देश तथा समाज पत्रिका

आउदो निर्वाचनमा कास्कीबाट अध्यक्ष प्रचण्ड उठ्ने शंकेत

दीननाथ बराल, पोखरा २७, जेठ नेकपा माओेबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आउँदो २०८४ को निर्वाचनमा कास्कीबाट उठ्ने शंकेत गर्नु भएको छ । नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिकाको तेस्रो महाधिवेशनको मंगलबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा आफ्नो जन्म थलो कास्की भएकोले यहाँबाटै आफु उठ्न सक्ने शंकेत गर्नु भएको हो । उहाँले भन्नुभयो“ अबको निर्वाचनमा यहाँका बुद्धिजीवि र नेता कार्यकर्ताले मलाई उठ्न आग्रह गर्नु भएको छ त्यसमा म उठे पनि नउठे पनि कास्की सहित पोखरा बनाउने… पुरा पढौ

फेवा संरक्षणको कदमप्रति होटल संघद्वारा स्वागत

पोखरा, २७ जेठ, सर्वोच्च अदालतको फैसला र आदेशपछि फेवा ताल संरक्षणका लागि पछिल्लोपटक चालिएका कदमप्रति होटल संघले स्वागत व्यक्त गरेको छ । होटल संघ नेपाल गण्डकी र होटल संघ पोखरा नेपालका तर्फबाट हालै एक संयुक्त विज्ञप्ति जारी गर्दै फेवातालको संरक्षणका लागि चालिएका हरेक कदमप्रति संघको साथ रहने जनाइएको छ । संघको गण्डकी शाखाका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे र संघको पोखरा शाखाका अध्यक्ष लक्ष्मण सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– निकै ढिला गरेर भए पनि फेवातालको सिमांकन गरेर संरक्षण गर्न थालिएको… पुरा पढौ

पोखरामा रेष्टुरेष्टका कुकलाई खाना बनाउने सीप बढाउन तालिम

पोखरा, २७ जेठ, पोखरामा खाना बनाउने सीप बढाउन तालिम शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको आयोजना, रेवान पोखराको सहयोग र हेल्बिटासको प्राविधि सहयोगमा तालिम शुरु भएको हो । पोखराको लेकसाइडमा रहेका विभिन्न रेष्टुरा तथा क्याफेमा कार्यरत ४० जना कुकहरु तालिममा सहभागी भएका छन् । उनीहरुलाई इन्डियन र कन्टिनेन्टल खाना बनाउने सीप स्तरोन्नति तालिम दिइने आयोजकले जानकारी दिएका छन् । तालिमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटकहरुलाई स्तरीय… पुरा पढौ

‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबलमा पुलिस र न्यू डायमण्डको विजयी सुरुवात

पोखरा,२७ जेठ, पोखरामा मंगलबार देखी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा रङ्गशालास्थित बहुउद्धेश्शीय कभर्डहलमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै विजयी सुरुआत गरेको छ । यसैगरी दोस्रो खेलमा टिप टप न्यू डायमण्ड क्लब विजयी भयो । पहिलो खेलमा पुलिसले २५–२२, २७–२५ र २५–१७ ले खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । यसैगरी दोस्रो खेलमा टिप टप न्यू डायमण्ड क्लबले एभरेष्ट क्लबलाई २५–११, २५–१८ र २५–१०… पुरा पढौ

गुरुङ फिल्म एसोसिएसन हङकङ (जिफाह) को नवौं वार्षिकोत्सव

पोखरा, गुरुङ फिल्म एसोसिएसन हङकङ ९जिफाह० को नवौं वार्षिकोत्सव तथा पदयात्रा कार्यक्रम–२०२५ सम्पन्न भएको छ । हङकङको लायन रक पार्क बाविक्यू साइटमा गत ८ जुनमा भएको कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको थियो । संस्थाका अध्यक्ष माया गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विश्वास गुरुङले गरेका थिए ।संस्थाका सल्लाहकार एवं चलचित्र निर्माता दुर्गा गुरुङ ‘मिलन’को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा फिल्मकर्मीसहित विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रममा जिफाहका संस्थापक अध्यक्ष रोशन गुरुङ, प्रमुख सलाहकार दिलीपसिंह गुरुङ, सल्लाहकार एवं हङकङ नेपाली महासंघका सामाजिक… पुरा पढौ

