देश तथा समाज पत्रिका

छाङ्गेली नेवाः खल समाजको रक्तदानमा ६२ युनिट संकलन

पोखरा, ३१ साउन, छाङ्गेली नेवाः खल समाजले पितृ उद्दार पर्व गाइजात्राको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखरा न्युरोड स्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथी तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तेजकुमार मल्लले पहिलो रक्तदाता सराङ्गकोट सहकारी तथा रेडियो सराङ्गकोटका अध्यक्ष कृष्ण थापा र सैनिक आवासिय महाविद्यालयका शिक्षिका भवानी जोशी कायस्थलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुरुवात गर्नुभएको थियो । पहिलो रक्तदाता कृष्ण थापा नियमित रक्तदाता… पुरा पढौ

पोखराको शिशुवामा पहिलो पटक तायाःमचा नृत्य प्रतियोगिता, दर्शकको उल्लेखनिय सहभागिता

दीननाथ बराल,पोखरा, ३१ साउन, पोखराको शिशुवामा पहिलो पटक तायाःमचा नृत्य प्रतियोगिता भएसंगै दर्शकको उल्लेखनिय सहभागिता रहेको छ । नेवाः खल कास्कीको आह्वानमा शिशुवा नेवाः खलले आयोजना गरेको प्रतियोगितामा उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा ३४ वटा टिम सहभागी भएका छन् । नेवारी सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षको तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव पोखराको लेखनाथ, शिशुवा बजारमा पहिलो पटक आयोजना गरिएको शिशुवा नेवाः खलका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक अर्जुनकुमार ताम्राकारले बताउनु भयो… पुरा पढौ

र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा, साउन ३१, र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’ को सापेक्षमा कर्णालीका जीवनशैली, संस्कृति, भाषा, भूगोल र अर्थराजनीतिको चर्चामा सहभागीहरू जुटेका थिए । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै परिचर्चाकार भावना पोखरेलले कर्णाली विकासका दृष्टिले कमजोर देखिए पनि बहसका सवालमा दरिलो भएको धारणा राखिन् । “भौगोलिक दुर्गमता र राज्यको दीर्घकालीन उपेक्षाका कारण विकासको गति सुस्त देखिए पनि कर्णालीप्रतिको जनआकर्षण बढ्दो छ” पोखरेलले भनिन्, “विशेष गरी पहाडे खसभाषीहरूको… पुरा पढौ

गण्डकी प्रदेश खेलकुद परिषदद्वारा चार समिति गठन, केही केन्द्रिय संघलाई मान्यता नदिने निर्णय

पोखरा, साउन ३०, गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषदले खेलकुद गतिविधि प्रभावकारी बनाउन चार वटा नयाँ समिति गठन गरेको छ । आज (शुक्रबार) परिषदको सभाहलमा सम्पन्न बैठकले प्रदेश खेल संघ समन्वय समिति, टेक्निकल समिति, रेफ्रि समिति र प्रतियोगिता व्यवसायिक प्रवर्द्धन अध्ययन समिति गठन गरेको परिषदका सदस्य सचिव श्रीधर शर्माले पोखराक्लिकलाई बताए । प्रदेश खेल संघ समन्वय समितिको अध्यक्षमा केशव पाठक र सचिवमा अन्तर्राष्ट्रिय आर्चरी खेलाडी योगेन्द्र शेरचन चयन भएका छन्। टेक्निकल समितिको संयोजकमा पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी हरिप्रसाद पराजुली र सचिवमा… पुरा पढौ

पोखरामा बीवाईडीको नयाँ सोरुम, ‘सिलायन–७’ पहिलो पटक लञ्च

पोखरा, साउन ३०, पोखराको बुद्धचोकमा विद्युतीय गाडी ब्रान्ड बीवाईडीको नयाँ सोरुम सञ्चालनमा आएको छ । आज (शुक्रबार) पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उक्त सोरुमको उद्घाटन गरेका हुन्। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले सो अवसरमा अत्याधुनिक विद्युतीय एसयूभी ‘सिलायन–७’ पोखरामा पहिलो पटक सार्वजनिक गरेको छ । अब पोखरेली उपभोक्ताले पोखराबाटै सिलायन–७ सहित बीवाईडीका सम्पूर्ण मोडेलका गाडीहरु खरिद गर्न सक्ने बताउदै कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले यहाँ सर्भिस सेन्टरबाट धेरै सुविधा हुने जनाए । आधुनिक र फ्यूचरिस्टिक डिजाइनमा तयार सिलायन–७ मा… पुरा पढौ

अन्तर्राष्ट्रिय म्याराथन धावक कुसाङ गुरुङद्वारा पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन

