ्चलतालाई हटाउनु पर्ने विधिका बारेमा… पुरा पढौ