कोटिहोममा रहेका जल सहित कलश लैजादै भक्तजन

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आएका भक्तजनले आज देखि जल सहितको कलश लैजान थालेका छन्। सोमबार यज्ञको पूर्णहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनले घर लैजान थालेका छन् । धेरैजसो भक्तजनले पहिल्य नै कलश बुकिङ गरेका थिए भने कतिपय भत्तजनले आज नै पैसा तिरेर जल सहितको कलश लिएका हुन् । अहिले सम्म ५ हजार कलश वुकिङ भइसकेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । गत महिना वैशाख १६ गते पोखरामा गंगाको… पुरा पढौ

नयाँ शक्तिका केन्द्रीय सचिवालय सदस्य थापा, जिल्ला अध्यक्ष क्षेत्री लगायतका नेता माओबादी केन्द्रमै फर्किए

पोखरा २७, जेठ, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) केन्द्रीय सचिवालय सदस्य किरण थापा, कास्की जिल्ला अध्यक्ष राजु क्षेत्री लगायत नेताहरू पुनः नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।थापा सहित कास्की अध्यक्ष क्षेत्री, शम्भु खाती, लक्ष्मी खाती लगायत माओवादी प्रवेश गरेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई खादा, माला लगाएर पार्टीमा प्रवेश गराएका हुन् । लोकतान्त्रिक गणतन्त्र धेरै मेहनतबाट जनताले प्राप्ती गरेकोले त्यस माथि प्रहार हुन लागेकोले संस्थागत दिगो विकासको लागि पुरानै पार्टीमा आफुहरु… पुरा पढौ

सातौं राष्ट्रिय आर्चरीमा गण्डकीको बर्चस्व कायम

पोखरा, सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको छ । शुक्रबार र शनिवार पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको हो । प्रतियोगितामा कम्पाउण्ड मेन पुरुष तर्फ स्वर्ण, कम्पाउण्ड महिला तर्फ गण्डकी स्वर्ण, स्ट्याण्डर्ड महिला सिंगलमा गोल्ड, स्ट्याण्डर्ड पुरुष सिंगल तर्फ सिल्भर, स्ट्याण्डर्ड मिक्स तर्फ गोल्ड, स्ट्याण्डर्ड पुरुषतर्फ गोल्ड, रिकर्भ मिक्स टिममा ब्रन्च र रिकर्भ पुरुषतर्फ गण्डकीले ब्रन्च मेडल प्राप्त गर्न सफल भयो । प्रतियोगितामा… पुरा पढौ

श्रवण कुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्रको उद्घघाटनप्रदेश सरकारको औचित्य झनै बढ्दो मन्त्री थापा

पोखरा, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारको औचित्य झनै बढ्दै गएको बताउनुभएको छ। प्रदेश सरकारको औचित्य माथि प्रश्न उठिरहेको बेला मन्त्री थापाले विकास निर्माण र जनताका प्रतक्ष्य सरोकारका विषयलाई सम्बोधन गर्न पनि प्रदेश सरकारले महत्वपूर्ण कार्य गरेको दावी गर्दै, यसको औचित्य झनै बढेको बताउनुभयो। प्रदेश खारेजीको माग गर्नेलाई आफुहरुले कामबाटै जवाफ दिएको र सो माग औचित्यहिन रहेको तर्क गर्नुभयो। पोखराको बाटुलेचौर स्थित बडहरवोटम निर्माण भएको श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्रको भवन उदघाटन गर्दै उहाँले… पुरा पढौ

पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न व्यवसायीको पदयात्रा

पोखरा, २४ जेठ, पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटक प्रवद्र्धन गर्न पोखराका पर्यटन व्यवसायीले पदयात्रा गरेका छन् । भिजिट पोखरा २०२५ को आयोजनामा भएको कार्यक्रममा पोखराका विभिन्न संघ संस्थाका अध्यक्ष र पर्यटन व्यवसायीको सहभागीता रहेको थियो । मकनपुरमा भएका होमस्टे, पञ्चासे क्षेत्रमा रहेका धार्मिक, सास्कृतीक र होमस्टेहरुको प्रवद्र्धन गर्न उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो । भिजिट पोखरा २०२५ कार्यान्वयन समितिका संयोजक गोपी भट्टराईले पञ्चासे क्षेत्रमा रहेका ग्रामीण होमस्टेले पर्यटकलाई स्थानीय जीवनशैली जान्ने बताए । उनले मौलिक सांस्कृतिक प्रस्तुति र परम्परागत जडीबुटीहरु… पुरा पढौ