पोखरा ३०, साउन, अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्टेमा जन्मनु भएका गुरुङले प्रथम पुरस्कार ५० हजार रुपैयाँ पोखरा क्लिकलाई उपलब्ध गराउने सम्झौता शुक्रबार एक समारोहका बीच सम्पन्न भएको हो । उक्त सम्झौता सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली र प्रतियोगिताका संयोजक दीननाथ बराल बीच आदानप्रदान गरिएको छ । बेलायतमा रहेर पनि जन्मभूमि र खेल पर्यटन प्रवद्र्धनमा निरन्तर… पुरा पढौ

पोखरा ९ मा ‘आफ्नो वडा आफैं बनाऔं’ अभियान जारी

पोखरा, पोखरा महानगरपालिका–९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीको नेतृत्वमा ‘आफ्नो वडा आफैं बनाऔं’ अभियानलाई तीव्र पारिएको छ । स्थानीय पूर्वाधार विकास, सडक मर्मत, सरसफाइ तथा सामुदायिक संरचना विस्तारमा जोड दिँदै अध्यक्ष मर्सानीले जनताको सक्रिय सहभागिता र पारदर्शी व्यवस्थापन मार्फत वडालाई नमूना बनाउने लक्ष्य लिनु भएको छ । वडावासीकै सुझाव र आवश्यकतालाई प्राथमिकता दिँदै सञ्चालन भइरहेको अभियानले विकास समृद्धि सेवा प्रवाहको गति बढाएको उहाँले जनाउनु भयो । उहाँको नेतृत्वमा सरसफाई समेत हुदै आएको छ । तष्विर शंजय शाक्य पुरा पढौ

महिला पर्यटन व्यवसायी मञ्चको अध्यक्षमा ममता न्यौपाने निर्वाचित

पोखरा, महिला पर्यटन व्यवसायीहरूको संस्था महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को अध्यक्षमा ममता न्यौपाने निर्वाचित भएकी छन्। बिहीबार सम्पन्न मञ्चको सातौं साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो। सििमतको उपाध्यक्षमा लक्ष्मी लामिछाने, महासचिवमा भावना रानाभाट, सचिवमा शारदा भुजेल, कोषाध्यक्षमा रिता रेग्मी पौडेल ‘मुना’ र सह–कोषाध्यक्षमा मिठु लामिछाने चयन भएका छन्। त्यसैगरी सदस्यमा सुशीला भण्डारी, सरिता शर्मा, लक्ष्मी तिमिल्सिना, कान्ति अधिकारी, चन्द्रा पौडेल पहारी, सुनीता सुवेदी, चन्द्रा जिसी, मायाँदेवी लामिछाने, रेनु लामिछाने, शर्मिला थापा र… पुरा पढौ

पोखरा लामाचौरमा ११ बर्ष देखि निरन्तर हुदै आएको राष्ट्रिय भलिबल प्रतियोगिता यस बर्ष स्थगित, वैकल्पिक रूपमा खुल्ला पुरुष र छात्रा भलिबल प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा, २९ साउन, नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको ऐतिहासिक लामाचौर कप महिला राष्ट्रिय भलिबल प्रतियोगिता यस बर्ष स्थगित हुने भएको छ । पोखराको नव आदर्श सामुदायिक विकास समाजले आयोजना गर्ने उक्त प्रतियोगितामा न्यून टिमको सहभागिता हुने र आर्थिक अभावका कारण यस बर्ष उक्त प्रतियोगिता स्थगित हुने भएको समाजले जनाएको छ । समाजले विगत ११ बर्षसम्म निरन्तर रुपमा अयाोजना गरेको उक्त प्रतियोगिता यस बर्ष त्यसको विकल्पमा अन्तर बिद्यालय स्तरिय छात्रा भलिवल… पुरा पढौ

पोखरामा मेट्रो ग्रुपको सुभारम्भ

पोखरा,२९ साउन, पोखरामा मेट्रो गुप्र प्रालिको शुभारम्भ गरिएको छ । छिमेकी मुलुक चीन तथा थाइल्याण्ड र बंगलादेश लगायतका मुलुकहरुबाट ‘लेडिज एण्ड जेन्ट्स’को अन्डर गार्मेन्ट्सका सम्पूर्ण सामग्रीहरु आयात गरेर पोखरामा होलसेल बिक्री वितरण गर्ने उद्धेश्यले मेट्रो ग्रुपको स्थापना गरिएको हो । पोखरा महानगरपालिका–४ पन्थीगल्लीमा खुलेको मेट्रो ग्रुपको आज पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्घाटन गर्नुभयो । पोखराका व्यवसायिक क्षेत्रमा स्थापित १७ जना व्यवसायी मिलेर ग्रुपको स्थापना गरेका हुन् ।गु्रपको स्थापनासँगै छिमेकी मुलुक चीनबाट पोखरामा सिधै सामानहरु आयात गर्ने र… पुरा पढौ